निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरि चार हजार बढि एमाले पार्टीमा प्रवेश

नेपालगञ्ज, बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरि चार हजार बढि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित सहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराउनुभयो ।

संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताउनुभयो । सो अवसरमा महासचिव पोखरेलले पार्टी विरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताउनुभयो ।

May be an image of one or more people, people standing and crowd
May be an image of 2 people, people standing and outdoors

चार हजार २४५ जना एमालेमा प्रवेश गरेको दिक्षितले जानकारी दिनुभयो । लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरि विकासका पूर्वाधार पुगेको भन्दै उहाँले यसको नेतृत्व आप्mनो पार्टीले गरेको दावी गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »