निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिका वडा नं ५ मा खसेको मत भन्दा मतपत्र बढी भेटिए पछि ………………

कभ्रेपलान्चोक। स्थानियतहको निर्वाचन २०७९ सम्पन्न भई परिणामहरु धमाधम आउनेक्रम जारी रहेको छ ।
कभ्रेपलान्चोक तेलगाउँपालिकाको वडा नं. ५ मा निर्वाचन अधिकृतको सुचिमा रहेको भन्दा मतपत्र बढी भेटिएको भन्दै मतगणना स्थगित भएको छ ।
वडा नं. ५ को बुथ क मा १२१७ र बुथ ख मा १२६५ गरी २४८२ मत हुनुपर्नेमा १२९० वटा मतपत्र भेटिएको मतदान गणना स्थलमा रहेका एक नेताले बताउनु भयो ।
अहिले अरु वडाको मतगणना जारी राख्दै ५ नं. वडाको लागि सर्बदलिय बैठक बसि सहमति जुटाउने प्रयास भईरहेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का प्रभावशालि नेता ईन्द्र तामाङ, उपाध्यक्षमा साम्देन लामा र गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका नेता चन्द्र लामा, उपाध्यक्षमा डि एम थोकर बिच कडा प्रतिश्पर्धा रहेको यो पालिकामा वडा नं. १ बाट नेकपा एमाले का ईन्द्र अधिकारी ५३१ मत , वडा नं. २ बाट माओवादीका देवराज तामाङ ५७७ मत र ३ बाट नेपाली काँग्रेसका बिष्णु तामाङ ३१७ मत ल्याएर बिजयी हुनु भएको छ ।
तेमाल गाउँपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारीमा विमला रेग्मी र सहायकमा केदार ढकाल रहनुभएको छ ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »