निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन– वैश्य

नेपालगञ्ज, नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले यो प्रतिबद्धतालाई आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।


उनले उपमहानगरपालिकाको मेयर पदमा जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरिरहेका छन् ।

कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले गाउँको विकास आफ्नो प्रमुख लक्ष्य हुने समेत बताए ।


वडा नंं १५ मा ईदगाह र सम्सानघाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरेका छन्। उनले जता गएपनि जनताको राम्रो स्वागत र सम्मान पाईरहेको समेत बताएका छन् ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »