निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज वडा नं.१३ को विकासका लागि मुग बहादुर शाहको प्रतिवद्धता


नेपालगंज , नेकपा माओवादी केन्द्रको तर्फबाट नेपालगन्ज उप- महानगरपालिका वडा नं। १३ का उम्मेदवारहरु घरदैलोअभियान तिब्र रुपमा गर्दै आएका छन । नेकपा माओवादी केन्द्र बाट वडाअध्यक्ष पदमा मुग बहादुर शाह, वडा सदस्य पदमा प्रलाद लोहनीया, अनिल मिश्र, महिला सदस्य जानकी केवर र दलित महिला सदस्यमा मन्जु खटिक चुनावी प्रतिस्पर्धामा छन् ।

दैनिक चुनावी घरदैलो अभियान उम्मेदवारहरु स्थानीयको बाग्लो उपस्थितिमा जनता सँग भोट मागि रहेका छन । शाहले मतदातालाई मत हाल्न सिकाउँदै घरदैलो गरि रहेका छन । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।

वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुक देखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।

अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगन्जकै नमुना बनाउने इच्छा छ । सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले शाहलाई जिताउनु पर्ने बताउँछन् । स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ । सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार भएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य तथा वडा नं। १३ को ईन्चार्ज मोहन सोनकरले बताउनु भयो वडाले उहाँको विकल्प खोजेको बताउनु भयो ।

वडा नं. १३ का उम्मेदवारहरुका प्रतिवद्धताहरु

शिक्षामा गुणस्तर बृद्धी गनृ सामुदायिक तथा निजी बिद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुस्तरीय तालिमको व्यवस्था गरिनेछ ।
प्राराम्भिक बाल बिकासलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ ।
बालमैत्री शौचालयको व्यवस्था गरी हरेक बिद्यालयमा स्यानिटरी प्याड बैकिङ मेसिनको प्रवन्ध मिलाईनेछ ।
गरिव तथा जेहेनदार बिद्यार्थीहरुलाई स्कलरसीपमा पढाईनेछ ।

प्रत्यक बिद्यालयमा खेल मैदानको व्यवस्था गराई व्यवस्थापन समितिलाई प्रभावकारी र जवाफदेहीता मुखी बनाईनेछ ।
सार्वजनिक सौचालयहरु ठाउँ ठाउँमा निर्माण गरिनेछ ।

वडामा रहेका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम।बि।बि।एस डक्टरको दरवन्दी कायम गर्न पहल गरिनुका साथै इमर्जेन्सी सेवा उपलब्ध गराईनेछ ।
स्वास्थ्य चौकीमा प्रयोगशाला र एम्बुलेन्सको सुबिधा सेवा उपलब्ध गराईनेछ ।

अतिबिपन्न तथा गरिव परिवारको पहिचान गर्न तथ्याङक संकलन गरी तथा बिपन्नलाई सिपमुलक तालिमको प्रवन्ध गरी उतपादन साधन उपलब्ध गरी स्वरोजगारको अवसर प्रदान गरिनेछ ।
घसियार, चिडिमार, बादी, बाल्मीकी, तेली लगायत अन्य दलित समुदायको आर्थिक उत्थानको लागि बिशेष कार्यक्रम संचालन गरिनेछ ।
अति गरिव परिवारलाई जनताको आवास कार्यक्रम मार्फत आवास निर्माण गर्न सहयोग गरिन्छ ।
मन्दिर, मस्जित, गिरीजाघरको संरक्षण मर्मत पुर्ननिर्माण गरिनेछ ।

हिन्दुहरुका लाई शमशान भुमि र काजत्रिया भवन एंव मुस्लिम समुदायका लागि राम्रो कवरस्थान बनाईनेछ ।
वडामा बिवाह स्थल म्यारिज पार्टी हलको निर्माण गर्न पहल गरिनेछ ।
भुमिहिन अतिबिपन्न तथा गरिव परिवारलाई लालपुर्जा वितरण गर्न व्यवस्था मिलाईनेछ ।
कृषकहरुलाई उन्नत बिउ सिचाईको व्यवस्था र मलको प्रवन्ध गरिनेछ ।

पशुपालनलाई आधुनिकीकरण गरिनेछ ।
बिद्युत बिस्तार गाउँगाउँमा गरिनेछ ।
चोक चोकमा हाईमार्ट लाईट जडान गरिनेछ ।
वडामा रहेका प्रत्येक कच्ची बाटोलाई ढल निकास सहित पिच बनाईनेछ ।
ई(रिक्सालाई व्यवस्थित गरी बिद्युतिय सवारीसाधनका लाई चार्जिङ स्टेशन बनाईनेछ ।
सडक सरसफाई प्रत्येक दिन गर्ने प्रवन्ध गरिनेछ ।

कुलतमा फसेका युवाहरुलाई प्रत्यक महिना मोटिभेसन कक्षा संचालन गरिनेछ ।
जुवा तास घरेलु हिंसा व्यस्या ब्रीती रोक्न प्रशासनसँग सहकार्य गरिनेछ ।
सरकारी बजेटलाई पारदर्शी रुपमा खर्च गरिनेछ ।
वडामा आर्थिक बृद्धिको लाई मिनी पार्क निर्माण गरिनेछ ।
वडा भित्र आवश्यक खेल मैदान निर्माण गरिनेछ ।
रंगशालाई अन्तराष्टिय स्तरको बनाउनका लागि पहल गरिनुका साथै ईन्टी शुल्क निस्शुल्क गराउन समेत पहल गरिनेछ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »