निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको गुरुद्धारालाई नगर प्रमुख डा. धवल शम्शेर राणाको तलब र भत्ता सहयोग

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्धारालाई तलबभत्ता सहयोग गर्नुभएको छ ।

नगर प्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गर्नुभएका नगर प्रमुख राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपिया गुरुद्धारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गर्नुभयो ।

May be an image of 4 people and people standing

सो अवसरमा नगर प्रमुख राणाले आफुवा सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताउनुभयो । उहाँले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताउनुभयो ।

May be an image of 3 people, flower and indoor

शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगञ्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »