निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

समयले के गर्छ र किन आवश्यक छ ?

लाल बहादुर के.सी.

मुसीकोट नगरपालिका ५ रुकुम पश्चिम

समय यति बेगवान, बलवान र गतिशिल छ भन्ने कुराको कसैले पनि राम्रोसँग हेक्का राख्न सकेको देखिँदैन र पत्ता लगाउन पनि सकेको देँिदैन तर समयको मुल्याङ्कन गरेर नियाल्न सकेमा अति भन्दा अति मुल्यवान छ भन्ने कुराको मात्र ब्याख्या विश्लेषण गरेको पाईन्छ । समय यति रफ्तार गतिमा कुद्छ कि कसैले पनि पछ्याउन र भेटाउन सक्दैन । समयले कसैलाई पनि भेटाउन पनि दिँदैन र पर्खिदा पनि पर्खिदैन ।

जतिवेला जसले समयलाई बुझ्न सक्यो र ख्याल राख्न सक्यो उ केही उन्नति र प्रगतिको वाटोमा अगाडि बढ्न सफल भएर उसले आफ्नो जिन्दगीलाई अगाडि बढाउन र सार्थक र अभिप्रेरित भई अरुलाई हरेक काममा होस वा पेशामा होस अगाडि बढ्न सफल हुन्छ । जसले समयको बेगर गतिलाई बुझेर पछ्याउन सकेन र सफलतातिर लाग्न अभिप्रेरित हुन सकेन भने उसको जिन्दगी सार्थक, सारगर्मिक भई सफल हुन सक्दैन ।

जसले समय भन्ने बस्तु के हो ? र यसले कुनवेला सम्म पर्खिन्छ पर्खिदैन भन्ने महत्वलाई आफ्नो मन मस्तिष्कमा राखेर अगाडि बढ्न सक्छ उ नैं विश्वमा महान मान्छे बन्न सक्छ समयको महत्वलाई बुझेर जो–जो मान्छेहरु अगाडि बढेका छन् ती मानिसहरु महामानवको रुपमा विश्वमा चिरपरिचित छन् । जुन मान्छेहरु दार्शनिक, बैज्ञानिक, अर्थविद, स्वास्थबिद, राजनितिबिद, समाजशास्त्री, भुगोलबिद, खगोलबिद, कृषिबिद, सञ्चारबिद, पशुपंक्षीबिद, प्रकृतिबिद, खनिज तथा धातुबिद लगायत बिभिन्न प्रकारका आविश्कारक र अन्वेषण्बिज्ञको रुपमा खोज तल्लास र अनुसन्धान गरीरहेका छन् । एवं प्रकारले जलचर, थलचर र उभयचरको बारेमा पनि खोज तल्लासी गरिरहेका छन् । जुन मानिसले जतिवेला समयलाई बुझ्न सके र समयलाई बलवान सोचेर अघि बढ्न सफल भए तिनिहरु नैं महान मानव बन्न सफल भए ।

जसले समयको महत्वलाई बुझेर आफ्नो मन मस्तिष्कमा राखेर अगाडि बढेर काम गर्न सक्छ उ नैं संसारको ठुलो मान्छे बन्न सफल हुन्छ । संसारमा अमुल्य धन भनेको स्वास्थ्य हो र दोस्रो धन भनेको शिक्षा हो । हामीले साँच्चै सोच्ने हो भने सवैभन्दा ठुलो काम कारवाही गर्नका लागि शिक्षा हाँसिल गरी महान मान्छे बन्नका लागि त स्वच्छ र स्वस्थ जीवन चाहिन्छ, स्वच्छ र शुद्ध मनस्थिती चाहिन्छ । सवैभन्दा बढी ध्यान पु¥याउने भनेको र राम्रो ख्याल पु¥याउने भनेको आफ्नो स्वास्थ्य हो । अरु काम कुरा भनेको तपशिल बमोजिमका काम कुराहरु हुन जान्छन । समय परिस्थितिले मानिस बनाउँछ भने मानिसले परिस्थिति कमै बनाउँछ ।

दोस्रो काम कुरा भनेको समयको ख्याल राखी शिक्षा हाँसिल समयमैं सक्नु पर्दछ । जति सुकै महा दिमाग भएको मानिस भए पनि शिक्षा हाँसिल गरेको छैन भने त्यो मानिसको जिवन अर्थहिन हुन्छ । उसले आफ्नो जिवनकालमा जेजो गर्न खोजे पनि उसको काम पुरा हुन नसकी अधुरो हुन जान्छ । मानिसलाई महामानव बनाउने अमुल्य साधन स्रोत भनेको शिक्षा हो । शिक्षा हाँसिल गर्न समयको ख्याल गरी उचित समयमै शिक्षा हाँसिल गर्न सक्नु भनेको मानिसको ठुलो बुद्धिमता पुगेको हुन जान्छ ।

महामानव र दार्शनिक बन्न सक्ने भनेको त विश्वमा १÷२ प्रतिशत मात्र मानिसहरु हुन्छन् । तर मानव जिवनलाई सार्थक वनाउन स्वस्थ भै जिवन जिउनका लागि र सार्थक वनाउनका लागि मानिसलाई कुनै पनि काम र पेशा ब्यवसाय सञ्चालन गर्नका लागि ज्ञान, सिप र लक्षताको नितान्त आवश्यक पर्छ । ज्ञान, सिप र दक्षता हाँसिल गर्नका लागि सवैभन्दा समय अनि शिक्षा हाँसिल गर्न समयभित्रै गर्न अति जरुरी हुन जान्छ । शिक्षा मानिसको दोस्रो र भित्रि आँखा पनि हो, हाम्रा बाहिरी आँखा दुनिँयाले देखेका हुन्छन तर भित्रि आँखा भने अरु कसैले पनि देख्न सकिरहेका हुँदैन्न, भित्रि आँखा भनेका शिक्षा र ज्ञान हुन । जसले आफ्नो ज्ञान, सिप र दक्षतालाई प्रस्फुटन गरी आँफुमा भएको दक्षतालाई आफ्ना काम कारबाहीहरुमा बाहिर ल्याएर प्रस्फुटित गर्दछ र त्यतिवेला मात्र मानिसका भित्रि आँखा पनि हुँदा रहेछन भन्ने कुराको उजागर गर्दछ । उसको ज्ञान, सिप, दक्षता र क्षमताको मुल्याङ्कन समयले गर्दछ । समयको ख्याल राखी आफ्नो क्षमता बुझी आफ्नो जे जे इच्छा र आकंक्षा छ त्यसै गर्छ पनि । छ भने आफ्नो औकातअनुसार अगाडि बढेर समयमै आँफुले चाहेको शिक्षा हाँसिल गरी अगाडि बढ्न सकियो भने जो कोहीले पनि जीवन सफ र सबल वनाई राम्रो मानिस बनी बाहिर निस्कन सफल हुन सक्छन् । ती ब्यक्तिले राष्ट्र र जनताको लागि दक्ष जनशक्तिको रुपमा उदयमान भै सफलिभुत कार्य गर्न गराउन समयमा नैं सफलिभुत हुन्छन् । ती ब्यक्तिले नैं देश निर्माण गर्ने कार्यमा लागि देशलाई सफल बनाउन सक्षम हुन्छन् ।

समय आउँछ तर समयले पर्खेर बस्दैन, जुनसुकै काम गर्नका लागि भए पनि सवैभन्दा पहिले परिस्थिति र समयलाई ध्यन दिएर मात्र आफ्नो काम गर्न अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ, मानिसले शिक्षा प्राप्त गरेर मात्र पुग्दैन् । जसका इच्छा, आकांक्षा, लगनशिलता र इच्छाशक्तिमा भर पर्दछ । कतिवेला कस्तो समय र परिस्थिति आउने हो भन्ने काम कुरा पनि निर्भर हुन जान्छ, समय र परिस्थिति अति बलवान हुन्छ जो जसले समय र परिस्थितिलाई बुझेर अगाडि बढ्न सक्छ उ नैं सकलिभुत बन्न सक्छ । मानिसको ब्यक्तिगत, पारिवारिक, सामाजिक, राजनितिक र अन्य जीवन पनि हुन सक्छ, त्यो पनि समय परिस्थितिले बनाउने हो । मानिस समय र परिस्थिति अनुसार रुपरङ्ग बदलेर पनि अगाडि बढन वा पछाडि हट्न सक्छ ।

समयले मानिसलाई बाल्यवस्था, यौवनावस्था, जवानी(तन्नेरी)अवस्था, बृद्धवस्था समेतमा पु¥याउँछ । मानिसमा सुरुमा अनुभुतिजन्य चेतना पैदा गर्दछ । समय र परिस्थितिले मानिसलाई कता डो¥याउँदै र तान्दै लिने हो, मानिस पनि उतै उतै डोरिँदै जानु पर्ने अवस्था पनि आउन सक्छ । इतिहाँसलाई इतिहाँसकै दृष्टिवाट हेर्न सक्नु पर्दछ । इतिहाँस भनेको पनि समयको कालखण्ड हो, बाइसी, चौबिसी र डोय राज्यमा बिभाजित नेपाललाई पृथ्वीनारायण शाहलाई एकीकरणको अभियान चलाउन पनि समय र परिस्थितिले बनाएको हो । त्यतिवेला पृथ्वीनारायण शाहको ठाउँमा अरु कोही भईदिएको भए अर्को कोहीले पनि बाइसी–चौबीसी राज्यहरुमा हमला गरेर राज्यलाई एकीकरण गरेर बृहत नेपाल बनाउने सपना देखि एकीकरण गर्ने अभियानमा लागेर अगाडि बढ्ने योजना तयार गरिन्थ्यो नैं । अठारौं शताब्दीवाट उन्नाइसौं शताब्दीमा अगाडि बढ्दै गर्दाको क्रममा श्री ३ जङ्गबहादुरको उदय नभएको भए पनि त्यतिवेला अरु कसैको पनि उदय भएर शासकको रुपमा उदयमान हुँदैन्थ्यो नैं ।

१०४ वर्षे जहानिँया राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना गर्न वि.पी.कोइरालाको नेतृत्वमा नेपाली काँग्रेस पार्टी र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न नलागेको भए पनि समयको माग उत्पन्न भई अरु कोहीले पनि राणाशासन विरोधी आन्दोलन चलाएर निरंकुश  र निकृष्ट शासनको अन्त्य गर्दथे र हुन्थ्यो पनि । २० औं शताब्दिवाट एकाइसौं शताब्दिमा प्रवेश गरि सकेपछि पुरानो संरचना हराएर नयाँ निर्माण गर्नुपर्ने आवश्यकताको माग अनुसार समयको महशुस गरेर २४० वर्ष सम्म जरो गाडेको राजतन्त्रलाई हटाई संघीय गणतन्त्रको स्थापना गर्नुपर्ने आवश्यकताको महशुस गरी सारा राष्ट्रमा भईराखेका झमेलाहरुलाई मिलाउन पुष्पकमल दहाल(कमरेड प्रचण्ड)को नेतृत्वमा २०५२ सालमा जनयुद्धको थालनी गरी नेपालमा १० वर्षसम्म जनयुद्ध सञ्चालन गरी नेपालको एकतन्त्रीय राजतन्त्रात्मक ब्यवस्था ढाल्न पनि समयले नैं सहयोग गरेको इतिहाँस साक्षी रहिरहने छ । यतिवेला पनि कमरेड प्रचण्डले नेतृत्व नलिएको भए पनि अरु कसैले नेतृत्व गरेर पनि जनयुद्धको थालनी अवश्य हुन्थ्यो । त्यो पनि समयको माग हो र परिस्थितिले र समयले र्सिजित गरेको विषयवस्तु पनि हो । जसले समाजवादको स्थापनामा पनि समयले सहयोग पु¥याउने छ ।

समाजलाई अपहेलना, घृणा र हेलाँको दृष्किोणले हेरेमा समाज तरङ्गित भै आन्दोलित हुन्छन र त्यतिबेला नैं ठुलो आन्दोलनको रुप लिन्छ । शासन गर्न शासकहरु कुनैं पनि सोझो, सुधो र शान्त स्वभावको हुँदैन्न । प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र जे–जो नामले सम्बोधन गरे पनि जनताको आँखामा छारो हाल्नलाई मात्र सम्बोधन गरिएका शब्द तथा शब्दावली हुन । कुनैं पनि देश वा राष्ट्रमा शासन हाँक्ने शासकहरुका हात–हातमा बम, बारुद, गोली–गट्टा र बन्दुकहरु हुँदैन थिए भने र कानुनले मात्र राज्य सञ्चालन गरिन्थ्यो भने त्यस्तो शासक र सरकारलाई गणतान्त्रिक नभई जनतान्त्रिक सरकार मान्न सकिन्थ्यो र त्यस्तो राष्ट्रमा प्रहरी र सेना विना शासन सत्ता संचालन गरिएको हुन्थ्यो ।

संवैधानिक राष्ट्रमा(राज्यमा) शिद्धान्त, नीति, बिधि, पद्धति र संविधानका बारेमा परिर्वतनको नाममा बर्खिलाप गर्न दिनु हुँदैन । यी सवै कामकार्यवाहीहरु गर्ने गराउने भनेको समय र परिस्थितिले गर्दा नैं हो । समय बलवान, अबिछिन्न र रफ्तारमा चलिरहेको पनि छ । समयलाई कसैले पनि रोक्न, छेक्न र भेटाउन पनि सक्दैन । जे हुनुपथ्र्यो, त्यो भएरै छाड्छ । त्यस कारण समयले दिने काम अरु कसैले पनि दिन सक्दैन् । त्यसकारण समयले नैं संसार भरि नैं प्रभाव पारिरहेको हुन्छ । समयलाई जानेर वा नजानेर पनि कहिले पनि भुल्नु र बिर्सनु पनि हुँदैन । धन्यवाद !!!

लेखक ः लाल बहादुर के.सी. पेशाले उहाँ शिक्षक हुनुहुन्छ ।

मुसीकोट नगरपालिका ५ रुकुम पश्चिम

फोन नंः९८६८२८६७३२

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

1 प्रतिक्रिया

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »