निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रस उपशाखाहरुको वार्षिक साधारण सभा र अधिवेशन

प्रहलाद विश्वकर्मा

नेपालगंज नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगतका उपशाखाहरुको वार्षिक साधारण सभा र अधिवेशन भै रहेको छ ।

यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखाको अधिवेशनबाट ओमप्रकाश आजादको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको कुरा नेरेसो बाँकेका निर्वाचन अधिकारी राजकुमार वर्माले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार उक्त कार्यसमितिको महिला उपसभापतिमा दुर्गादेवी मानन्धर, सचिवमा मुवारक अलि सिद्दिकी, कोषाध्यक्षमा सफिक अहमद सिद्दिकी, उपसचिवमा मो. खालीद इकबाल इराकी, उपकोषाध्यक्षमा मो इमरान अन्सारी, महिला सदस्यमा कृष्णादेवी पाण्डे र सदस्यहरुमा सुनिलकुमार वनिया, हेमन्त कर्मचार्य, अतुलकुमार गुप्ता र श्याम विहारी गुप्ता रहनु भएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी कोहलपुर, घरवारीटोल, सोनारी, बाँकेबगिया र वेलासपुर उपशाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभामा कार्यसमितिका सचिवले बार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत र कोषाध्यक्षले आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७९÷२०८० को प्रस्तावित वजेट प्रस्तुत गर्नु भएको कुरा उपशाखाबाट जानकारी प्राप्त भएको छ ।

उक्त कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो भने सम्बन्धित उपशाखाका सदस्यहरु सभासद्को रुपमा उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »