नेपालगन्ज, ग्याँस बिक्रेता संघ बाँकेको अध्यक्षमा प्रेमकुमार थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो साधारणसभाबाट थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ ।

समितिको प्रथम उपाध्यक्षमा कल्पना शर्मा, महासचिवमा सुनिल रेग्मी सचिवमा कृष्णप्रसाद नगरकोटी, कोषाध्यक्षमा आश्बिनी कुमार गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा नरेन्द्र बहादुर चन्द सावित्री बस्नेत , श्याम भट्टराई ,सय्यद आमिर सखर, आनन्द प्रसाद गुप्ता निरज टन्डनलाई चयन गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष सुरज कुमार साहुको सभापतित्वमा भएको कार्यक्रममा ग्यास बिक्रेता संघका लुम्बिनी प्रदेश सदस्य लगायतको सहभागी रहेको थियो । बाँकेमा करिब १ सय भन्दा बढी बिक्रेता रहेका छन् ।