निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

११ वर्षपछि सम्झियो नेपाल तामाङ कलाकार संघले स्वर्गीय गायिका योगिता मोक्तानलाई ।

काठमाडौं । नेपाल तामाङ कलाकार संघको संस्थापक सदस्य तथा गायिका योगिता मोक्तानको सम्झनामा ११ स्मृति सभा सम्पन्न भएको छ ।

वरिष्ठ गायक चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा ११ स्मृति सभा सम्पन्न भएको हो ।

गायक तथा संगीतकार विश्व दोङको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभामा नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल विशिष्ट अतिथि थिए भने नेपाल तामाङ कलाकार संघको पूर्व अध्यक्ष सन्जिव वाईवा , अन्तर्राष्ट्रिय तामाङ परिषदको सचिव रविन लामा लगाएतका व्यक्तिहरु अतिथका रुपमा रहेका थिए ।

स्मृति सभामा स्वागत मनतव्यको क्रममा नेपाल तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तन स्वर्गीय गायिका योगिता मोक्तानको यादमा केही समय भावुक भएको थियो भने उहाँको चर्चा धेरै गरेको थियो ।
उपाध्यक्ष विशाल काल्तनले स्वर्गीय योगिता मोक्तानसँग पहिलो पटक रेकर्डिङ गरेको गीत गुनगुनाएर सुनाएका थिए ।

स्वर्गीय गायिका योगिता मोक्तानको सम्झनामा  नेपाल तामाङ कलाकार संघले ११ वर्षपछि स्मृति सभाको आयोजना गरेको हो ।
१० औं स्मृति सभा ताम्सलिङ टि.भि. का संचालक प्रतिक थिङको पहलमा सम्पन्न भएको थियो ।

नेपाल तामाङ कलाकार संघले अब स्वर्गीय जयनन्द लामाको स्मृति सभाकोबारेमा पनि आउदो बैठकबाट निर्णय गर्ने जानकारी दिएको छ ।

सर्जक बिगेन्द्र वाईवाले उहाँले नै सृजना गरेको म्हेन्दो माया क्षेत्रको “टाक्साङ” गीत गायिका योगिता मोक्तानको पहिलो गीत रहेको दाबी गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो ।

तामाङ साहित्यकार तथा खोज अनुसन्धान कर्ता खोजराज गोलेले साँच्चिकै हामी तामाङ नै हो र ? सायद अब विस्तारै हामीले हाम्रो तामाङ विर्सदै जानेछन् । त्यसकारण स्वर्गीय गायिका योगिता मोक्तानलाई अवस्य विर्सने छन् त्यसकारण हामीले तामाङ हुन सिक्नुपर्छ ।

सिन्धलीको तामाङ गायिका अन्जु थोकरलाई योगिता मोक्तान प्रतिभा पुरस्कार  २०७८ बाट सम्मान गरिएको छ । साथै उहाँलाई १५ हजार नगद पुरस्कार प्रधान गरेको थियो ।

योगिता मोक्तानको बहिनी मलिका मोक्तानले दिदीको सम्झनामा नेपाल तामाङ कलाकार संघलाई धन्यवाद दिएको छ । उहाँले दिदीबहिनी बीचमा धेरै झगडा हुने गरेको तर माया अत्ति नै गर्ने गरेको सम्झना सुनाएका थिए ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को सह सचिव रविन मोक्तानले स्वर्गीय गायिका योगिता मोक्तानको सम्झना सुनाउदै योगिताको क्षमताकोबारेमा प्रसंशा गरेको  थियोे ।

वरिष्ठ गायक तथा संगीतकार रोज मोक्तानले , विशेष अतिथि प्रविन बल, प्रमुख अतिथि चन्द्र कुमार मोक्तानले स्वर्गीय गायिका योगिता मोक्तानको प्रतिभाबारे चर्चा गरेको थियोे  ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »