निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व हिन्दू महासंघको नेतृत्व चुनावमार्फत माघभित्र चयन गर्न माग

काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुले तत्काल महासभामार्फत चुनाव गर्न र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । उनीहरुले गत मंसिर २५ गते हुने भनिएको निर्वाचन स्थगित् भएको जनाउँदै आगामी माघभित्र चुनाव गर्न माग गरेका हुन् । उनीहरुले महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्याललाई संस्थाको कामकारबाही अघि बढाउन प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने पनि धारणा राखेका छन् ।

गत मंसिर २५ गतेको लागि बोलाईएको महासभामा भने अस्मिता भण्डारीले स्वघोषित रुपमा आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको धर्मगुरु व्यासाचार्य किशोर गौतमले सुनाए ।

निर्वाचन समितिले चुनाव स्थगित् भएको घोषणा गरेपछि भण्डारीले आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको पनि उनले जनाए ।

अहिले भण्डारीलाई महासचिवबाटपनि पदमुक्त गरिसकिएको पनि उनीहरुले जनाएका छन् । निर्वाचन स्थगित् भएकोले यअसघिको कार्यसमिति यथावत रहने पनि गौतमले जनाए ।

उनले अहिलेको निमित्त अध्यक्ष अर्यालले महासचिवमा रहेकी भण्डारीलाई पदमुक्त गरेको र सोबारे सिडिओ कार्यालयमा पनि जानकारी गराईएको सुनाए ।

महासभा बोलाउनको लागि डा. शास्त्रदत्त पन्तले आग्रह गरेका छन् । पन्तको संयोजकत्वमा निर्वाचन सम्पन्न गर्नको लागि समिति बनाईएको र यसले महासभा बोलाउने जनाईएको छ । डा. पन्तलाई महासभा प्रयोजनार्थ संयोजक भने गत मंसिर २६ गते नै बनाइएको थियो ।

गौतमले महासभा देवघाटमा गर्न खोजिएको सुनाए । धर्मगुरु व्यासाचार्य गौतम विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षका प्रत्यासी हुन । उनी २०३७ सालदेखि विश्वव्यापाी रुपमा निरन्तर स्वयमसेवक रुपमा खटिरहेका छन् ।

कार्यक्रममा विश्व हिन्दू महासंघ नेपाल ईकाईका वरिष्ठ उपाध्यक्ष शंकर खराल, जैन धर्माचार्य डा. नमन उपाध्याय, शिख धर्म गुरु सरदार गोविन्द सिंह, विश्व ॐकार एकता महाभियानका प्रमुख संयोजक डा. चिन्तामणि योगी र सामाजिक अभियन्ता दिनेश कँडेलले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय कोषाध्यक्ष श्याम केसी र विश्व हिन्दू महासंघ धार्मिक विभागका गुरु दिपक सुवेदीको पनि सहभागिता रहेको थियो ।

छिटोभन्दा छिटो महासभामार्फत निर्वाचन सम्पन्न होस भन्ने सहभागीहरुको भनाई थियो । नयाँ कार्यसमिति लोकतान्त्रिक विधि र पद्धतीअनुसार खासगरी विधानसम्मत् चुनावबाट अध्यक्ष आउनुपर्ने गौतमले बताए । उनीहरुले अहिले उठाईएका समस्याको समाधानको लागि महत्वपूर्ण थलो महासंघको विधानत महासभा धर्म सभा नै भएको उल्लेख गरेका छन् ।

धर्मगुरु व्यासाचार्य किशोर गौतमको नाममा जारी गरिएको विज्ञप्तीमा यही २०७८ साल माघ महिनाभित्र देश तथा विदेशमा रहेका महासभा सदस्यहरुलाई आमन्त्रण गरी देवघाट धाममा महासभा राख्ने कुरा उल्लेख गरिएको छ ।

त्यस्तै, आर्थिक प्रचारप्रसार आदि गर्न विविध उपसमिति निर्माण गरी तदारुकताका साथ महासभाको थालनी गरिने पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘तिथिमिति निश्चित् गर्ने र भव्यतम रुपमा महासभालाई सम्पन्न गरी विश्व हिन्दू महासंघको कार्यकारिणी मूल कमिटी र धर्मसभा गठन गरी सम्पूर्ण संघ/संस्थालाइ एकजुट बनाई उद्देश्य प्राप्तिमा सफलता हाँसिल गर्ने र विदेशका ईकाईहरुलाई समेत सक्रिय रुपमा जगाउने र नभएका देशमा थप विस्तार गर्दै जाने छौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »