सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली सेनाले त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं । नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रित परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »