निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

कामपा–४ मा विगतमा भएका वेतिथीको अन्त्य गर्छु : वडाअध्यक्षका उम्मेदवार न्यौपाने

काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो वडामा विगतमा भएका वेतिथीको अन्त्य गर्ने बताउनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीको तर्फबाट कामपा ४ को वडाअध्यक्षमा उम्मेदवारी दिनुभएका न्यौपानेले विगतमा भएका वेतिथी अन्त्य गर्दै अनुशासीत र भ्रष्टचार रहित वडा निर्माण गर्ने बताउनुभएको हो ।

“विगतमा निर्वाचित जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न विना टेन्डर ठेक्का दिँदै आएको परम्परालाई अन्त्य गर्दै उपभोक्ता समिति गठन गरेर वडाको विकास निर्माणका लाग्नेछु,”– उहाँले भन्नुभयो ।

अध्यक्षका उम्मेदवार न्यौपानेले जेष्ठ नागरिक विशेष भत्ता रु २० हजार पु¥याउने, व्यवसायीक व्यक्तिलाई कर छुटको व्यवस्था, युवाहरुलाई व्यवसायीक खेलकुद तालिम, ज्येष्ठ नागरिकलाई औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्थालगायतका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“वडाका जनप्रतिनिधीले कोरोनाको समयमा समेत आफ्नो परिवार र आफन्तलाई कोभिड खोप दिएर वडाबासीलाई वेवास्था गरेको अवस्था थियो, म वडामा विजयी भएमा परिवार र आफन्तभन्दापनि वडाबासीलाई प्राथमिकता दिएर काम गर्नेछु,”– न्यौपानेले भन्नुभयो ।

सोही वडामा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिनुभएको छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »