निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

शुरक्षा निकायको सबै मुख्यालय रहेको देशकै राजधानि जस्तो ठाउँ बाट बहु प्राचिन मुर्ति हराउनु लज्जास्पद बिषय हो:यादवलाल कायस्थ (भिडियो सहित)


काठमाडौं । गएको १ महिना भित्रमा काठमाडौं उपत्यका भित्रको ३ ठाउँ बाट अत्यन्तै प्राचिन अवस्थाको मुर्तिहरु चोरी भएको र शुरक्षा निकायले समेत चोरलाई पक्रिन तथा काठमाडौंको प्राचिन सम्पदालाई संरक्षण गर्न नसकेको बिषयमा संपदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थ ले आज रिपोटसर्् क्लब भृकुटीमण्डपमा एक पत्रकार सम्मेलन गरी सबै लाई चनाखो हुन आग्रह गरेका छन् ।


सशस्त्र प्रहरी बल मुख्यालय हलचोक को नजिकै बाट चोरी भएको आकाश भैरब तथा हरीसिद्धी लगाएतका ठाउँ बाट यहि १ महिनाको बिचमा हराएका मुर्ति र चोरहरु समात्न नसक्नुले नेपाल प्रहरी तथा शुरक्षा संयन्त्रको ब्यबसायीकता माथिनै प्रश्न उठेको कायश्थ ले बताएका छन् ।
नेपाल र नेपाली लाई बिश्वमा चिनाउन सक्ने काठमाडौं उपत्यका तथा देशै भरका संपदा माथि हस्तक्षेप गरेर हाम्रो मौलिकता लाई बिलय गराउने हो भने नेपालमा हेर्न र घुम्न लायक कुनै ठाउँ नरहने भन्दै अभियन्ता कायस्थले चिन्ता ब्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »