निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकमा एमालेको दादागिरि : वडा अध्यक्ष नै खुकुरी बोकेर मैदानमा उत्रिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ७ बाट एमालेका वडा अध्यक्षका उम्मेदवार सुके तामाङले चुनाव प्रचारप्रसार अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएलका सदस्यहरु माथि खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् ।
शान्तिपूर्ण रुपमा चुनावी प्रचारप्रसारमा रहेका माओवादी कार्यकर्तामाथी ज्यान मार्ने आसयले खुकुरी प्रहार गरी हातपात गरिनु निन्दनीय भएको जनाएको छ । ज्यान मार्ने आसयले खुकुरी प्रहार गरी हातपात गरिनु निन्दनीय भएको जनाउँदै दोषी माथी कारबाही गर्न माओवादी केन्द्रले आग्रह गरेको छ ।
शनिबार बेलुका चुनाव प्रचारप्रसार अभियान सञ्चालन गरिरहेको अवस्थामा पाँचपोखरी थाङ्पाल गाउँपालिका– ७ भोटेनाम्लाङमा नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार सुके तामाङ र राप्रपाका उहि वडाका वडा सदस्य उम्मेदवार देवराज गुरुडले वाईसिएल नेपाल चुनावी प्रचारमा रहेका सदस्यहरु जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाउनुको साथै बा९६प ५२२३ नम्बरको मोटर साइकल समेत क्षतविक्ष बनाएका थिए । घाईतेहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । ३ जना मध्ये जीवन पुरीको अवस्था सिकिस्त रहेको बताईएको छ ।
आईतबार समन्वय समितिका संयोजक गोविन्द पराजुलीले एक विज्ञप्ती जारी गदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दिएको नेपाली जनाताको स्वतन्त्रता पूर्वक चुन्ने र चुनिने नैसर्गिक अधिकार उपयोग गर्ने २०७२ वैशाख ३० गतेको निर्वाचनलाई उत्सवको रुपमा मनाइ रहदा ज्यान मार्ने आसयले नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नै हातपातमा उत्रनु निन्दनीय रहेको बताएका छन् ।

‘उक्त दुखद घटनाप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ । ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गर्ने निज सुके तामाङ र देवराज गुरुङलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सिन्धुपाल्चोक जिल्ला प्रशासन लाई हाम्रो पार्टी अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ– ‘आसन्न वैशाख ३० गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैमा अपील गर्दछ ।’
यसैबीच घाईतेका आफन्त ईलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिन नसकी जिल्ला सदरमुकाम चौतारामा पुगेका छन् । घाईतेका एक आफन्तले दिएको जानकारी अनुसार मेलम्चीमा उजुरी दर्ता गर्न जाँदा एमालेका कार्यकर्ताले अवरोध पु¥याएका थिए । त्यसपछि उनीहरु सिधै जिल्ला सदरमुकाम चौतारा पुगेका छन् ।
यसैबीच न्युरो अस्पतालमा उपचार गराईरहेका घाईहरुलाई पूर्व सामाजिक विकासमन्त्री, बागमति प्रदेश सांसद युवराज दुलाल ‘शरद’ पुगेका छन् । विरामीको अवस्था बुझेर फर्किएका सांसद दुलालले दिएको जानकारी अनुसार टाउकोमा गहिरो चोट भएकोले रिस्क हुनसक्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । दुईदिन पछि पुनः सिटि स्क्यान गरेपछि मात्र अवस्थाको बारेमा भन्न सकिने आफूलाई डाक्टर मार्फत जानकारी आएको दुलालले बताए ।
यो घटनालाई लिएर सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति ले घोर भत्र्सना प्रकट गरेको छ ।
हाम्रो प्रतिनिधि संग कुराकानि गर्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यले घटनाको घोर भत्र्सना प्रकट गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »