निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

बलात्कार, हिंसा र व्यवस्था

– सुदर्शन प्रधान
एक क्याम्पस प्रमुखले पंक्तिकारसँग एक दिन भने, ‘मलाई दुईटा कुरा ज्यादै घृणा लाग्छ, प्रथम– भ्रष्टाचार, द्वितीय– अध्ययन गर्न आउने छात्रा विद्यार्थीप्रति कुदृष्टि राख्ने प्रवृत्ति । उहाँले भन्दै जानुभयो, ‘स्कुल, क्याम्पस भनेको पवित्र शिक्षा ज्ञान हासिल गर्ने केन्द्र हो, त्यस्तो स्थलमा क्रियाशील कुनै पनि कर्मचारी, शिक्षक, लेक्चरर, प्रोफेसरहरूले अनियमितता र भ्रष्टाचार गर्छन् भने त्यो निन्दित र घृणित हुन्छ । अनि छात्राहरूलाई अभद्र व्यवहार हुनछ भने त्यस्ता शिक्षक र प्रोफेसरहरूलाई पनि गलहत्याउनु पर्छ, आफ्नो स्कुल कलेजको प्रतिष्ठा बचाउन र अरु नयाँ आउने शिक्षक, लेक्चरर र प्रोफेसरहरूलाई पनि पाठ सिकाउन … ।
पर्यावरण संरक्षणसम्बन्धी स्कुल, कलेजहरूमा विद्यार्थीहरूलाई जनचेतना जगाउनु मेरो वर्षैं अघिदेखिको अभियान हो । यसै सिलसिलामा भित्री मधेसको एउटा हाइस्कुलमा ११ कक्षाको विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनबारे क्लास लिएर अर्को कक्षामा पस्ता त्यहाँ भित्तामा ‘…गधा, … कुक्कुर…’ शब्दहरू लेखिएको देखेँ । एक शिक्षकको नाम अगाडि थियो । जुन शब्दले ४५ मिनेटको कक्षा सक्न मलाई ४,५ घण्टाभैmँ लाग्यो, शिक्षक हाम्रो अभियानमा साथ दिने मेरो परिचित हो । पछि एक विद्यार्थीसँग त्यसबारे सोधखोज गर्दा उसले भन्यो, ‘त्यो शिक्षक छाडा छ सर ! केटीहरूको काँधमा त कहिले कता कता पनि हात पु¥याउनको मैले पनि देखेको हो, … त्यसैको परिणाम हो …” विद्यार्थीलाई मैले भने, ‘बाबु ! त्यो शब्द मेटाउने काम तिमी गर्नु, सरलाई सुधार्ने काम म गर्छु’ हाम्रो बिचमा सम्झौता भयो र दुवैले कार्यान्वयन ग¥यौँ । परिणाम गजबको भयो । शिक्षकले त्यस्तो हर्कतहरू गरेनन् र निन्दित बनेनन् भने विद्यार्थी छात्राहरू पनि प्रताडित भएनन् । शिक्षकले आफ्नो पेसालाई जारी राखेकै छ र केटाकेटी, परिवार राम्रै गरी पालिराखेको छ ।
तिन दिन अघि काठमाडौँ चाबेलस्थित एक शिक्षकले आफ्ना छात्रा विद्यार्थीसँग गरेको निच र निकृष्ट कुराहरू विरुद्ध जुलस निकाल्दै प्रहरीलाई उजृुरी दिएको र गौशाला प्रहरी प्रभागबाट सम्बन्धित शिक्षक गिरफ्तार भई कस्टडीमा रहेको घटनाले मलाई केही कुरा भन्न र लेख्न बाध्य तुल्यायो त्यो के भने नेपालमा सरकारी स्कुलका शिक्षकहरूका संगठनहरू छन् र निजी स्कुल कलेजका संगठनहरू पनि छन् । जस्तै– नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, प्याब्सन, एन प्याब्सन इत्यादि । माथि शिक्षकहरू र क्याम्पसका लेक्चरर र प्राध्यापकहरूका संगठनहरूले आफ्ना सदस्यहरूलाई हक, हित र अधिकारका कुराहरूबाहेक नैतिकता, इमान्दारिता, सद्चरित्रता सेवा र स्वाभिमानबारे पनि प्रशिक्षकणहरू दिइरहनु पर्छ । पर्टमूर्ख अशिक्षितहरू मात्र हैन । शिक्षित र उच्च शिक्षा हासिल गरेका अझ क्याम्पसको प्रोफेसर भई निवृत्त भएका मान्छेहरू पनि मैले भोगेको छु, झेलेको छु । त्यसबारे यहाँ म जान चाहन्न, अर्को लेखमा वर्णन गर्नेछु । सयौँ र हजारौँ विद्यार्थीहरूलाई ज्ञानगुणका कुरा सिकाउने शिक्षकहरू साँच्चिनै सद्गुणहरूले भरिपूर्ण हुनु पर्छ । तिनलाई त्यो पथमा दोहो¥याउने मूल जिम्मेवार निकाय भनेको उनीहरूको संगठन हो, स्कुल कलेजको व्यवस्थापन समिति हो, स्कुलको हकमा प्रधानाध्यापक र क्याम्पसको हकमा क्याम्पस प्रमुख तथा डिनहरूको पनि हो ।
खाली तलब, भत्ताको बढोत्तरी र भौतिक सुविधाहरूको मागमा ध्यान दिने तर सुन्दर, शान्त, सुरक्षा तर समृद्धि समाजबारे अन्य आवश्यक कुराहरूको बेवास्ता गर्ने प्रवृत्तिले हरेक मान्छेलाई अधोगतितर्पm दोहो¥याउँछ । चाहे ती शिक्षक हुनु या उद्यमी, व्यापारी, कर्मचारी हुन् या राजनीतिकर्मी, चाहे लेखक पत्रकार हुन् या गायककार संगीतकार ।
चाबेलको सेन्ट लरेन्स स्कुल शिक्षकले आफ्ना छात्रालाई ‘बेड पार्टनर’ बन्न जुन प्रस्ताव ग¥यो, उसलाई हदैसम्मको सजाय हुनुपर्छ । जबकि देशभरि त्यस्ता प्रवृत्ति बोकेका सबलाई पाठ हुन सकोस् ।
३४ वर्ष अघिको एउटा घटना जुन नवलपुरको भेलन टाँडीमा घटेको थियो । त्यहाँ स्कुलमा सामाजिक र नैतिक शिक्षा पढाउन शिक्षकले श्रावण÷भाद्र महिनामा आफ्नो खेतमा पानी धेरै लगाएर सँधियारको खेत सुख्खा पारेछ । नातामा तिनै शिक्षकको भान्जी १२,१३ वर्षकी केटी जो विद्यार्थी पनि हुन्, तिनले भनिछन्, ‘मामा ’ भात त हामीले पनि खानु प¥यो, तपाईंले यो कुलोको पानी आपूmमात्र किन लगाउनु भयो ?’
‘मैले पानी आपूmले मात्र कहाँ लगाएछु ? त्यत्तिकै फत्तुर लगाउँछौ ?’ जँगिदै मामाले भनेछ ।
‘यहाँ खेतको धानको बिरुवाले नै भन्छ नि ! तपाईंको तिर भल भैmँ छ, यता हाम्रोतिर सुख्खा छ’ स्पष्ट गरी भान्जी तथा विद्यार्थीले भनिन्, ‘स्कुलमा तपाईं नैतिक शिक्षक पढाउनु हुन्छ, यहाँ खेतमा चाहिँ यस्तो गर्न नहुने काम गर्नुहुन्छ ?’
शिक्षक–शिक्षिकाहरूलाई स्कुल कलेजमा भर्ना लिने बेला तिनको प्रमाणपत्र र विविध विषयमा कति नम्बर ल्यायो भनेर प्राथमिकता दिइन्छ । यो विषय आफ्नो ठाउँमा छ, साथै तिनको परिवार र समाजमा के कस्तो व्यवहारहरू गर्छ र सामाजिक, सद्भावपूर्ण बोली व्यवहारहरू पनि छन् कि छैन ? भनेर पनि अध्ययन, अनुसन्धान हुनुपर्छ । वर्तमान राजनैतिक पार्टीहरूले नियुक्तिमा आफ्ना मान्छेहरू भर्न र जताततै संघ–संस्थाहरू र स्कुल कलेजहरू कब्जा गर्न उद्यत देखिनु समाज र देशको लागि त्यो अनिष्ट हो । आम जनता सचेत र सतर्क हुन खाँचो छ ।
झण्डै एक हप्ता अघि सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डेले एक जना सहभागी केटीलाई जालझेल र षड्यन्त्र गरी लागु पदार्थ पिलाई जुन बलात्कार ग¥यो र छ महिनासम्म जुन अपराध कर्महरू ग¥यो र अरुलाई गर्न लगायो ती सबै पनि हदैसम्मको सजाय पाउन लायकका मान्छेहरू हुन् । सुदूरपश्चिमको कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्या भएको ४ वर्ष भयो । तर बलात्कारी हत्याराहरू अभैm पत्ता लागेको छैन र समातिएको छैन ।
वास्तवमा निर्मला हत्याकाण्डमा प्रमाण मेटाउन तिनको कपडा पखाल्ने महिला प्रहरीले जुन हर्कत गरिन् तिनबाट यथार्थ पत्ता लाग्न सक्छ तर तिनले त्यसो गर्नु हुन्थेन, नजानेर गरेँ, गल्ती भयो भनी तिनलाई छुट मिलेको छ । देश र जनताको मुक्ति र स्वाधीनताको लागि रणभूमिमा होमिने योद्धाहरूलाई (जो यो समाजका सर्वोच्च मानवहरू हुन्) लाई प्रहरी र सेनाले तिनको आत्मबल गिराउन र शिर नुगाउन लौरो, रड, छडी, पाइपले प्राणान्त हुने गरी कुट्ने, डोरीले खुट्टा बाँधेर सिलिङमा उल्टो झुण्ड्याई तलबाट खुर्सानीको धुवाँ लगाउने, चार जना, छ जनासम्मका भुसतिघ्रेहरूले समातेर उनका औँलाहरूमा ४ इन्चका सियोले घोप्ने, पानीको ट्याङ्कीमा टाउको डुबाउनेजस्ता अपराधपूर्र्ण बर्बर हर्कतहरू पनि गरिन्छ । आवश्यक पर्दा र समयले माग गर्दा भनौँ निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन त्यो महिला प्रहरी जसले प्रमाणहरू नष्ट गर्न सक्रिय भए तिनलाई सामान्य, मध्यम, उच्च र अति उच्च यातना र यन्त्रण दिएर यथार्थ कुराहरू पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनु पर्छ कि पर्दैन ? यो प्रश्न तकालीन प्रम खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई पनि हो ।
माथिको कुरा किन उठाइएको हो भने कुनै पनि समाजमा जनताको शान्ति, सुरक्षा, सुख, सुविधा भनेको त्यहाँको राज्यको नीति र नेतृत्वमा भर पर्छ । विश्वको क्युबा एउटा देश छ जहाँ सिङ्गो समाजले महिलाहरूलाई सम्मान र श्रद्धा गर्दछ । यसको पछाडि उनीहरूको शिक्षा, दीक्षा, मूल्य मान्यताले ठुलो भूमिका खेलिरहेछ । हामीकहाँ एकातिर ८ वर्षकी पार्वतीसँग विवाह गर्ने महादेवको स्वस्थानी कथा सुन्न र व्रत बस्न लाखौँ महिलाहरू मरिहत्ते गर्छन् अर्कोतिर शिक्षादीक्षा प्राप्त गरेपछि विद्यार्थीहरू अमेरिका, युरोप, जापान र अस्टे«लिया जान हतारिन्छन् । यो देश कसले बनाई दिने हो ? अन्तरिक्षबाट कुनै मनुवा यहाँ आएर यहाँको सबै व्यवस्थाहरू राम्रो तुल्याई देलान् र ? कि विकल्प खोज्नु पर्ला ?

१२ जेठ २०६९, काठमाडौँ

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »