सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश


नेपालगन्ज,नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले बुधवार आफ्नो छैंठौ स्थापना दिवश मनाएको छ ।

स्थापना दिवशको अवसरमा उक्त एशोसिएसनले एक बालगृहलाई खाद्यन, स्टेशनरी सामाग्री लगायत वितरण गरेको छ भने नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अभिनन्दन गरेको छ ।

बरिष्ठ उपाध्यक्ष प्रमोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) लगायतका पदाधिकारी र सदस्यलाई स्वागत गर्नुका साथै व्यवसायीक हकहितका पक्षमा निरन्तर क्रियाशिल रहन शुभकामना दिए ।

एशोसिएसनका अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीक हकहितका सवालमा एशोसिएसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

ओलीले संघमा निर्वाचित भएलगत्तै एशोसिएसनबाट पद छाड्ने घोषणा गरिसकेकाले आगामी अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारे ।

बरिष्ठ उपाध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव बिष्णु जोशीले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष डम्बर बहादुर चन्दले गरेका थिए ।

कार्यक्रममा एशोसिएसनका अगुवाहरु ध्रुव दाहाल, जहाँगीर मुसलमान लगायतले मन्तव्य राखेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »