निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

केशव स्थापित र विजय सुवेदीका विकल्प को होलान् ?

– सुदर्शन प्रधान
२०७४ को स्थानीय निर्वाचनमा देशभरिको ७ सय ५३ पालिकाहरुमा अधिकांश स्थानहरुमा पार्टीहरुले मेयर तथा अध्यक्षहरुमा पुरुषहरुलाई र उपमेयर तथा उपाध्यक्षहरुमा महिलाहरुलाई उम्मेदवारमा उठाए र त्यही अनुरुप निर्वाचित भए । तर तिनका क्रियाकलाप र गतिविधिहरुचाहिँ महिलाहरुले नेतृत्व गरेका पालिकाहरुमा पुरुषहरुका तुनलामा अधिक सकारात्मक कुराहरु भए । विकास–निर्माण, सुशासनमा, न्यून भ्रष्टाचार इत्यादि । यसैले यो २०७९ को स्थानीय निर्वाचनमा महिलाहरुले मेयर तथा उपाध्यक्ष पद पाउनुपर्छ भनेर आवाज उठेका हो । तर पितृसत्तात्मक चिन्तन र विचारले गाँजिएका राजनीतिक पार्टी नेतृत्वहरुले यो आवाजलाई बेवास्ता नै गरे ।
राजधानी काठमाडौँ र चितवनको भरतपुर महानगरपालिकामा सिर्जना सिंह र रेणु दाहालहरुले मेयर पदमा जुन उम्मेदवारी दिए त्यो प्रशंसनीय छ । पार्टीको शीर्षस्थ नेतृत्वमा महिलाहरु नपुगुञ्जेल भनौँ पार्टी संगठनलाई दिशानिर्देशन गर्ने र नियन्त्रण गर्ने स्थानमा स्थापित नहुन्जेल पुरुषहरुबाट महिलाहरु शोषित–पीडित भइरहने, धोका र विश्वासघात पाइरहने र अन्याय र अत्याचार भोगिरहनु पर्ने प्रायः निश्चित छ, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले । तसर्थ समाजका सम्पूर्ण महिलाहरु सचेत, सङ्गठित, जागरुक र संघर्षशील बन्न ज्यादै खाँचो छ । यो कुरा महिलावर्गको मुक्ति मात्र नभई समाज र देशको विकास, उन्नति र समृद्धिको लागि पनि जरुरत पर्छ ।
दशर्नको क्षेत्रमा अहिले एउटा विषयले प्रवेश गरेको छ, राज्यसत्तामा कुन वर्गले नेतृत्व गर्ने भनेर । प्रकृतिको संरक्षण, मानव जातिमा शान्ति र सुव्यवस्था र इतिहासका तमाम कुँडाकर्कटहरुको उचित व्यवस्थापनका लागि मातृसत्ता मात्र एक विकल्प हो । सर्वहारावादी समाजवाद र पुँजीवादी समाजवादको हैन भनेर । किनकि प्रकृतिले महिला वर्ग (आमावर्ग) लाई वात्सल्यता, सहिष्णुताको विशेषता प्रदान गरेको छ, जुन कारणले तिनीहरुबाट नम्र, विवेक, सत्य, सही, शान्तिजस्ता सकारात्मक विशेषताहरु प्रदर्शन हुन्छन् । इतिहास र वर्तनमानका थुप्रै घटनाहरुले यो कुराको पुष्टि गर्दछन् । जबकि प्रकृतिले पुरुषहरुलाई प्रतिस्पर्धा र इष्र्यालु विशेषता दिएको छ, जुन कारणले तिनीहरुबाट निहित स्वार्थको लागि जाली, कपटी, कठोेर, फटाहाजस्ता नकारात्मक क्रियाकलापहरु हुन्छन् ।
समाजका शत प्रतिशत महिलाहरु असल र शत प्रतिशत पुरुषहरु खराब हुने हैन । यसको अर्थ समाज र संसारको मानव समाज हजारौँ वर्ष अघिदेखि पितृसत्तात्मक साङ्लाहरुले बाँधिएकाले खराब प्रवृत्तिका महिलाहरु पनि पाइन्छन्, असल पुरुषहरु पनि छन् । तिनको यथार्थ लेखाजोखा गरेर धारणा बनाउनु पर्छ ।
यहाँ प्रसंग छ काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापित र चितवन भरतपुर महानगरपालिकाका उम्मेदवार विजय सुवेदीबारे । जो दुवै नेकपा (एमाले) को तर्पmबाट सूर्य चिन्ह लिएर मैदानमा छन् ।
सर्वप्रथम नेकपा (एमाले) पार्टी खड्गप्रसाद ओलीले नेतृत्व गरिरहेको पार्टीबाट केही चर्चा गरौँ । २०७४ को संसदीय निर्वाचनमा नेकपा (माओवादी) सहित दुई तिहाइ बहुमत सांसदहरुको समर्थन रहेको एमालेको खड्ग ओली सरकारले नेपालमा युगान्तकारी हलचल ल्याउन सक्ने अवसर (आधार) बनेको थियो । दसकौँ अघिदेखि बिग्रिएको र बिथोलिएको नेपालको हिमाली, पहाडी र तराई मधेसको प्रकृतिको चौतर्फी अवस्थाको संरक्षण र सम्बद्र्धन, ७०% किसानहरुमा भूमि व्यवस्थापन, मजदुर वर्गको पेसाको स्थायित्व र आर्थिक भौतिक जीवनको परिवर्तन, ५०% जनआवादी रहेको महिलावर्गको मुक्ति, झण्डै ६० लाख महान् दलित जातिको मुक्ति अभियान, आत्मनिर्भरमुखी देशको अर्थतन्त्र … ।
संविधानमा आवश्यक बुँदाहरु थपघट गरेर नेपाल गणतन्त्रमा प्रवेश गरेभैmँ इतिहासकै नयाँ मोडमा प्रवेश गर्न सक्थ्यो र नेपाल र नेपाली जनताको उज्वल इतिहासको निर्माण हुन सक्थ्यो । यसको लागि नेतृत्वमा स्वदेश र विदेशको इतिहासको ज्ञान, दर्शनको चेत र इमान्दारिता र दृढटा चाहिन्थ्यो । यसमा इमान्दारिताको गुण सर्वोपरी हो किनकि इमान्दारिता भएमा अरु ज्ञान नभए पनि उसले पछि सिक्न सक्छ, बुभ्mन सक्छ । किनकि कसैले पनि आमाको पेटबाट सबै कुराहरु सिकेर आउँदैन । वास्तविक ज्ञान भनेको संघर्षको मैदान र रणभूमिबाट गुज्रेर प्राप्त हुन्छ । तर खड्ग ओलीमा एउटा मात्र विशेषता रहेछ ‘दृढता’ । त्यो पनि गलत प्रवृत्ति र व्यवहार गरेर पनि त्यसमा हठी बनिरहनु । उनलाई त मन्त्रीहरु हेरफेर गर्न र राजदुतहरु नियुक्त गर्नमै मजा आउँदो रहेछ । यतिग्रुप, ओम्नीगु्रप, बतास ग्रुपहरुलाई राज्यको महत्वपूर्ण जग्गा जमिन र भाडामा दिने, ठेक्कामा दिने ध्याउन्न हुने रहेछ । सायद तीबाट धनदौलत पनि आउँदो हो । पार्टीभित्र नीति, पद्धति र बहुमतको कदर नभई षड्यन्त्र र धोखाधडी । जसको परिणाम पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदको राजिनामा पनि माग भयो, पार्टीभित्रै । तर पनि उनले भन्न र गर्न सकेनन् कि ‘म रोगी र बिरामी छु, साथीहरुले मैले भन्दा राम्रो चलाउ पार्टी र राज्य अब म बिदा लिन्छु …’ त्यसबेला उनले भन्थे ‘मलाई कामै गर्न दिएनन् !’
कतिसम्म भने २०७७ को मंसिर–पौषमा तत्कालीन नेकपाको बहुमत केन्द्रीय समितिले वैधानिक रुपले आपूmलाई हटाउने चाल पाएपछि उनले संसद नै विघटन गर्न पुगे । अझ उनी कुर्लदै भन्थे, ‘दुई तिहाइको सरकारले संसद विघटनको सिफारिस गरेको हो ।’ यथार्थमा संसदमा सामान्य बहुमत मात्र भएको भए पनि खड्ग ओली सरकार टिकिरहन्थ्यो र उनले राजीनामा दिन्थेनन् । संसदमा पनि उनी अल्पमतमा पर्ने देखेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गरी २०७८ को वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको लागि सिफारिस गरेको हो र विद्या भण्डारीले कुनै सोधखोज र अध्ययन नगरी स्वीकृत पनि दिएको हो । खड्ग ओलीको अन्धकार पथमा तिनले लाहाछाप लगाएको हो । संसदमा विकल्पहरु हुँदाहुँदै त्यसको कुनै परीक्षण नगरी मध्यावधि निर्वाचनमा जानु भनेको संविधान नै नष्ट गर्ने प्रयास हो र गणतन्त्र र संघीयताको खिलाफ पनि हो । यस्तो हर्कत खड्ग ओली र विद्या भण्डारीबाट दुई दुई पटक भयो । तर सर्वोच्च अदालतबाट दुई दुई पटक खड्ग ओली र विद्या भण्डारीको कर्मलाई असंवैधानिक भनेर पैmसला भयो । तथापि खड्ग ओली सत्तामा टाँसिरहेकै थिए । सर्वोच्चको परमादेशले उनी बालुवाटारबाट बालकोट फर्किए । विद्या भण्डारी चाहिँ कुनै नैतिकता र सत्चरित्रको प्रदर्शन नगरी राणाहरुले बनाएको शीतल निवासमा अझसम्म विराजमान छिन् ।
राष्ट्रको नेतृत्व गर्ने पार्टीका शीर्षस्थ नेतृत्वहरुको दुष्ट र भ्रष्ट प्रवृत्ति अनि देश र जनताको उज्ज्वल भविष्यप्रति इमान्दारिताको खडेरी छाएमा देश र जनताले अपुरणीय क्षति बेहोर्नु पर्दछ । साँच्चिनै संसद विघटनाको खड्ग ओलीको कदम सफल भएको भए उनले घोषणा गरेको निर्वाचनमा केही ठुला दलहरु बहिष्कारको मार्गमा लाग्थे । तिनलाई दमन गर्न खड्ग ओलीले सेना प्रहरीहरु परिचालन गर्थे । जसको परिणाम मुलुक गृहयुद्धमा जान्थे, अन्तहीन द्वन्द्वले नेपाल अफगानिस्तान वा सोमालियाको अवस्थामा गुज्रन्थ्यो । आगामी पाँच वर्षभित्र नेपालमा एक ठुलो राजनीतिक–सामाजिक आँधीबेहरी आएर खड्ग ओली प्रवृत्तिलाई बढार्न नसके यहाँ अकल्पनीय अवस्थाको सिर्जना हुनसक्छ । खतरा अभैm पनि छ किनकि नेकपा (एमाले) सत्ताहीन भए पनि पुनः सत्ताको बागडोर सम्हाल्न प्रयासरत छ । प्रतिगमन विरोधी आन्दोलनमा प्रचण्ड र रामकुमारी झाँक्रीले ‘देश अँध्यारो सुरुङमा जानेछ…’ भन्नुको मूल तात्पर्य त्यही नै हो ।
वि.सं. २०६० तिर केशव स्थापितले बागबजारको उनको घरमा पंक्तिकारसँग एक दिन भनेँ ‘म यो आफ्नै घर भत्काएर कमलादी निस्कने बाटो खुलाउन तयार छु …’ यो कुरा उनले केही दिन अघि कान्तिपुर टिभीसँग पनि भनेको देखेँ । त्यसको वास्तविकता के छ भने २०५५।५६ तिर खुसिबु क्षेत्रमा काठमाडौँ महानगरपालिकाले टाउन प्लानिङ गर्नुपूर्व त्यहाँको पचासौँ रोपनी जग्गामा स्थापितले सस्तोमा लिएर पछि घडेरीको रुपमा बिक्री गरी, पचासौँ करोड आर्जन गरेको विशेष सूत्रहरु बताउँछ । यो कस्तो कुरा हो भने चिट्ठा खुलाएर पुरस्कारचाहिँ आफ्नै भागमा पारेको जस्तो हो । खुसिबु टाउन प्लानिङबाट सबभन्दा धेरै धनआर्जन गर्ने सायद उनै हुन् । जुन कारणले बागबजारको उनको दसौँ करोडको घरजग्गालाई सडक बनाउन अभैm तयार भएको उद्घोष गरिरहेछन् र आम सर्वसाधारण काठमाडाँैवासीलाई ‘महान् त्यागी र दानी’ रुपी वस्त्रको प्रदर्शन गरिरहेछन् । स्थापितले ‘खुसिबु’ मा भैmँ उनको काठमाडौँको मेयर कार्यकालमा अरु पनि थुप्रै ह्याकुलाहरु आफ्नो भागमा पारेको आशंका गर्न सकिन्छ ।
केशव स्थापितको अरु चारित्रिक र नैतिकताको खडेरी छाएर गर्न नहुने र बोल्न नहुने कुराहरुतर्पm नगई स्वयं भोगेको एउटा घटना सार्वजनिक गर्नु प्रासंगित मान्छु । वि.सं. २०६४।०५ तिर एकदिन उनले मलाई आफ्नो घरमा बोलाएर भने, ‘ल प्रधानजी ! मेरो छोराहरुको टिमलाई तिम्रो घले गाउँमा घुमाउनु प¥यो…!’
भर्खर एसएलसी दिएका स्थापितका कान्छा छोराको ८ जना टिमसँग मैले भेटेर भनेँ ‘लमजुङ खुदीबाट घलेगाउँ जान ५ घण्टा ठाडो उकालो पर्छ । ठुलो दुःख र मिहिनेतले घलेगाउँ पर्यटकीय गाउँ बनेको हो । २०५७ सालको जेठदेख सुरु भएको सुन्दर, शान्त र महान् स्थल छ । तिमीहरुचाहिँ भाग्यमानी रहेछौ किनकि आजभोलि त्यहाँ सडक बनेको छ, बेसीसहरबाट बाग्लुङ पानीसम्म जिपमा जान सकिन्छ । २–३ घण्टा हिँड्नुपर्छ, बाटो तप्र्यां, तप्र्यां पर्छ …’
‘हिँड्न पर्छ’ भन्नेबित्तिकै उनीहरु डराए । उनीहरुले पोखराको होटलमा खानावास ३ रात र जान आउनको गाडीको मात्र माग गरे । त्यसैअनुसार मैले लेकसाइडको ‘सिल्भर बएक्स इन’ होटल बुक गरेँ र टुरिस्ट गाडीमा जाने आउने व्यवस्था मिलाएँ र पठाएँ । गएको तेस्रो रातमा उनीहरुले होटलमा बितण्डा मच्चाएछन् । भर्खरका केटाहरु एक आपसमा लडन्त र भिडन्त गरेछन् खाटकोे खुट्टा भाँचेछन्, महँगा बिजुुली बत्ती फुटाएछन्, पर्दाहरु बालेछन्, नसामा मध्यरातमा माथि बार्दलीबाट तल तिन तल्लासम्म मूल गेटमा पुग्ने गरी पिसाब फेरेछन् …’
उपरोक्त घटनामा ‘मालसामान बिगारेको, फुटाएको, जलाएको सबै गरेर रु. ३५ हजार जरिबानातिर अनि मात्र घर फर्क’ भनेर होटलको मेनेजरले भनेछन्, ‘बलजफ्ती ग¥यौ भने प्रहरी बोलाउँछु, अनि जाउ न प्रहरी कस्टडीमा…’ त्यहाँ स्थिति तनावपूर्ण बनेछ । मलाई फोन आयो अब के गर्ने ? फोनमा होटल मेनेजर र केटाहरुसँग थुप्रै कुराहरु भयो । अन्तमा स्थापितको छोराले अनुरोध गर्दै भने, ‘अंकल ! यहाँ तिर्नुपर्ने जरिबाना रुपैयाँ अहिले छन्, काठमाडौँ आएर तिर्छु, हामीलाई छुटाइदिनुस् ! मेनेजरलाई यो कुरा भनिदिनुस् …!’ जरिवाना तिर्न तयार साथीको छोराहरुलाई प्रहरीकहाँ पठाउन त भएन । त्यसैले होटल मेनेजरलाई आपूm जमानी बसेर छोडिदिन आग्रह गरेँ । तब तिनलाई छुटकारा मिल्यो ।
काठमाडौँ आएपछि उनीहरुले पैसा दिएनन् । पटक पटक प्रयास गर्दा पनि नमिलेपछि एकदिन स्थापितको घरमै गएर घटनाको फेहरिस्त फुकाइदिए श्रीमती स्थापित बिचमै कड्केर भने, ‘आफ्नो छोराको कमजोरीहरु कुन आमाले सुन्न सक्छ ?’ भन्दै उठेर हिँडिन् । यता केशव स्थापितचाहिँ मौन बसे । उनले यो कुरा भन्न सकेनन् कि, ‘यसको नैतिक जिम्मेवारी म लिन्छु, होटलको क्षतिपूर्ति म दिन्छु, किनकि मेरो आग्रहमा यो टुर भएको हो, घटनामा जे जति कमजोरहिरु भए, छोराहरुको तर्पmबाट म क्षमा माग्छु …’
त्यसपछि केशव स्थापितसँगको मेरो सम्बन्ध सदाको लागि टुट्यो ।
भरतपुर नगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीबारे भन्ने हो भने उनीसँग पनि एउटा यस्तो घटना घट्यो जुन घटनापछि उनीसँगको सम्बन्ध पनि सधैँलाई टुट्यो । त्यो के भने चितवन माडी गर्दी गाउँ नजिक ढिकुन गाउँमा नारायण बोट नाउँको एक इतिहास बोकेको व्यक्तित्व बस्छ । सुगौली सन्धिपछि उनका पुर्खाहरु नेपालतर्पm लागे आजको माडीमा । नारायण चितवन जिल्लाको कम्युनिस्ट आन्दोलनको एक हस्ती हो । २०३०।३२ सालदेखि नै उनी पार्टीमा सक्रिय थिए । २०३६ सालमा वसन्तपुरको एउटा घर्तीले आन्दोलनमा लागेका विद्यार्थीहरुलाई भालाले हान्न खोजेछन् । प्रतिकारमा उल्टै घर्ती स्वयं ढल्न पुगे । त्यसपछि धरपकड र प्रहरीहरुको आतंक सुरु भयो । यसैलाई माडीको घर्तीकाण्ड भनिन्छ ।
घर्तीकाण्डमा ३०,४० जना वामपन्थी नेता र कार्यकर्ताहरु वारेन्टेड भए, तीमध्ये केही जेल परे, कुनै भूमिगत बने । नारायण बोट पनि भूमिगत रहे । २०३८ सालको एकदिन वर्षाको बेला मध्यराधी प्रहरीले घेरा हालेर नारायण बोटलाई घरमै गिरफ्तार गरी भरतपुर जेल चलान गरे । त्यसबेला नारायणको घर खानतलासी गरेर प्रगतिशील पुस्तक, नागरिकता, लालपुर्जाहरु समेत पञ्चायती प्रहरीहरुले बरामद गरे । यसमा स्थानीय पञ्च र कांग्रेसीहरु समेत प्रशासनसँग मिलेका थिए । ठुलो यातना पाएर दुई वर्ष नारायण बोट जेलमा रहे । त्यसपछि तारेखमा छुटे ।
२०४६।०४७ सालको जनआन्दोलनमा राजा वीरेन्द्रले घँुडा टेके त्यसपछि बहुदलीय व्यवस्था आयो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा नेपालको राजनैतिक पीडितहरुको पुस्तक छापियो । जुन पुस्तकमा पञ्चायती कालको ३० वर्षको अवधिभरि संघर्ष गर्दा मृत्यु भएका, जेलनेल खाएका र भूमिगत भएका योद्धाहरुको नाम, ठेगाना, घटना, उमेर विविध विषयहरु त्यसमा उल्लेख छन् । जुन पुस्तकको पेज ….. मा राजनीतिक एक पीडित नारायण बोट पनि हुन् भनेर उल्लेख छ । तर नारायण बोटले अरु कुनै राहतको त कुरै छोडौँ, नागरकिता पनि मिले । बहुदलीय कालभरि ठुलो प्रयास र श्रम गरियो तर हात लाग्यो शून्य मात्र मिल्यो । उनका छोराछोरीहरु बढ्दै जाँदा जे गर्दा पनि आवश्यक पर्ने नगारिकताको अभावले पाइला पाइला समस्या परेर ठुलो पीडाबोध भयो ।
२०६४ चैत्रमा भएको संविधानसभाको सफल निर्वाचनपछि संसदको झण्डै शत प्रतिशतले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो र राजतन्त्र सदाको लागि अन्त भयो । कमरेड प्रचण्डको नेतृत्वमा नेपाल सरकारको गठन भयो । गृहमन्त्री वामदेव गौतम रहे । त्यसको लगत्तै एक दिन काठमाडौँबाट नारायणबोटलाई फोन गर्दै भनेँ, ‘काठमाडौँ आउनुस् ! अब त यो गणतन्त्रको सरकाले तपाईंलाई नागरिकता देला नि !’
हामी पञ्चायती सत्ताविरुद्ध लड्यौँ, पार्टीभित्रको निकृष्ट रुपलाल गुट विरुद्ध लड्यौँ र गणतन्त्रको लागि पनि आफ्नो ठाउँबाट लड्यौँ, योद्धाहरुलाई साथ सहयोग ग¥यौँ । त्यसमा हाम्रो पनि हिस्सा छ । एकदिन सिंहदरबारको गृह मन्त्रालयमा गएर वामदेवलाई नाराणजीको इतिहास र नागरिकताको समस्या बिसायौँ । उनले ठाडै भने, ‘पहिला चितवन जिल्लाको हाम्रो पार्टी कमिटीसँग बुझ्छौँ अनि निर्णय गर्छौं ।’ त्यसबेला वामदेवको स्वकीय सचिव तुलसीप्रसाद नाउँ गरेको एक कर्मचारीले फास्ट ट्रयाकमा नागरिकता दिलाउन चाहेको हो, हाम्रो ब्रिफिङपछि । तर वामदेवको हाँकडाँक अगाडि उनको केही लागेन ।
एमालेको चितवनको सचिव त्यसबेला विजय सुवदीको फोन नं. शैलेन्द्र पिया नारायणगढबाट पत्ता लगाएर भनेँ, ‘विजयजी ! एउटा महत्वपूर्ण विषयमा तपाईंको जिम्मेवारी छ …’
‘के होला ?’ विजयले भने ।
माडीको नारायण बोटको नागरिकताको समस्या छ, पञ्चायती कालदेखिको । तपाईंसँग गृहमन्त्री वामदेवले उहाँको विषयमा सोधपुछ गर्न सक्छ । सकारात्मक कुरा भनिदिनुस् ! …’
‘मैले आफ्नो तर्पmबाट सक्दो गर्ने नै छु’ उनले भने ।
अर्को दिन सिंहदरबारभित्र गएर वामदेवसँग भेट्न गयौं तर उनले भेट नै दिएनन् । चितवनको पार्टी संगठनबाट सिफारिस नआई आपूmले केही नगर्ने भन्ने सन्देश पायौँ ।
विजयलाई फोन गर्दै मैले भनेँ, ‘चिनवन जिल्लाभरिको पञ्चायती कालको सर्वाधिक पीडित र दुःखी व्यक्तिहरुमा नारायणबोट पनि एक पर्छ । त्यस्तो व्यक्तित्वलाई बहुदलले पनि नागरिकता दिएन र यो गणतन्त्रले पनि दिएन भने के हुन्छ ? घोर अन्याय र अपराध मात्र हुन्छ । विजयजी, तपाईंबाट सकारात्मक सिफारिस हुनुप¥यो, गृहमन्त्री वामदेवलाई …’
‘पहिला हाम्रो पार्टी नेकपा (एमाले) मा आउनु प¥यो, त्यसपछि सबै सहयोग भैहाल्छ नि !’ विजय सुवेदीले भने, ‘एउटा पार्टीमा लाग्नै पर्छ, हाम्रो पार्टीले सहयोग गरेपछि पार्टीमा आबद्ध हुन गाह्रो मान्न भएन नि !’
‘तपाईंले यस्तो अराजनीतिक कुरा गर्ने ?’ मैले कड्केर भनेँ ‘पार्टीमा आस्था र विश्वासले लाग्ने हो, यसको लागि लामो प्रक्रिया हुन्छ, मान्छेलाई बाध्य पारेर, करबलले पार्टीमा ल्याउँदा कालान्तरमा प्रत्युत्पादक बन्न सक्छ । एउटा इतिहासको योद्धा जसको पाउमा सिङ्गो चितवन जिल्ला झुक्न लायक छ, त्यस्तो व्यक्तित्वलाई मौकामा गुण लगाउँदा उपलब्धि पनि ठुलै मिल्न सक्छ । तर तुरुन्त पार्टीमा आउ भन्नु तपार्इंको केटाकेटीपन हुन्छ …’
विजयले जवाफमा भने, ‘पार्टीमा नआई केही गर्न सकिन्न …’
त्यस्तो जड, रुखो, अदुरदर्शी, अविवेकी मान्छे भरतपुर नगरपालिकामा रेणु दाहालकी प्रत्यासी बनेका रहेछन् ! मेयर बनेर खै के गर्ने सुरहरु छन् ? रामका हनुमान खड्ग ओली र ओलीका हनुमान देवी ज्ञवाली, विजय सुवेदीहरुसँग भरतपुरवासी र चितवन जिल्लावासी सदा चंख र सतर्क हुन चितवनको नारायण बोटहरुलाई सन्देश पठाउँदै छु ।
अन्तमा, काठमाडौँ महानगरपालिका मेयरमा ५२ जना स्वयतन्त्र उम्मेदवारहरु प्रत्यासीमा उठेका छन् । तिनमा ‘बालेन शाह’ को प्रचार जुलुश र जयजयकार उल्लेखनीय देखिन्छ । यसमा ‘कान्तिपुर’ टिभी र मिडियाहरुले आफ्नै उम्मेदवार भैmँ गरेर पनि प्रचार प्रसार गरिरहेछन् । कुनै पनि सञ्चार माध्यम निष्पक्ष बन्न सक्दैन, त्यो वर्गपक्षधर हुनछ । त्यो जाति, धर्म–सम्प्रदाय पक्षधर हुन्छ भन्ने कुरा पुनर्पुष्टि भएको छ ।
३१ वर्षीय ¥यापर बालेन शाहको तुलनामा समाजसेवी सुमन सायमी धेरै स्तरीय उम्मेदवार हुन् । किनकि सरकारको मनोमानी सडक विस्तार गरी मुआब्जा नदिने तर गाडीवाहनहरु अनियन्त्रित भित्र्याउने नीतिविरुद्धको संघर्ष, गुठी विधेयक विरुद्धको संघर्ष, २०७२ र कोभिड १९ को समयमा ज्युज्यान अर्पेर सामाजिक सेवामा समर्पित रहेका अरु थुप्रै सामाजिक, सांस्कृतिक, पर्यावरण संरक्षणसँग सम्बन्धित र जनजागरणमा नेतृत्वको भूमिका निर्वाह गर्दैै आएको छ । आगामी दिनहरुमा काठमाडौँको फोहर व्यवस्थापन वैज्ञानिक रुपले गरेर सहर र प्रकृति स्वच्छ राख्ने, विद्युतीय गाडीवाहनको व्यवस्था गरेर यातायातको जटिल समस्या हल गर्ने, सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने, नदीनालाहरु पूर्वअवस्थामा फर्काउने जस्ता महत्वपूर्ण १५ वटा कुराहरुमा प्रतिबद्धता जनाएका छन् । जसले विगतमा केही गरेका छन्, तिनले पदमा पुगे झनै धेरै कुराहरु गर्नेछन् भनेर आशा र विश्वासगर्न सकिन्छ । कतिसम् मभने सुमन निर्वाचनमा पराजित नै भए पनि आफ्ना काम र कर्तव्यहरुमा निरन्तर क्रियाशील हुनेछन् ।
सुमनको आँखीभ्mयाल मत चिन्ह लिएर पर्यावरण, सांस्कृतिक र सामाजिक क्षेत्रमा क्रियाशील विद्या श्रेष्ठ महर्जन पनि उपमेयरमा उठ्नु भएको छ । यति मात्र हैन, काठमाडौँ महानगरपालिकाको ५ वटा वडाहरुबाट पनि वडा अध्यक्षमा आँखीभ्mयाल चुनाव चिन्हबाट प्रत्यासीहरु छन् । यो स्तरको काठमाडौँ महानगरपालिकामा कुनै स्वतन्त्र उमेर छैनन् । ४९ वर्षीय ‘सुमन सायमी’ र ३१ वर्षीय ‘बालेन शाह’ बिचको अन्तर सबैले अध्ययन र मनन गर्न सक्छन ।
२५ वैशाख २०७९

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »