निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुलीमा खुर्कोट महोत्सव शुरु, पूर्वमन्त्री गणेश पहाडीबाट उद्घाटन,

आयाम क्लब सिन्धुली खुर्कोटको आयोजनामा पौष १६ गते शुक्रबारदेखि खुर्कोट महोत्सव खुर्काेट बजार नयाँं बसपार्कस्थित खुल्ला चौरमा भइरहेको छ ।

संघीय साँसद तथा पूर्वमन्त्री गणेश पहाडीको प्रमुख आतिथ्यतामा महोत्सवको शुरु भएको छ ।

खुर्काेटको दीगो विकास, अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सव आयोजना गरेको हो । खुर्काेटको दीगो विकासको मूल उद्देश्यका साथ महोत्सवको आयोजना गरेको आयोजक आयाम क्लब सिन्धुलीका अध्यक्ष रिमबहादुर देवकोटा (सुवास) ले बताए ।

महोत्सवमा ५० भन्दा वढी स्टलहरु राखिएका छन् । ती स्टलहरुमा लत्ताकपडादेखि विभिन्न सामानहरु रहेका छन् । महोत्सवमा स्थानीय जुनारलगायतका कृषि उत्पादनलाई निःशुल्क रुपमा स्टल दिइएको आयोजकले जनाकारी दिएको छ।
महोत्सवमा बालबालिकादेखि राष्ट्रियरुपमा नाम कमाउन कलाकारहरुको प्रस्तुतिका साथै मनोरञ्जनका लाागि विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिएको छ । बालबालिकाका लागि रोटे पिङ लगाएतका खेलहरुको  व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई आकर्षक बनाउन फरकफरक दिनमा विभिन्न राष्टिय तथा स्थानीय  कलाकारहरुको प्रस्तुति रहने बताएको छ । चर्चित कलाकार ज्योति मगर, दुर्गेश थापा, बद्री पंगेनी, रोज मोक्तान, सहिमा श्रेष्ठ, रचना रिमाल, ¥यापर मिष्टर डी, सञ्जीव वाइवालगायतका दर्जन भन्दा वढी कलाकारहरु फरकफरक दिनमा आएर सहभागीहरुलाई मनोरञ्जन दिलाउने आयोजकको उदेश्य रहेका छन्  ।
त्यस अवसरमा उनले महोत्सवबाट सिन्धुलीको विकासमा सहयोग पुग्ने विश्वास लिए । कार्यक्रममा बागमति प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति सिन्धुलीका अध्यक्ष दीपक कटुवाललगायतले महोत्सवको महत्वबारे चर्चा गरे ।

महोत्सवमा सहभागी हुनेका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि प्रतिव्यक्ति रु ५० र अन्यका लागि प्रतिव्यक्ति ७५ प्रवेश शुल्क तोकिएको छ । बृद्धबृद्धा एवं अपांग, अशक्तहरुका लागि भने प्रवेश निःशुल्क गरिएको जनाइएको छ । महोत्सव पुष २५ गतेसम्म चल्नेछ । यसअघि गतवर्ष यही मौसममा पहिलो महोत्सव भएको थियो ।

महोत्सवमा सिन्धुलीसहित छिमेकी जिल्लाहरु रामेछाप, ओखलढुंगा, काभ्रेलगायतबाट सहभागी हुने अपेक्षा गरिएको छ । दश दिनसम्म चल्ने महोसत्वसमा ७० हजार भन्दाबढीले भ्रमण गर्ने अपेक्षा राखिएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »