निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्री आलेका बडदो लोकप्रियता बिच मुलुकको हितमा स्वतह उब्जीएका जटील प्रश्न हरु

  • शम्भु उप्रेती

आम जनताहरुको अपेक्षा पक्कै पनि मन्त्री आले जस्तै निर्भीक, भ्रस्टाचार बिरोधी र तत्कालै निर्णय लिन सक्ने आटीलो स्वभाबको अपेक्षा गरिन्छ । कुनै पनि जीम्ब्बेबारीमा पुगी सकेको अबस्था मा धेरै कुराहरु सोच्नु पर्ने परीबन्ध हरुको सामना गर्नु पर्ने पक्कै हुन्छ ।

याहाको पर्यटन मन्त्रालयको पदभार ग्रहण पछी चालिएको राम्रो कामहरुको थालनि बाट चर्चामा चुलिए संगै पछील्लो समय केही आसंका हरुले पनि चर्चा पाएको अबस्था प्रति चित्रण गर्ने जमर्को गर्दै छु ।

मातहत का डा रेग्मी प्रतिको पत्रकार सम्मेलनमा ब्यक्त अभीब्यक्ति सुन्दा मन नपरेको खेमाको कर्मचारी प्रतिको आबेस लाई केवल मुखको तितो ओकल्नु र आफ्नो शक्ति प्रदर्शन र अपमान जनाउने सिबाय केही होईन । यस्तो प्रबृतीले केवल दोषि कर्मचारी दन्डीत हुने नभई झनै प्रसय र पक्ष बिपक्षको खाडल बड्ने अबस्थाको सृजना हुने जानकार हरुको राय छ ।

मुलुकको मन्त्री बनिसकेको अबस्थामा वाहा पार्टीको या अमुक गठबंधन या मन पराएका ब्याक्ती हरु र स्वयम को पार्टी अध्यक्षको मात्र जस पाएर पक्कै पनि पुग्दैन र उचित हुन्न पनि । सामाजिक सन्जाल, यूट्यूब र बिधुतिय संचार माध्यम हरुमा वाहाको तारिफ र प्रसंशा चुलिदै गए पछी बिस्तारै वाहाको कार्यशैली हरु अस्वाभाविक र लोकतांत्रिक मर्यादा बिपरीत पो हुदैछ कि ?

मन्त्रीको हरेक गतिविधि हरु लाईभ यूट्यूब र फ़ेसबुकमा अपडेट समाचार हरु भाईरल बनेको टेलीसृखलाकै जस्तो एपिसोड हरु को निरन्तरता रह्यो । अब मन्त्री आले पत्रकार रिसी धमला शैलीको पथमा बडेको अनुभुति गरिनु पत्रकारलाई सुहाउला तर मुलुकको माननीय मन्त्री लाई सुहाउदो कुरो पक्कै पनि होईन। नारायणहीटी क्यान्टीन प्रकरण उठाईनु स्वभाबिक र जायज थियो तत पश्चात वाहाको दृष्टिकोण कता लक्षित रहेछ पछील्लो अभीब्यक्ति र एक्सनहरु बाट प्रस्टै हुन्छ ।

आफै बिद्रोह गरी अलगीएको पार्टीको नेतृत्वको सरकारको पालामा बिगत देखीका ठेक्कापट्टाहरुको खोजी खोजी पछी लाग्नु र हरेक गतिविधि मौखिक रुपमा जबाफ खोज्दै चोर औला ठड्याउनु क्षणिक भ्यू बडाउनु सिबाय केही होईन भन्ने कुरा कानुनको जानकार हरुमा भ्रम छर्न सक्दैनन ।भ्रस्टाचार भएको भनिएको औम्नी प्रकरण लगायत का पशुपति धर्मशाला समेत लाई लक्षीत एक्सन बडाएर पूर्व मन्त्री योगेश जीलाई कार्बाही गरेरै छाड्ने घोषणा राजनैतिक पूर्वाग्रही सादेको आसंका लाई बल पुगेको पक्कै छ ।

जुन बिषय प्रतिशोध साधेको र मिशनकै रुपमा मन्चन गरीएको आसंका लाई बल पुर्याएको देखिन्छ ।यी र यस्तो राजनैतिक पूर्वाग्रह साधेर सड़क बाट लगाईने भ्रष्टाचार को छानबीन निबारण गर्ने अख़्तियार प्राप्त निकायहरु मार्फ़त प्रमाण पुर्याई कानुनी प्रकृया भीत्र बाट गरिने बिषय थियो। जसरी समयमै तिन तहको निर्बाचन हरुमा समेत गठबंधन सहीत चुनाव लड्ने बिचार प्रति असहमती राख्ने नेकाका प्रखर यूवा नेता गगन थापाका बिचारहरु मन नपरेको हरु बाट गगन बिरोधी अफबाह हरु जोड़तोड़ ले उठाईए जस्तै ।

त्यस्तै गठबंधन खासगरी पार्टी परीत्याग गरीसकेर पनि एस पार्टी बाट के पि पक्षको एकोहोरो हमला गर्ने प्रबृतीको पूनरीबृती योजना बद्ध प्रयास हरुको निरन्तरताकै रुपमा योगेश लाई हमला गरिदै छ भन्नेहरु लाई बल पुगेको देखियो । नेपाली राजनैतिक दल हरुमा सम्भाबना बेकेका युवाहरुको पालैपालो गला निमोठिने कामको कतै निरन्तरता त होईन ? राजनैतिक बृतमा यस्तै भान हुदैछ ।

बिगतमा गगन प्रति को मनोबल गिराउने अफबाह लगातार प्रहार हुदै घनश्याम,चन्द्र भन्डारी हुदै योगेश सम्मको अबस्था यस्तै संकेत त गर्दै त छैन ? ऐलेको राजनैतिक दल हरुको अपवित्र गठबंधन सत्ता सिन ने.का. र युबा पुस्ता को चाहाना र बिरोध बाबजुत पनि गठबंधन यथावत राखी आपसी भागबन्डाको अबस्था रहीरहोस भन्ने चाहाना बुलन्द बन्दै गरेको अबस्थाले यस्तै संकेत गर्दै छ ।

मुलुक ऐले इतिहास मै जटील चुनौति र परीबन्ध बिच गुज्रदै छ । यता एम सि सी को बिबादको उत्कर्ष बिच भारत संग सिमा बिबाद को चरम संकट निम्तीदै छ । चिनको आफ्नो स्वार्थ र मौकामा चौका हान्ने दाउमा तयार देखिदैछ अनी कोरोना ले थलिएको दयनिय अर्थतन्त्र बिच तिन तहको चुनावी माहौल यता सत्ता लम्बाउन र आफ्नो जीबन भरी सहयात्री नेता बिच को ब्याक्तिगत झगडाले उत्कर्ष लिदै नया नया झीगे दाउमा मरीहत्ते गर्दैछन ।जुन कुरा पाका बरीस्ट भनिने हरु बाट गम्भीरता पूर्वक महशुस नहुनु रहश्यमय को रुपमा हेरिएको छ ।

जुन बिगत देखी हाल सम्मका बेथीति, सर्बत्र लथालिंग र आपसी भागबन्डा विवाद हरु बाट जनताहरुमा संघीयता प्रति झनै बितृस्णा बडेको प्रस्टै देखिन्छ।यो क्षणिक सन्दर्भ लाई भनिएको जस्तो “ के पि को अलोकतान्तरिक कदम बिरुद्ध संबीधानको रक्षाको लागी संयुक्त प्रतिरोध स्वरुप गठबंधन “ भन्दा केही समयलाई जायज होला तर लोकतंत्र को मूल्य मान्यता लाई धज्जी उडाई लोकतांत्रिक पद्धति बाटै छिनोफानो गरीनु पर्ने यस्तो बिषय लाई पद बाडेर ओगटीरहने, मुलुकको समृद्धि र मुलुक ले भोगेका नया जटील चुनौति हरुको प्रति उपेक्षा र पदलोलुपता र अकर्मण्यता सिबाय केही होईन ।

तमाम दुरदर्शी चुनौति हरुको समाधान गरिन पनि दलहरु बिच मिलेर सहभागीता र सहकार्य जरुरी थियो नकी गठबंधन को बिकल्प नदेख्नु ले पक्कै पनि अन्यथा संकेत गर्दैछ । गठबंधन ले मुलुकको समृद्धि को क्षेत्रमा आमुल परीबर्तन गरेरै प्रमाणीत गर्नुको बिपरीत गाली-गलौज र निराधार धारेहात लगाउने काम सत्तामा रहेको पार्टी पंक्ति लाई सुहाउदो बिषय पक्कै पनि होईन ।

मन्त्री ज्यू कतै याहा लाई मन्त्री पद संगै नया चुनौतीको रुपमा बिगत देखिको ने क पा मा आएको फुट पछीको सिषर्थ नेतृत्व हरु बिचको फाटो र तिक्तता साध्ने गतिलो माध्ययम पनि बनाईएको हुन सक्छ कि ? उक्त ठेक्का हरुमा सम्भावित दोषी आरोपितहरु लाई ओझेलमा पार्दै केवल पूर्व पर्यटन मन्त्री बिरुद्ध खनिनुको रहश्यमय अबस्था ले यस्तो संकेत गर्दै छ त ?समन्धीत दोषी कर्मचारी लाई कार्बाही गरिनु पर्ने बिषय लाई ढाकछोप गर्दै मन्त्री ले के हेर्यो ? मन्त्री ले थाहा छैन भन्न मिल्छ? पक्कै पनि स्वार्थ जोडीएको हुनै पर्छ ।

पूर्व मन्त्री को आखा फुटेको थियो र ? जस्तो अशिष्ट अब्यबाहारिक तुच्छशब्द हरु प्रहार संगै कल्पना पनि गर्न नसक्ने हतियार समन्धी हास्यस्पद बेतुकको आरोप सत्तासिन मन्त्री बाट गरिनु केवल आफ्नो कद घटाउनु र बिपक्षि को बदनाम गर्नु शिबाय केही होईन पनि । जबकि काहा कुन तह बाट त्रुटि गरीए कानुनी प्रकृया पुर्याई समन्धीत निकायहरु बाट छान बिनको दायरामा ल्याउने सम्म को निर्देशन तोक र अनुगमनमा निरन्तरता सम्म उचित मानिने थियो। यती पनि याहाको हकमा ठुलो योगदान र बहादुरी सम्झन काफि थियो ।

जुन बिषय मन्त्रालयका सचिव,पुरातत्व विभाग, स्वयम संग्रहालयका महानिदेशक, रा अ बिभाग अख़्तियार सिआईबि लगायतको माध्यम बाट गराईने अबस्था याहा संग बिधमान थियो नै । याहा त आफ्नै मन्त्रालयको प्रबक्ता समेत यस बिषयमा बेखबर पारीएको अबस्था देखियो ।स्मरण रहोस मन्त्री मातृका यादव जी लाई कसरी उचालियो र कसरी किनारा लगाईयो जुन वाहा लाई स्वयम महसुश भएको हुनु पर्छ ।

यस्तै उदाहरण हरु बिगतमा कति भए र उनिहरुको हबीगत पनि हेक्का राखौ ।यो लोकतांत्रिक व्यवस्थामा कानुनी प्रकृया र मन्त्री,ब्गयूरोक्रेसी, मन्त्रालय, बिभाग हरु, कानुनी कार्यान्वयन निकाय हरु र गलत कामको निग्रानी र कार्यान्वयनगर्ने सम्बैधानिक निकायहरु पनि ब्यबस्था गरीएको हुन्छ । सायद हामि हिन्दी सिनेमा का पारखी हरुले नायक अनिल कपुर एक दिनको प्रधानमंत्री हुदा गरीएको बबाल परीबर्तन लाई तारीफ़ गरिदै ताली पिटेको जस्तो पक्कै होईन होला।आफ्नो बिरोधी राजनैतिक पार्टी लाई धरायसी पार्ने उपक्रम अनुरूप खेदो खन्ने र मुलुकको उधोगी ब्यबसायी हरु लाई सारा दोष थोपर्न उधत्त याहाको शैली बिचरणिय देखियो ।

जबकि ठेकेदार ब्यबसायी को काम त कसरी घटाघटमा काम लिई केही मुनाफ़ा बचाउ भन्दा भ्रस्टाचार मानिदैन पनि । न त कुन कुन संबेदन शिल ठाउ हुन यस्को निरुपण गरिने काम समेत ब्यबसायीको होईन पनि । बरु जीम्बेबार राज्य को निकायमा बस्ने हरुको मिलोमतोमा अधीकार बाहीर गएर राज्य लाई नोक्सान पुर्याएको प्रमाणीत भए कानुनी कठाघारमा उनीहरुलाई ठड्याईनु लागी परी नतिजा देखाउनुपर्थ्यो । अब यो मुलुकको समृद्धिमा रास्ट्र सेवक कर्मचारी हरुलाई जीम्बेबार र जबाफदेही बनाउनुको बिकल्प नखोजौ।

सधै मन्त्री सर्बमान्य सर्बोपरी र निर्विकल्प हुने निरंकुश शैलीमा बिश्वास गर्ने हरुमा बल पुर्याउने अलोकतान्रिक अभ्यासको तुक छैन । सधै परीबर्तन भईरहने सत्तामा रहेका पार्टीको नेताहरुको मनोमालिन्य अबस्थाको अन्त्य हुनु र रास्ट्रसेवक आफ्नो स्वार्थ सिद्ध गर्न सत्तारूढ़ राजनैतिक नेतृत्व को चाकडी गर्ने, राज्य लाई कर तिर्ने मालिक आम जनता हरुमा जबाफ देही बन्न नपर्ने परिस्थिति को पक्षपोषण गर्न किमार्थ अनुचित छ ।

उच्च पदस्थ अधिकारी हरु राजनैतिक संरक्षणको नाममा बचाउने, सत्तामा रहदा आफ्नो अनुकूल प्रयोग गर्ने निरंकुश जंगली खेलको अन्त्य हुनै पर्छ । राज्य लाई कर तिर्ने उधोगी ब्यबसायीलाई राज्य को मन्त्री बाट अपमान जनक हुकुमीशैलीको ब्यबहार जो सुकै बाट किन नहोस खेदजनक छ । कानुनी राजको परीकल्पना गरेको लोकतांत्रिक व्यवस्था मा बलमीचाई र क्षणिक हिरो बन्ने कृयाकलाप हरु बास्तबमै बदलाको भाब, क्षणिक र अल्पज्ञानको प्रतिक हो ! हेक्का राखौ ? अब किंचीत पनि मुडेबल डोजर प्रबृती, सिंहदरबार भीत्र कालोमोसो दल्ने सांघातिक आक्रमणको गुन्डा शैलीको बडावा दिने र लोकतांत्रिक बिधी र पद्धति प्रतीक धाबा बोल्ने हरु को हौसला बडाउने हरु को संरक्षण निन्दनीय र नेपाली जनताहरु लाई अस्विकार्य छ ।

कानुनी राजमा नसुहाउने गलत हर्कत हरु लाई हौसला दिनु भनेको पून जंगली, डन प्रबृतीको सम्मान गर्नु भन्ने अर्थमा बुझ्न बुझाउन जरुरी छ। मुलुकको समृद्धि संग जोडीएको हरेक निर्णय हरु जनताका प्रतिनिधि स्थल सदनबाट लोकतांत्रिक पद्धति बाट समयमै हल गरीनु पर्छ ।यदी कानुनी त्रुटिको आसंका भए कानुनी प्रकृया अनुरुप कानुनी सर्बोपरी सिद्धांत को परीधीमा रही सम्मानित अदालत बाट छिनोफानो किनारा लगाउनु पर्यो । बिगत मा गलत काममा संलग्न भएको आसंका मा सर्वोच्च को बहालवाला प्रधान न्यायाधीश समेत लाई औलो उठिसकेको घटना सेलाई सकेको छैन पनि ।

अब अमूक पक्षको दबाब धम्की र करकाप बाट मुक्त हुने आट नेताहरुमा हुनु पर्छ र आफु बाट कार्य सम्पादन हुदा कानुनी प्रकृया र मर्यादा बिर्सेर डन प्रबृती को प्रदर्शित कुनै हालत मा मन्त्री ज्यू लाई सुहाउदो छैन चेतना होस ।अरुको कद घटाएर आफु अग्लो देखिने कुत्सिल चाल जस्तो देखियो जुन अबको दिनमा नेपाली समाज मा ब्यबहारीक देखिदैन । भले बाख्रो हराउनु बाघ कराउनुको संयोग पनि हुन सक्छ । अब को राजनैतिक संस्कारी,नैतिकता यूक्त र जनअपेक्षा अनुकूल अनुभुति हुने गरी गरिने अपेक्षा गरिन्छ ।

गल हरु एक अर्को का प्रतिद्वन्द्वी र एकले अर्को प्रति घृणा फैलाउने ब्यबहार बास्तबमै स्विकार्य छैन जुन बर्षौ देखिको जुहारी र बैमनश्यता को सृखलाको पछील्लो पात्र को रुपमा मन्त्री आले बाट यी आउटडेटेड फर्मूला को रहश्य आम नागरिक हरुमा छर्लंग हुदैछ ।राज्यको ठुलो नेक्सानी बाबजुत बिगतका जनआंदोलन हरुमा जनताहरुको संघर्ष र सहीद हरुको बलीदानी बाट प्राप्त लोकतांत्रिक व्यवस्था लाई सुदृढ़ीकरण गर्ने दिशा तर्फ पार्टी हरुमा “एकता,समन्वय र सहकार्य को बिकल्प छैन ।” स्वच्छ निस्पक्ष र मर्यादित चुनाव गराई आगामि दिनहरुमा सम्पादन गरिने तिन तहका चुनावी बाताबरण बनाउने तर्फ सबैको ध्यानाकर्षण हुनु पर्ने अबस्था प्रति मन्त्री महोदय स्वयम गम्भीर बन्नु आजको पहीलो प्राथमिकता लाई स्मरण गराउने सम्मको धृष्टता यो आलेखको उधेश्य रहेको ब्योहरा अनुरोध छ ।

“ बदलाभाबको,असहिष्णु, ब्याक्तिगत स्वार्थ सिद्ध मिल्नेहरु बिचको गठबंधनको राजनितीमा न राजनैतिक आदर्श सिद्धांत र मुलुकको समृद्धि को लक्ष्य नै मुखाकृत हुनेछ ।” न नेताहरु बिचको सहकार्य र समन्बयमा कसीलो आत्मियता ? यस्तो बलमिचाई प्रबृती बाट उल्टै गठबंधन सरकारका प्र म ज्यूलाई याहा बिरुद्ध चर्को दबाब नपर्ला भन्न सक्दैन पनि ।

तमाम चुनौति हरु बिच अबको नेताहरु को चुनौती र बिकल्प उजागर गर्ने धृष्टता मात्र औल्याउने नागरिक को कर्तब्य निभाउदै हाम्रो स्वर्ग जस्तो मुलुक र देश बिदेसमा रहेका नेपाल हरुमा आपसी आत्मियता लाई बिँश्वास गर्ने नागरिक हरुको स्वार्थ र प्राथमिकता सदै पहीलो बनाऔ न कि दल र गठबंधन को प्राथमिकता ! अनत्यमा यहाँ ले उठाएको आरोप का बिषय हरुमा कानुनी प्रकृया पुर्याई छानबीन हुनै पर्छ र याहा र पूर्व मन्त्री उपर उठेका बिषय हरु समन्धीत अख़्तियार प्राप्त निकायहरु बाट छानबीन होस भन्ने नेपाली जनताहरु को भाबना को कदर हुनै पर्छ ।

यो देशमा अख़्तियार दुरुपयोग अनुसंधान आयोग लगायत को निकाय हरु बाट दोषी हरु उपर उपयूक्त कारबाही को प्रतिक्षा गरौ ।

याबत चुनौति र आसंका बिच पनि मन्त्री ज्यूको पूर्व मन्त्री लक्षित कानुनत कठाघरमा ठड्याउने अदम्य शाहस,चुनौति र प्रतिबद्धता लाई देखिने गरी पुराहोस अन्यथा मुखको तितो फेर्न र चर्चा मा आउन मात्र नबनोस यही अपेक्षा सहित ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »