निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नमाेबुद्ध वडा नं. ५ कानपुरमा वडा भवन शिलान्यास,

काठमाडौँ। नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा नगरप्रमुख टिपि शर्माबाट वडा कार्यलय भवन र स्वास्थ्य कार्यलय भवनको शिलान्यास गरेको छ । लागत ६४९८२६२.२४ रुपियाँमा वडा कार्यलय भवन निर्माण गर्न लागेको हो भने ३५४९०१०.८१ लागतमा स्वास्थ्य भवनको निर्माण सम्पन्न हुनेछ ।

वडा नं. ५ कानपुरमा जनताको सेवा सुविधाका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेमा स्थानीयहरुमा एकरुपता नहुदा वडा भवन निर्माणमा ढिलाई भएको वडाध्यक्ष बुद्घ सिं लामाले बताउनु भयो । अहिले स्थानीय जनताको सहमतीमा कानपुर बजारमा वडा भवन निर्माणको कार्य थलानी गरेको छ ।

वडा अध्यक्ष बुद्ध सि लामाको यो अन्तिम कार्यकालमा निर्माण हुन लागिएको वडा भवन कार्यलय र स्वास्थ्य कार्यलय भवन दुई महिनामा निर्माण सम्पन्न गराउने प्रतिबद्धता गरेका छन् ।

नगर प्रमुख शर्माले तोकिएको समयमा निर्माण सम्पन्न गरेमा नगरबाट काम गर्ने कामदारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ ।

हिन्दु धर्म परम्परा अनुसार पुजा गरि वडा भवनको शिलान्यास गरेको हो ।

वडा भवनको शिलान्यास पछि कानपुर माविको निर्माण सम्पन्न भवनको अनुगमन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »