निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा स्थगित भएको मतगणना पुन सुचारु : ४ नं. वडामा एमालेका पेम्बा तामाङ बिजयी

काभ्रेपलान्चोक । स्थानियतहको निर्वाचन २०७९ सम्पन्न भई परिणामहरु धमाधम आउनेक्रम जारी रहेको छ ।
काभ्रेपलान्चोक तेलगाउँपालिकाको वडा नं. ५ मा निर्वाचन अधिकृतको सुचिमा रहेको भन्दा मतपत्र बढी भेटिएको भन्दै स्थगित भएको मतगणना पुन सचारु भएको छ ।
वडा नं. ५ को बुथ क मा १२१७ र बुथ ख मा १२६५ गरी २४८२ मत हुनुपर्नेमा १२९० वटा मतपत्र भेटिएको थियो ।
अहिले अरु वडाको मतगणना जारी राख्दै ५ नं। वडाको लागि सर्बदलिय बैठक बसि सहमति जुटाउने प्रयास सफल भएको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमाले का प्रभावशालि नेता ईन्द्र तामाङ, उपाध्यक्षमा साम्देन लामा र गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका नेता चन्द्र लामा, उपाध्यक्षमा डि एम थोकर बिच कडा प्रतिश्पर्धा रहेको यो पालिकामा वडा नं. १ बाट नेकपा एमाले का ईन्द्र अधिकारी ५३१ मत , वडा नं. २ बाट माओवादीका देवराज तामाङ ५७७ मत र ३ बाट नेपाली काँग्रेसका बिष्णु तामाङ ३१७ मत ल्याएर बिजयी हुनु भएको छ भने वडा नं. ४ बाट नेकपा एमाले का पेम्बा तामाङ ४८२ मत ल्याएर बिजयी हुनुभयो ।
अहिले समाचार तयार पार्दासम्म वडा नं ५ र ६ को मतगणना भईरहेको समाचार सुत्र ले बताएको छ ।
तेमाल गाउँपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारीमा विमला रेग्मी र सहायकमा केदार ढकाल रहनुभएको छ ।

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »