निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ डाजाङकाे ११ औं अधिवेशनबाट अध्यक्षमा पुनः फूल कुमार बम्जन

काठमाडौँ । डा. गणेश योञ्जनको प्रमुख आतित्थ्यतामा तामाङ डाजाङको ११ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँको बौद्घ तामाङ भवनमा सम्पन्न भएको अधिवेशनबाट गायक तथा संगीतकार फूलकुमार बम्जनलाई पुनः अध्यक्षतामा चुनेको छ ।

तामाङ डाजाङले नियमितरुपमा तामाङ भाषाको पत्रिका प्रकाशन गर्दै आइरहेको छ ।

कार्यक्रममा विशेष अतिथिकोरुपमा भाषाविद अमृत योन्जन, संरक्षक निमा ग्याम्छो बल , सेलो सम्राट चन्द्र कुमार मोक्तान,अन्तरास्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, लगाएतका व्यक्तित्वहरु अतिथिको रुपमा रहेको थियो ।

नव निर्वाचित अध्यक्ष बोम्जनले लामो समय देखि नेपाली गीत संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण, प्रवर्धनमा योगदान पु¥याउँदै आइरहेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिव निकिता लामा, सह सचिव कविराज काल्तान, कोषाध्यक्ष स्वयंबर सिंह घलानलाई जिम्मेवारी दिएका छन् ।

सदस्यहरुमा जंग योन्जन, तेज योन्जन, मनिषा लो, वाङजू पासाङ तामाङ, मानकाजी पाख्रिन, निमाजोङ तामाङ, हिरामाया घिसिङ, शुभलाल तामाङ , किशोरी कुमारी तामाङ, सन्ध्या सुस्केरा र रचना मोक्तान रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »