निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता


नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।


विभिन्न राजनीतिक दलबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनानै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने बाचा गर्दै सामुहिक खवरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।
राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले आचार संहिता पालनाको प्रयास भइरहेको भन्दै कहीं कतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गर्नु भयो । आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले अनुगमनसँगै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिनु भयो ।


राप्रपा नेपालबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय वस्नेतले व्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचार संहिता उल्लघंन भइरहेपनि कानूनी दायरामा ल्याउन कन्जुस्याई भइरहेको दावी गर्नु भयो । उहाँले आफु र आफनो पार्टीले आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता दोह¥याउनु भयो ।

यस्तै नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकालले आचार संहिता उल्लघंन गर्नेले गरिरहेकै भएपनि आफुहरुले कहीं कतै नगरेको यदि त्यस्तो पाइएमा कानूनी कारवाही भोग्न पनि तयार रहेको उदघोष गर्नु भयो । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानशिकता त्याग्न उम्मेदवारलाई आहवान गर्नु भयो । आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्धारा पनि दण्डीत गर्ने दावी गर्दै उहाँले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उम्मेदवार विन्दु चर्तीमगर, अधिवक्ता लोक बहादुर शाह लगायतले आचारसंहिता पालनाबारे बोल्नु भएको थियो ।
संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पार्नु भएको थियो । संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »