निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

खड्ग ओलीको विगत र वर्तमानका केही सोचनीय कुराहरू

– सुदर्शन प्रधान
यो आजभन्दा ३५ वर्षअघिको घटना हो । सन् १९८७ भनौँ वि.सं. २०४४ सालको एकदिन गोरखापत्र दैनिकले छाप्यो, ‘झापा घटनामा परेका खड्गप्रसाद ओली १४ वर्ष जेल भुक्तान गरी मुक्त भए ।’ त्यसबेला पूर्तिघाट बैंक संघर्ष (२०४१ असार ३२) को घटनामा परेका फणेन्द्र आचार्य, तारापति पौडेल र धनीराम चौधरी व्रmमश: भैरहवा जेल र तानसेन जेलमा हत्कडी, गलफन्दी र नेल लगाई बिताइरहेका थिए । अनि पंक्तिकारसहित अरु चार जनालाई २५ वर्षको जेल सजाय र जनही २३ लाख रुपैयाँको बिगो जरिवाना गुल्मी जिल्ला अदालतले पैmसला गरेको थियो । पञ्चायती कालको ३० वर्षको अन्धकार दिनहरूमा सर्वाधिक कठोर र निर्मम सजाय पैmसला गरेको घटना पूर्तिघाट बैंक संघर्षका योद्धाहरू हुन् । यद्यपि यो महान् संघर्षलाई राजनीतिकरण नगरी संघर्षबाट प्राप्त ५ लाख २० हजार रुपैयाँ रुपलाल विश्वकर्मा गुटले भ्रष्टाचार गरी नरकको पिँधमा पुगे । तथापि नेपाली जनताको मुक्ति र स्वाधीनताको लागि बलिदान दिन तयार योद्धाहरू इतिहासको मूलत: नेपाल कम्युनिस्ट पार्टीका गौरवका प्रतीक हुन् । भावी सन्ततिबाट त्यसको यथार्थताबारे विस्तृत कुराहरू सोधखोज हुन र जनतामा यथार्थता पस्कन ज्यादै जरुरत छ । बहुदलीय व्यवस्थाको आगमनले मात्र वि.सं. २०४७ असारमा पूर्तिघाट संघर्षका योद्धाहरू जेलबाट छुटेका थिए र भूमिगत कार्यकर्ताहरू खुल्ला भएका थिए यहाँ खड्ग ओलीको विषय जोडिन्छ किनकि २०४४ सालमा पञ्चायती सत्ताबाट उनी कुन सर्त र आधारमा जेलबाट छुटे ? यसबारे आजसम्म कुनै सोधखोज छैन र लिखित रुपमा कतै आएको छैन । वास्तवमा तत्कालीन राजतन्त्रात्मक पञ्चायती सत्ता र शासकहरूको सेवा गर्ने सर्तमा उनी जेलबाट छुटेको अनुमान गर्न सकिन्छ । किनकि २०५२ बाट माओवादी जनयुद्ध सुरु भएपछि त्यसको घनघोर विरोध गर्ने र जनयुद्धलाई दमन र नष्ट गर्न सशस्त्र शक्ति लागेको नेपाल प्रहरी र शाही सेनालाई माओवादी नेता र कार्यकर्ताविरुद्ध सूचना दिएर सहयोग गर्न भनौँ गुप्तचरी गर्न लगाउने एमालेभित्रका मूल नेता खड्गप्रसाद ओली नै थिए भनेर एमालेभित्रका व्यक्तित्वहरू भन्छन् ।
महाकाली सन्धि गर्न एमालेभित्र मूलत: खड्ग ओली नै सव्रिmय र षड्यन्त्रमा अग्रपंक्तिमा भूमिका खेलेको स्पष्ट छ । यही महाकाली सन्धिको विषयलाई लिएर २०५४ मा नेकपा एमाले पार्टी नै फुटेको हो । २०५५।०५६ सालमा तत्कालीन नेकपा (माले) का नेताहरूले खड्गप्रसाद ओलीबारे पञ्चायती सत्ताका गुप्तचर थियो भनेर प्रमाणहरू पेस गर्दै साप्ताहिक जनआस्थामा छापिएको थियो– ‘२०५१ मा नेपाल सरकारका गृहमन्त्री हुँदा खड्गप्रसाद ओलीले पञ्चायती कालका गुप्तचरहरूका नाम, ठेगानाहरू सबै प्रमाणहरू नष्ट गरिएको थियो ।’
२०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको कांग्रेस, कम्युनिस्टहरू र स्वतन्त्र व्यक्तित्वहरूका बिचमा अन्तरिम सरकार बन्दा नेपाल सरकारका उच्चस्तरमा व्यक्तित्वहरूका बिचमा भोज–पार्टी हुँदा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले नशामा फुईं छोड्दै ‘कांग्रेस र कम्युस्टिहरूभित्रै अझ उच्चस्तरमै हाम्रा मान्छेहरू छन् …’ भन्थे भनेर अन्तरिम सरकारका स्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठले पंक्तिकारसँग भनेका थिए । त्यो व्यक्ति को होला भनेर छलफल हुँदा कम्युनिस्ट पार्टीको चाहिँ ‘खड्गप्रसाद ओली नै हुन्’ भनेर हामी दुवैको मतैक्य थियो । यो कुराको पुष्टि पनि कसरी हुन्छ भने २०६२ मंसिरबाट दोस्रो जनआन्दोलन भनौँ व्रmान्तिको थालनी हुँदा आन्दोलनको एक महत्वपूर्ण लक्ष्य ‘गणतन्त्र’ थियो । जुन गणतन्त्रको नीतिको घनघोर विरोध गर्ने एमालेका नेता खड्ग ओली नै थिए । त्यसबेला उनले कैयौँ पालि सार्वजनिक रुपमै भनेका थिए ‘गोरुगाडामा बसेर अमेरिका पुगिन्छ ? नेपालमा गणतन्त्र भनेको पनि यस्तै हो ।’
२०६५ चैत्रको प्रथम संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी) संसदको सबभन्दा ठुलो दलको रुपमा स्थापित भयो । त्यसबेला राष्ट्रपतिको उम्मेदवारमा वामपन्थीहरूको तर्पmबाट पद्मरत्न तुलाधरको नाम माओवादीले एमालेसँग प्रस्ताव गर्‍यो । जुन व्यक्तित्वले काठमाडौँ उपत्यकामा वामपन्थी विचार र उम्मेदवारहरूलाई स्थापित गर्न र नेपालमा गणतन्त्र संस्थागत गर्न ठूलो भूमिका खेलेका थिए । २०४० देखि नै त्यसबेला पद्मरत्न तुलाधरको विरुद्धमा खुला र चर्को विरोध गर्ने खड्गप्रसाद ओली नै थिए र उनले कुर्लंदै भने, ‘पद्मरत्न तुलाधरलाई राष्ट्रपतिको रुपमा कसले स्वीकार्छ ? अन्धा र अपाङ्गहरूले मात्र तिनलाई मान्ला …’
त्यसबेला मूलत: एमालेका नेतृत्व र नेकपा (माओवादी) का नेतृत्वहरू सबै हिम्मत नगरेको पंक्तिकारले गहिरो गरी अनुभूति गरेको थियो । किनकि शंकास्पद चरित्र भएको, गणतन्त्रविरुद्ध बकेको मान्छेलाई धुलिसात गरेर अगाडि बढ्न साहस नगर्नेहरू वनपाखामा गाईबाख्रा चराउन हिँड्दा श्रेयस्कर हुन्छ । राजनैतिक सत्ताको बागडोर सम्हाल्न त आँट, हिम्मत र दूरदर्शिता चाहिन्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्छ । त्यसबेला नेकपा (माओवादी) ले मात्र लत नछोडेको भए त्यो घडीमा एमालेभित्रको शक्ति सन्तुलतमै फेरबदल आउन सक्थ्यो । यता राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा तराई मधेशबाट निर्वाचित हुने वातावरण बन्थेन । भ्रष्टाचारमा मुछिएका व्यक्तित्व उपराष्ट्रपति चुनिनु मुलुकको लागि दुर्भाग्य थियो । जुन प्रवृत्तिको जीवनन्तताले वर्तमान राष्ट्रपति विद्या भण्डारीजस्ता असक्षम, अयोग्य र अशोभनीय व्यक्तित्वले निरन्तरता पायो । शीर्षस्थ नेतृत्वको विश्लेषणको महत्व कति दूरगामी हुने रहेछ त ! सिङ्गो राष्ट्र र जनता भँड्खालोमा पनि पर्न सक्छ भनेर घटनाव्रmमले चरितार्थ पार्छ ।
खड्गप्रसाद ओली १४ वर्ष जेल परेको भनेर खुब प्रचार छ कि उनी कठिन जीवनबाट गुज्रिएका व्यक्तित्व हो भनेर । तर उनकै पार्टीका तत्कालीन एक मूल नेतृत्व जो पञ्चायती सत्ताको पतनपश्चात् मात्र जेलबाट छुटेका थिए तथा नेपाली नेल्सन मण्डेलाको नामबाट परिचित मोहनचन्द्र अधिकारीले खड्गप्रसाद ओलीको जेल जीवन कस्तो थियो भनेर हवाला दिँदै मन्त्री राजेन्द्र श्रेष्ठले २०७८ ज्येष्ठ महिनामा ल्च्ल् को ऋषि धमलासँग अन्तर्वार्तामा भनेका थिए ‘… खड्गप्रसाद ओलीले जेलभित्र हुँदा राजनैतिक बन्दीहरू त्यहाँका जेलरहरूको अन्याय र अत्याचारविरुद्ध कहिले सिधाको सवाल त कहिले पुस्तक–पत्रिकाहरू पढ्न पाउने विषयजस्तो साझा सवालहरूमा संघर्ष गर्दा, जेलभित्र नारा–जुलुसहरू गर्दा प्रहरी शक्ति तिनलाई दमनचव्रm गर्थे, लाठी हान्ने, घाइते पार्ने, नेल–हत्कडी र गलफन्दी लगाउने गर्थे तर अर्कोतिर खड्ग ओलीचाहिँ टुप्पी ठड्याई, धोती लगाई रामायण, महाभारत, चण्डी र गीताका श्लोकहरू भट्याउँथे र जेलर र प्रहरीहरूको सहानुभूति प्राप्त गर्थे …’ व्रmान्तिकारिताको नाममा पाखण्डी, धूर्त, कायर, गैरव्रmान्तिकारी चिन्तन र विचारको परिणाम थियो त्यो । जुन प्रवृत्ति उनमा जीवन्त छ । परिणाम राष्ट्र, जनता, पार्टी र पार्टी पंक्ति सबैले भोग्नु परिरहेछ । साँच्चिनै उनी रामका हनुमान हुन् । कार्ल माक्र्सका कम्युनिस्ट हैनन् । उनी प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा अरबौँ रुपैयाँको सुनको जलहरी र चितवन जिल्लाको माडी असली अयोध्या हो भनेर राज्यको करोडौँ रुपैयाँ फुकेको सबैले देखेका छन् ।
२०७८ पौष ७ गतेको साप्ताहिक ‘जनआस्था’ को मुख पृष्ठको भँगेरे अक्षरमा ओलीबारे अमेरिकाको रिपार्ट छापिएको छ । त्यसको पेज ८ मा भनिएको छ ‘एमालेका धेरैजसो नेताबारे ओलीको राम्रो धारणा छैन । उहाँले भन्नुभयो ‘वामदेव माओवादीको पुच्छर र अविश्वसनीय व्यक्ति हुन् । भरतमोहन अधिकारी अविश्वसनीय व्यक्ति हुन् । झलनाथ खनाल र सीपी मैनाली झण्डै पार्टी फोडुवा हुन् । माधव नेपाल अस्पष्ट छन् । प्राय: एमाले नेता देशको हैन आफ्नो मात्रै हित सोच्ने खालका छन् । (२००७ जनवरी २५ बिहान ९ बजे, अमेरिकी राजदूत मोरियार्टीको पेन्टागनलाई पठाएको रिपोर्ट)
आफ्नो देशको र पार्टीभित्रका मूल नेतृत्वहरूबारे एउटा विदेशी अझ अमेरिका जस्तो वू्रmर साम्राज्यवादी शासकका दूतलाई आन्द्राभुँडी किन खोल्न पर्‍यो ? उनी तिनको असली सेवक भएको यो ठोस प्रमाण हो ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »