निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा उपस्थित हुन सक्ने विष्ट र राईलाई जिताउनुस्ः उमा थापा मगर

नेपालगन्ज, नेपालगन्जको चुनावी माहोल गठबन्धनका उम्मेदवारका पक्षमा देखिएको छ । पाँच दलको चुनावी गठबन्धन नेपालगन्जमा सफल बन्ने पक्का जस्तै भएको छ । गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा उम्मेदवार बनेका जनता समाजबादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राईले जित हासिल गर्ने अवस्था देखिएको छ ।

मतदाताहरुले विष्ट र राईप्रति माया, सद्भाव र विश्वास प्रकट गर्दै जितका लागि आशिर्वाद दिइरहेका छन् । नेपालगन्जको चुनावी माहोल, चुनाव जित्न गरिएको तयारी लगायत विविध विषयमा कांग्रेस नेतृ एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरसँग गरिएको संवाद–

(१) नेपालगन्ज उपमहानगरपालिकामा चुनावी माहोल कस्तो छ ?

नेपालगन्ज उपमहानगरपालिकाको चुनावी माहोल एकदमै राम्रो छ । नेपालगन्जमा गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार दुबै जना युवा भएकाले आम जनमानसको हेर्ने दृष्टिकोण पनि सकारात्मक रहको छ । मतदाताहरुले आशिर्बाद र शुभेच्छा प्रकट गरिरहनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजबादी पार्टीबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको जागरुकता र नेतृत्वशैलीप्रति सबै मतदाताहरु उत्साही र आशाबादी हुनुहुन्छ ।

(२) यहाँ गठबन्धनले नै जित्ने आधार के छ ?

गठबन्धनले जित्ने आधार भनेको प्रमुख कुरा त उहाँहरु दुवै जना युवा उम्मेदवार हुनुहुन्छ । जनताले रुचाएको र जुझारु नेतृत्व प्रमुख र उपप्रमुख पदमा हुनुहुन्छ । उहाँहरु दुबै जना मेहनती र जनतामा भिजिसकेको नेतृत्व पनि हो । कोरोना महामारीका समयमा पनि दुबै जनाले खटिएर निःस्वार्थ भावले जनताको सेवा गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकामा सबैलाई अप्ठेरो पर्दा यी दुबै जनाले धेरै दुःख र मेहनत गरेर काम गर्नुभएको छ । केही पर्दा र खबर गर्दा तुरुन्त समय दिन सक्ने युवा उम्मेदवार भएकाले गठबन्धनको जित निश्चित छ । अर्को कुरा दुबै जना इमान्दार र कुनै मुद्दा नखेपेको हुुनुहुन्छ । प्रमुख पदका उम्मेदवार बिष्ट स्थानीय सरकार संचालन ऐन र कार्यान्वयनको अवस्थाबारे पनि जानकार हुनुहुन्छ । यी विविध कारणले गर्दा गठबन्धनले जित्नुपर्छ र जिताउनुपर्छ ।

(३) तपाईं नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख भएर काम गरिसक्नुभएको छ, यहाँ नगरवासीका लागि गर्नुपर्ने काम अझै के(के छन् ?

उपप्रमुखको हिसाबले कुरा गर्नुपर्दा उपप्रमुखको न्यायिक जिम्मेवारी बढी हुन्छ । यसमा हामीले कामलाई अगाडि बढाइसकेका छौं । यसलाई निरन्तरता दिँदै बनाएका कार्यविधिलाई कार्यान्वयनमा जोड दिनुपर्छ । नेपालगन्जमा ग्रिन सिटी, पर्यटकीय क्षेत्र व्यवस्थित बनाउने, होटल संचालन व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने कुरालाई अगाडि बढाउने, महिला कलेजलाई संचालन गर्ने, परियोजनाका कामहरुलाई अगाडि बढाउने, अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने र फोहोरहरु बर्गीकरण गरेर डम्पिङ साइटमा फाल्ने लगायतका कामहरु गर्न जरुरी छ ।

(४) निर्वाचित हुने ब्यक्तिले नेपालगन्जका लागि मुख्यरुपमा के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

आफू निर्वाचित हुनुभन्दा पहिलेका जनप्रतिनिधिले गरेका कामहरुको विश्लेषण गर्ने कुरालाई प्रमुख रुपमा ध्यान दिनुपर्छ । जनप्रतिनिधिले बाँकि छोडेका कामलाई पूरा गर्न लागिपर्नु पर्छ । विकासको मोडल अगाडि बढिसकेकोले यसलाई डिजिटलाइज गर्ने, आवधिक योजना बनेको छ, यसलाई कार्यान्वयन गर्ने, सहश्राब्दी विकास लक्ष्यका लागि स्थानीयकरण गर्ने काम भएको छ, यसलाई कार्यान्वयन गर्ने र जनताको आवश्यकता के छ भन्ने कुरालाई आधार मानेर काम गर्न आवयक छ । यसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार चिन्तनशील हुनुुहुन्छ । उहाँहरुले अवसर पाएमा यी र यस्ता कामहरु सहजै गर्न सक्नुहुुन्छ ।

(५) अन्त्यमा, नेपालगन्जका आम मतदातालाई के भन्नुहुन्छ ?

स्थानीय निर्वाचन फरक निर्वाचन हो । यसपटक पार्टी भन्दा माथि उठेर योग्य उम्मेदवारलाई बिजयी बनाउन आवश्यक छ । जनताका समस्या सहजै समाधान गर्न सक्ने ५ दलीय गठबन्धन बनेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट र उपप्रमुख पदका उम्मेदवार जसपाका कमरुद्दिन राईलाई बिजयी बनाउन आवश्यक छ । उहाँहरुसँग भएको मिसन र भिजन जनताका पक्षमा छ । यस्ता जुझारु र योग्य उम्मेदवारलाई म बिजयी बनाउन आग्रह गर्दछु । किनभने उहाँहरु जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा जनतासमक्ष उपस्थित हुन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »