सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हेर्न नभुल्नुहोला नेपाल र मलेसिया बिचको घमासान भिडन्त

एसीसी इस्टर्न रिजन टी – २० कप क्रिकेटको खेल आजबाट थाइल्याण्डको बैंककमा सुरु हुँदैछ ।दिउँसो १२:१५ मा सुरु हुने खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेका नेपाली टोलीको यस अघिका मलेसियासङ्गको भिडन्तमा नेपाल नै अगाडि छ। नेपाल र मलेसिया बिच भएको ७ वटा भिडन्तमा ६ वटा जीत नेपालको नाममा छ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, मलेशिया , सिङ्गापुर र हङकङ सहभागी छन् । प्रतियोगितामा सहभागी पाँच देश मध्ये नेपाल आइसीसी एक दिवसीय मान्यता प्राप्त एक्लो देश हो ।

नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिङ्गापुर संग खेल्नेछ । शीर्ष दुई टोली एसिया कस्का लागि छनोट हुनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »