निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

कमरुद्दिन राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

नेपलगन्ज , नेपाली काँग्रेस र जसपाबाट नेपलगन्ज उपमहानगरपालिकाको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदाताहरुलाई आव्हान गरेका छन् ।

मौन अवधि सुरु हुनु अगावै उहाँले स्थानीय तहको जनप्रतिनिधि चुन्ने यो अवसरमा आफुलाई सहभागी गराउन आव्हान गरेका छन् । उनले हाम्रो भन्दा राम्रो उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

उपप्रमुख पदका उम्मेदवार राईप्रति नगरबासीको साथ र सहयोग बढ्दै गएको छ । प्रतिस्पर्धी उपप्रमुखहरु मध्ये उनी सबै भन्दा बलिया देखिएका छन् ।

अघिल्लो निर्वाचनमा नेपालगन्जको प्रमुख पदमा चुनाव लडेका राईले ५ हजार बढी मत ल्याएका थिए । यो पटक काँग्रेसले पनि साथ दिएपछि राईको चुनावी पल्ला भारी देखिएको छ ।

प्रतिस्पर्धीमध्ये उनी मतदातामाझ पुगिरहने एकमात्रै उम्मेदवार हुन् । उनी मौन अवधि सुरु हुनु अघि पनि चुनावी घरदैलोमा व्यस्त छन् ।

आज पनि विहानैदेखि उनी विभिन्न वडामा पुगेर मतदाताहरुसँग भेटघाट गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »