निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्लड क्यान्सर पीडित रविन तामाङ बचाउ अभियन कार्यक्रम भक्तपुरमा आज हुँदै

काठमाडौँ । पत्रकार तथा सामाजिक अभियान्त सुदिन लामा दोङको पहलमा आज पौष २४ गते शनिबार भक्तपुरको शुभकामना पाटी प्यालेशमा ब्लड क्यान्सर पीडित रविन तामाङ बचाउ अभियन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।

तेमाल गाउँपालिका वडा नम्वर ९ काभ्रेको व्लड क्यान्सर पीडित रविन तामाङ बचाउन साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । अभियान्त सुदिन लामाको अनुसार व्लड क्यान्सर पीडित रबिन तामाङ बचाउनको लागि करिब ८० लाख रकमको आवश्यक्ता परेको हुनाले उक्त कार्यक्रमको आयोजना गर्नुपरेको बताएको छ । यो अभियान १४ औं अभियान हो । अभियान्त लामाले गरेको बचाउ कार्यक्रमले सफलता नै मिलिरहेको छ ।

पूर्व उर्ज राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज)को प्रमुख अतिथिमा हुन गइरहेको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम २०७८ मा दर्जन भन्दा बढि कलाकारहरको प्रस्तुती रहने छन् । कार्यक्रम बिहान १० बजे शुरु भएर साँझ ८ बजेसम्म हुनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »