निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

एमालेको दसौँ महाधिवेशन नारायणी नदी किनारामा

– सुदर्शन प्रधान

गएको मंसिर १० गते नेकपा (एमाले) को दसौँ अधिवेशको उद्घाटन नारायणी नदी किनारामा भयो । देशभरिबाट ५ लाख जनतालाई उतारेको र राजमार्ग समेतमा चक्का जाम भएको, लाखौँ जनता नारायणगढ आउन नपाएको प्रचार पनि गरियो । खुल्ला सत्र नारायणगढस्थित नदी किनारामा र बन्द सत्र ४,५ दिन पर्यटन केन्द्र सौराहमा भएको थियो । एक अनुमानमा यो अधिवेशनमा न्यूनतम ५० करोडभन्दा वेशी खर्च भएको देखिन्छ । जुन आर्थिक स्रोत खड्गप्रसाद ओलीले भ्रष्टाचार गरी आर्जन गरेका हुन् भन्ने तथ्यहरु दह्रा छन् । जस्तै– यति गु्रप, ओम्नी गु्रप, बतास गु्रपहरुलाई राज्यका अमूल्य जग्गा–जमिनहरु कौडीका मूल्यमा उपलब्ध गराउनुको मूल कारण नै अनियमितताका ठोस प्रमाणहरु हुन् । अझ अरु भ्रष्टाचारका प्रमाणहरु थ्रुपै हुनुपर्छ, जुन कारणले ओलीलाई तिनले अनेकौँ रुपले सहयोग गरे र गरिरहने छन् ।
यहाँ मूल कुरा त नारायणगढको नदी किनारको सफा र स्वच्छ चौरमा खड्ग ओली र उनको समूहले टेकेर जुन कार्यव्रmम गरे त्यो रमणीय वातावरण स्थलको निर्माण कसले, कहिले र कसरी भयो ? यसको चर्चा किन गर्न खोजियो त भन्दा उनको राजनैतिक सर्वोच्च पदको पृष्ठभूमि निर्माण गरिदिने पनि को हुन् ? तर तिनको लक्ष्य र उद्देश्य के देखिन्छन् ? भन्ने विषयमा पनि स्पष्ट पार्नको लागि यो कटुसत्यताका कुराहरु खरो रुपले राख्न परेको हो ।
वि.सं. २०६४ चैत्र ११ गते पंक्तिकारको पिता प्रेमकुमार प्रधानको निधानपश्चात् दसौँ दिनमा दाजुभाइहरु ब्राह्मणलाई दान दिने र दिवंगत पिताज्यूलाई कथित स्वर्ग तार्न नजिकको चौतारामा गुठियारी दाजुभाइहरुको भेला भयो । म चाहिँ स्वर्ग र नर्कमा, पूर्वजन्म र पुनर्जन्ममा विश्वास नगर्ने मात्र हैन त्यस्तो कुरालाई घृणा र उपेक्षा गर्ने कठोर भौतिकवादी परेँ । अनि प्रकृतिलाई श्रद्धा र स्नेह गर्ने सिपाही । मैल आफ्नी श्रीमती लक्ष्मी र छोरीहरु रोजा र जुन्कोलाई साथमा लगी नारायणी नदी किनारको प्लास्टिक, जुत्ता, कपडा, छाता, बोत्तलहरु जम्मा गर्नेतर्पm लाग्यौँ । केवल दुई घण्टामा झन्डै पाँच क्विन्टल फोहोरहरु जम्मा भए । नगरपालिकाको ट्रयाक्टरले फोहोर उठाएर लगे । पत्रकार साथीहरुले विविध प्रश्नहरु गरे । बस्, हामी नदीमा नुवाई–धुवाई गरेर दुई कार्टुन स्याउ र दुई कार्टुन अङ्गुर लिएर देवघाटका दुई वृद्धाश्रमका वृद्धहरुलाई वितरण ग¥यौँ र आत्मसन्तुष्टि लियौँ ।

त्यसपछि के भयो ?
नारायणगढ दियालो पथमा बस्ने, नेपाल सरकारको निवृत्त मत्स्य विज्ञ, नातामा हाम्रो काका पर्ने शुव्रm प्रधानको दिल–दिमागमा व्रmान्ति भयो । हाम्रा स–साना नानीहरुले समेत नदी किनारका फोहर वस्तुहरु कलिला हातहरुले उठाएको दृश्यहरु उहाँको हृदयमा यसरी गढ्यो कि उहाँ खजना लिएर मैदानमा आउनु भयो । बन्दुक र बमहरु बोकेर युद्ध मैदानमा होमिने सिपाहीभैmँ नदी किनारमा पहरा बस्नुभयो । पूरा दुई वर्ष कहिले स्कुलका विद्यार्थीहरु त कहिले सडक बालबालिकाहरुलाई विस्तृत र चकलेट बाँडेर त कहिले टोल–टोलका महिला–पुरुषहरुलाई, व्यापारी उद्यमीहरुलाई विदा हुने सोमबार पारेर, कहिले नदी किनारमा भव्य भजन र अफिस निर्माण गरेका संघ–संस्था, क्लबहरुका सदस्यहरुलाई परिचालन गरेर उहाँले नदी किनारको झण्डै १ कि.मि. चौर सफा तुल्याउनु भयो । उहाँको सो अभियान देखेर भरतपुर नगरपालिकाको तत्कालीन वडा नं. १ र ्३ का वडा समितिहरुमा समेत घैँटामा घाम लाग्यो र निरन्तरता पायो । त्यसपछि सो नदी किनारमा महादेवको मूर्ति, गौतम बुद्धका मूर्तिहरु पनि ठडियो । सफा नदी किनारको चौरमा बिहान, बेलुका घुमफिर गर्नेहरुका घुईंचो देखिन्छ र थुप्रै स–साना चिया र खाजा दोकानहरु । यही स्वच्छ र सफा नदी किनारलाई खड्ग ओलीले आफ्नो दसौँ अधिवेशनको मूल थलो बनाए । देश र जनताको उज्वल भविष्य निर्माण गर्न उनको पार्टी नेकपा (एमाले) सव्रिmय र सचेत छ भनेर उनले घोषणा गरे । अत्यधुनिक प्रविधि प्रयोग गरेर उनका शब्द र सशरीरको चित्र बिसौँ–तिसौँ चोक–चौताराहरुमा जडान गरेर प्रदर्शनहरु गरियो, दुनियालाई रणभुलमा पारियो ।
यही २०७८ भनौँ गएको मंसिर महिनाको २० गते र पौष महिनाको १५ गतेतिर यो पंक्तिकार नारायणगढमा थियो र नदी किनारमा दोहो¥याई–तेह¥याई शिर–पुछार पुग्यो । पुलदेखि झण्डै दुई सय मिटरभन्दा बेसी जमिन वरपर प्लास्टिक, कपडा, छाता, जुत्ता र अरु फोहरहरु छरिएका छन् । ती सबै सफा गर्न शुव्रm प्रधान फेरि सबैलाई जगाउन हिँड्नु प¥यो ? वा दिवंगत चिजकुमार श्रेष्ठ ब्युँतिएर आउनु प¥यो ? वा बन्दीपुरमा बस्ने सुदर्शन प्रधान आफ्ना परिवार र छोरीहरु लिएर पुनः जानु प¥यो ? यो प्रश्न मूलतः खड्गप्रसाद ओलीलाई हो जसले नारायणी नदी किनारको सफा र स्वच्छ चौरमा उभिएर देश विकासको भाषण गरे । ओलीजी चितवनको उक्त ठाउँ सफा गर्न तपाईंं स्वयं जानु पर्दैन, त्यहाँ त तपाईंका हजारौँ कार्यकर्ताहरु छन्, तिनलाई निर्देशन दिए मात्र पनि पुग्छ । ७७ जिल्लाका लाखौँ कार्यकर्ता र आफ्ना समर्थकहरु भएको तपाईंहरुको दाबी छ, अब देशभरिका सहर–बजारका ती प्रदुषित वस्तुहरु संकलन र पुनः प्रयोग गर्न, खोला–नदी किनार र पक्की–कच्च सडकहरुको दायाँ–बायाँ व्यापक वृक्षारोपण गर्न निर्देशन दिने गरे कति स्वच्छ वातावरणको निर्माण र देशको विकास र उन्नति हुने थियो ? यो कुरा ठोकुवा गरेर भन्न सकिन्छ कि खड्ग ओलीले न त त्यस्तो निर्देशन दिनेछनु् न त उको निर्देशन उनका कुनै कार्यकर्ताहरुले पालना गर्नेछन्ु । ती त अरुले बनाइदिएको जगमा उभिएर मात्र आकाश–पातालका कुराहरु गर्न पोख्त छन् । अनि धनको पोको कहाँ छ र कसरी आउँछन् ? तिनका दृष्टि त्यहाँ पो छ त ! कुनै पनि कुराहरु गर्नको लागि सम्बन्धित विषयबारे सैद्धान्तिकरण हुनुपर्छ र व्यवहारत मैदानमा उत्रन पर्छ । जुन विषयमा निरन्तर अनुगमन र अन्तरव्रिmया पनि भइरहनु पर्छ । अनि सैद्धान्तिक र व्यवहारिक रुपले परिष्कृत भइरहनु पर्छ ।
स्मरण रहोस्, २०४४ सालमा खड्ग ओली जेलबाट छुटेपछि सर्वप्रथम उनले हाम्रो नारायणगढको संगठन फोडेका थिए । त्यो कसरी भने यहाँका वामपन्थी पाका नेता शैलेन्द्र पियाकै सल्लाह–सुझाव मानेर अघि सर्वहारावादी कम्युनिस्ट लिग र पछि सर्वहारावादी श्रमिक संगठनमा लागेको थिएँ । डिल्ली घिमिरे पनि मेरा साथी हुन् । २०४४ सालको अन्ततिर अब पार्टी सदस्यता लिनुप¥यो भन्दा उनीहरुले मानेनन् । उनीहरु त माले बनिसकेका रहेछन् खड्ग ओलीसँग भेटेर । क्या माहिर खड्ग ओली !
आज खड्ग ओली नेतृत्वको नेकपा (एमाले) को पछि चितवनका काशीनाथ पौडेल, तनहुँका टुकप्रसाद सिग्देल केन्द्रीय स्तरका नेता छन् । लमजुङ भुलभुलेका नेता अर्जुन गुरुङ र तनहुँ साँघेका शिवदत्त पण्डित स्थानीय नेताहरु पनि एमालेका पछि छन् । यी व्यक्तित्वहरु असल स्वभावका लाग्छन् । देशभरि यस्ता असल प्रवृत्तिका मान्छेहरु थुप्रै खड्ग ओलीलाई महान् नेता मानेर लागेको अनुमान गर्न सकिन्छ । वास्तवमा हरेक व्यक्तिले नेतृत्वलाई कुनै मोलाहिजा नमानी उनको प्रवृत्ति, पार्टीको नीति–नियम र पद्धति, अनुशासन, आर्थिक भ्रष्टाचारहरुमा शुद्धता छ वा खोट छ ? स्वतन्त्र र निष्पक्ष रुपले छानबिन गरेर निर्णय गर्न पर्छ । क्षणिक र निहित स्वार्थ अन्धा, भ्रष्ट र पतितहरुले मात्र त्यस्तो मार्ग रोज्छ । असल व्यक्तित्वहरुले सफा र शुद्ध ठाउँमा मात्र लगानी गर्नुुपर्छ । खड्ग ओलीभैmँ गृहयुद्ध भड्काउने र कांग्रेसीहरुलाई सत्तामा उक्लन भ¥याङ बनाउने गर्दैनन् । जब पार्टीका बहुमतले खड्ग ओलीको क्षमता र नियतमा शंका गर्दै पदबाट राजिनामा माग्यो त्यसबेला उनले भन्नु पथ्र्यो कि ‘म रोगी र बिरामी पनि छु । साथीहरुले मैले भन्दा राम्ररी सत्ता चलाउनुस् …जनतालाई सुखी र सम्मृद्धि तुल्याउनुस् …’ भनेर पद छोडेको भए कति महान् संस्कार र परम्परा बस्थ्यो ? उनी त आपूmलाई पद छैन भने मुलुक नै भड्खालोमा परे पनि परोस् भनेर संसद नै विघटन गर्न पुग्यो । यो कदम भनेको गृहयुद्धको कदम हो, संविधानलाई कुल्चेर । संविधान बचाउन वामपन्थी पार्टीहरु नेपाली कांग्रेससँग मिल्नु प¥यो र तिनकै नेतृत्वलाई समेत स्वीकार्न बाध्य भयो । पार्टी र देशलाई विग्रहमा धकेल्ने मूल पात्र खड्ग ओली हुन् । आज एमसीसीमार्पmत पुनः उनी त्यो पथमा लागिरहेछन् ।
अब आउनुहोस्, खड्ग ओलीलाई अघि एमाले अध्यक्ष र पछि ओलीलाई नेकपा अध्यक्ष र नेपाल सरकारको पनि प्रधानमन्त्री बन्ने पृष्ठभूमि कसले र कहिले निर्माण गरिदियो ? २०२८ सालमा छिमेकी भारतको नक्सालवादी आन्दोलनको प्रभावले झापाका युवाहरु पनि आफ्नो भूमिका सामन्त, जमिन्दारहरु विरुद्ध आन्दोलनमा लागे । धर्मनाथ ढकाललगायत केही व्यक्तिहरु मारिए यता आन्दोलनकारी कृष्ण कुईंकेललगायत केही लडाकुहरु समातिए र सुखानीको जंगलमा लगी प्रहरीहरुले हत्या गरे । सीपी मैनालीहरु काठमाडौँ नख्खु जेलमा सारिए । चतुर खड्ग ओली चाहिँ भारततर्पm भागे । सन् १९७३ मा नेपालको चन्द्रनिगापुरमा खड्गप्रसाद ओली प्रहरीहरुबाट समातिए भनेर राधाकृष्ण मैनाली भन्छन्, ‘ठुलो झोला बोकेर बजारमा हिँडिरहेको बेला प्रहरीहरुले अस्वाभाविक देखेर खानतलासी लिँदा कम्युनिस्ट क्रान्तिका किताबहरु पनि देखेपछि उनी समातिए ।
जेलमा पनि उनी अस्वाभाविक व्यवहारहरु गर्थे । उचित सिधा र पुस्तक, पत्रिकाहरु पढ्न पाउनु पर्छ भन्ने सवालमा राजनैतिक बन्दीहरु जेलभित्र आन्दोलन गर्दा तिनलाई दमनचव्रm गर्न जेल प्रशासन र प्रहरीहरु लागी पर्थे, बन्दीहरुले यातना पाउँथे । त्यस्तो बेला खड्ग ओलीचाहिँ रामायण र महाभारतका किताबहरु पढेर संस्कृतका श्लोकहरु हालेर प्रहरी प्रशासनको नजरमा हाई हाई कमाउँथे भनी ओलीकै नेता मोहनचन्द्र अधिकारी बताउँछन् । तर पछि बन्दीहरुका रगतको फलस्वरुप सुविधाहरु चाहिँ उनले राम्रै गरी उपभोग गर्थे ।
सन् १९७४ मा नख्खु जेल तोडेर सीपी मैनाली, प्रदीप नेपालहरु जनताको बिचमा गए र १९७८ मा सीपी, झलनाथ, माधवकुमार नेपाल, मदन भण्डारी, मोदनाथ प्रश्रितहरुले नेकपा (माले) गठन गर्न पुगे । रत्नकुमार बान्तवा, वामदेव, केशवलाल श्रेष्ठ, गोपाल शाक्य, सुशीला श्रेष्ठलगायत सयौँ पूर्णकालीन र अर्धकालीन कार्यकर्ताहरु पञ्चायती कालरात्रीमा टाउकोमा कात्रो बाँधेर पार्टी संगठनको निर्माण र विकासमा लागेर नेकपा (माले) लाई विस्तार गरे । सन् १९७९ को विद्यार्थी आन्दोलन पश्चात् यो पार्टी राष्ट्रव्यापी बन्यो ।
सन् १९८७ मा पञ्चायती कालरात्रीमा खड्ग ओली जेलबाट छुटे । त्यसबेला पार्टीले उनलाई आराम, अध्ययन र निगरानीमा राख्नु पर्नेमा तुरुन्तै पार्टी संगठनको जिम्मेवारी दिइयो । शान्तिपूर्ण प्रतिस्पर्धाबाट सत्तामा जाने तत्कालीन नेकपा (माले) काृे पार्टी लाइन हुनाले उनलाई पार्टीले उपयोग गर्ने नीति लियो । उनको जेल जीवनलाई पार्टीले आफ्नो प्रतिष्ठा र इज्जत, गौरव ठान्यो । जबकि उनी जेलमा गैरव्रmान्तिकारी प्रव्ृत्ति प्रदर्शन गर्दै निष्कृटरुपले जिइरहेको थियो । व्रmान्तिकारी योद्धाहरु वर्ग दुश्मनको जेलभित्र कसरी जिउँछन् भन्ने कुरा झापा आन्दोलनका योद्धा मोहनचन्द्र अधिकारी, सुकुम्बासी जनताको नेतृत्व गर्ने र सुरुङ युद्धको तयारी ग¥यो भन्ने आरोपमा दुई वर्ष जेल बसेका चितवनका शैलेन्द्र पिया, पूर्तिघाट बैंक संघर्षका योद्धा फणेन्द्र आचार्य र प्लेन अपहरण संघर्षका योद्धा दुर्गा सुवेदीहरुसँग भेट्न पर्छ । तिनका आत्मवृत्तान्त सुन्नुपर्छ, पढ्नु पर्छ ।
सन् १९८९÷९० को जनआन्दोलनबाट बहुदलको आगमनपछि भोटको लागि पार्टी सदस्य र संगठन विस्तार गर्न र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्न समाजका भ्रष्ट, जाली फटाहा, तस्कर, चोर, हत्यारा लुटेराहरु समेतले प्रवेश पायो । मल्लिक आयोगले दोषी किटान गरेका अपराधीहरू कसैलाई पनि सजाय नदिई पार्टीमा हुल्नु त्यसका ज्वलन्त प्रमाण हुन् । यस्तो उर्वर समयमा चतुर, धूर्त र मान्छेहरुलाई प्रभावमा पार्न पोख्त खड्गप्रसाद ओलीले पार्टी केन्द्रमा पनि प्रभावशाली उपस्थिति जनाए । सन् १९९४ को मध्यावधि निर्वाचनमा संसदको ठूलो दलको हैसियतले सरकार बन्दा उनले गृहमन्त्री पड्काए ।
सन् १९९३ मा पार्टी महासचिव मदन भण्डारीको रहस्यमय जिप दुर्घटनापछि मदन भण्डारी फाउन्डेसनको नामबाट खड्ग ओलीले देशभरिका पार्टी नेता र कार्यकर्ताहरुलाई प्रभाव र पकडमा राख्ने हैसियत बनायो ।
एमालेको नवौँ महाधिवेशनमा पार्टी लाइन झलनाथ खनालको पास भयो तर पार्टी नेतृत्वचाहिँ खड्ग ओली चुनिए । बहुसंख्यक एमाले नेता र कार्यकर्ताको यो व्यवहार असैद्धान्तिक, गैर राजनैतिक र गैर जिम्मेवार प्रवृत्ति हो । नेता र नीतिको सम्बन्ध र त्यसको महत्वलाई कुठाराघात गर्नाको परिणाम नै खड्ग ओलीको ताण्डव नृत्य हो ।
खड्ग ओलीको लक्ष्य र उद्देश्य नेपाली परिश्रमी वर्ग मजदुर र किसानहरु, महिला र आदिवासीहरु, दलित जाति र विकट ठाउँमा कठोर जीवन गुजारिरहेका जनताको सुख, समृद्धि तुल्याउनु पर्छ भनेर दृढ भएको भए दुई तिहाइको सरकारको नेतृृत्व गर्दा सेना, प्रहरी र कर्मचारीहरुलाई जनपक्षीय, देशभक्त तुल्याउने नीति अपनाउँदै थुप्रै महत्वपूर्ण कामहरु गर्न सक्थे । यसको लागि उनमा सर्वप्रथम पार्टीभित्र इमान्दारिता, लचकता र दुरदर्शिताको खाँचो थियो । तर तिनमा यी कुनै पनि विशेषता रहेनछन् जुन कारणले उनी त यति गु्रप, ओम्नी गु्रप, बतास गु्रपहरुलाई पोस्न पो अभ्यस्त भए त । अझ उनी र उनीपछिका ईश्वर पोखरेल, सूर्य थापा, प्रदीप ज्ञवाली, खगराज अधिकारी, सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेलहरु भन्थे, “हामीलाई देश विकासको कामै गर्न दिएन, घेराबन्दी गरे, संसद विघन गर्न बाध्य बनाए, नयाँ जनादेश लिन निर्वाचनको घोषण गर्न परेको हो …।’
खड्गप्रसाद ओलीहरुले पूर्व नेकपा माओवादी केन्द्रका नेताहरु बादल, लेखराज, प्रभु साह, टोपबहादुरहरुलाई प्रभावमा पारेपछि ‘जनयुद्धकालका माओवादी जनमुक्ति सेनाहरुका आर्थिक, भौतिक व्यवस्थापन राम्ररी गर्ने …’ भनेर पनि बोले । दुई हिताइ बहुमतको सरकार हुँदा खड्ग ओलीहरुका आँखाले ती योद्धा र घाइते अपाङ्गहरुका समस्याहरु किन देखेनन् ? किन बुझेनन् ? स्मरण होस्, माओवादी नेतृत्वमा जनयुद्ध सुरु भएपछि त्यसलाई आतंकवादी, लुटेरा, हत्यारा भनेर कहिल्यै नथाक्ने खड्गप्रसाद ओली नै हुन् । संविधानसभाको निर्वाचन विरुद्ध सन् २००३ ताका एमाले पार्टीलाई उराल्ने, सन् २००५ तिर गणतन्त्रको विरुद्ध माहौल बनाउन दुष्प्रयास गर्ने यिनै खड्गप्रसाद ओली हुन् । जसका विगत र वर्तमानका सबै हर्कतहरुलाई आँखा चिम्लेर पछि लाग्ने माओवादीहरु कोही छन् भने ती पनि अन्ततः खड्ग आलीकै अवतार हुन् । जसको पतन धु्रवसत्य छ ।
लाखौँलाख व्रmान्तिकारी योद्धाहरुका असीमित श्रम, सीप र शक्तिमा टेकेर र दसौँ लाख परिवर्तन कामी कम्युनिस्ट समर्थक जनताको रगत, पसिना र आँसुको मूल्यबाट खड्गप्रसाद ओली, पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि बनेको हो । तर उनको व्रिmयाकलापहरु देशी–विदेशी नेपाली जनताका दुश्मनहरुको सेवा र संरक्षण गर्न लागिप¥यो ।
अन्तमा गोपाल शाक्य पनि खड्ग ओलीको पक्ष लागेर उनको पार्टीको थुप्रै कार्यव्रmमहरु तलितपुरको तुलसीलाल स्मृति भवनमा हुँदै आएको सुनिन्छ, पढिन्छ । यो तिनै शाक्य हुन् जसले सन् १९७३ मा नख्खु जेल तोड्दा सीपीहरुसँगै फरार भई भूमिगत कार्यकर्ता बनी नेपालको हिमाल, पहाड र तराईमा चेतनाको सञ्चार गरे । जो सन् १९८४ मा पंक्तिकारको कमाण्डमा पूर्तिघाट बैंक संघर्ष हुँदा त्यहाँको पहाड–पर्वतमा सशस्त्र प्रहरीको गस्ती हुँदा पनि उनी अविचलित नेपाली जनताको मुक्ति र स्वाधीनताको संग्राममा सव्रिmय थिए । यस्ता योद्धा खड्ग ओली उनको झुण्डको पछि के स्वार्थ र लोभले लाग्या हुन् ? बाह्र वर्षपछि खोलो फर्कन्छ भन्थे, त्यही नै हो त ?
पुछारमा, खड्ग ओली डब्बल नेकपाको अध्यक्ष र प्रधानमन्त्री बन्नमा अनि विद्या भण्डारी दुई पटक राष्ट्रपति चुनिनुमा म र मेरो परिवारको पनि ४०–४५ वर्षको रगत, पसिना र आँसु रहेछ । जुन मूल्य नेपाल र नेपाली जनताको मुक्ति र स्वाधीनताको लागि समर्पण गरिएको हो । तर आधुनिक जाली फटाहाको प्रतिनिधि कम्युनिस्टको खास्टो ओढेको खड्ग ओलीले सम्पूर्ण परिवर्तनकामी लाखौँ जनताका महान् अभिलाषा र हाम्रा सपनाहरु धुलिसात तुल्याए । तिनलाई चौतर्फी हतोत्साहित र पतन तुल्याउनु हामी सबैको साझा कर्तव्य र दायित्व हुन आएको छ र नयाँ शिराबाट क्रान्तिको राँको बाल्न पनि उत्तिकै खाँचो छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »