सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चर्चामा ‘नीरफूल’ तर परिणाम कस्ताे आउँछ ? प्रतिक्षामा निर्माण टिम

काठमाडौं । नेपाली सिने क्षेत्रमा यत्तिबेला चर्चा छ,यहि फागुन ३० गते दशभरका हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र नीरफूलको । हालै यिनै चलचित्र ‘नीरफूल’को कभर गीत सार्वजनिक भएसँगै यसको चर्चा बढेको हो ।

सञ्चारकर्मी तथा साहित्यकार समेत रहेका यस चलचित्रका निर्देशक फूलमान वलले नीरफूलको यो गीत प्राय नेपाली चलचित्रमाझैं चलचित्र चलाउन मसलाको रुपमा प्रयोग गरिने आइटम गीत नभएको प्रष्ट पारेका छन् । उनका अनुसार बरु यसमा यस्तो विषय प्रधान बनाईएको छकि यो सामाजिक उत्तरदायित्वसँग जोडिएको छ ।

दशकौंदेखी परम्परागत ढर्रामा बनेका नेपाली चलचित्रहरुले सर्वसाधारणको जीवनआधार पकड्न नसकेको आरोप छ,बौद्धिक वर्गलाई समेत समेट्न नसक्दा चलचित्र लिटरेसी माथिनै प्रस्न उठ्ने गरेको छ । आजसम्म प्राज्ञिक बहसभन्दा बाहिरै रहेको नेपाली चलचित्र जगतलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन चलचित्रका कन्टेन्टमाथिनै वहस आवश्यक ठान्ने तिनै निर्देशक वलको यो पहिलो फिचर फिल्म हो । राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड पाएको सर्ट फिल्म ‘सेलफोन’ निर्देशन गरिसकेका वलको विचारमा चलचित्र सृजना हो,यो समाजभन्दा पर हुनै सक्दैन ।


यिनै सन्दर्भमा सर्जकका सृजना समाजप्रति उत्तरदायि हुनुपर्छ भन्ने विचारमा अडिक रहेकी नायिका हुन् रेखा थापा, जसले नीरफूल चलचित्रमा विशेष भुमिका निभाएकी छन् । नायिका थापा मनोरञ्जनको नाउँमा सस्तो लोकप्रियतामा विश्वास राख्दैनन् । त्यसैले उनको मन छोयो नीरफूलको कथाले । रेखाले नीरफूलको कभर गीतको भिडियोमार्फत यस्तै सन्देशलाई थप प्रट्याएकी छन् ।

अहिलेसम्म पाँचलाखले हेरिसकेकाे छ याे भिडियाेलाई

अहिलेका चर्चित नायक दयाहाङ राई यो चलचित्रले नेपाली सिने क्षेत्रमा भिन्न वहस ल्याउने विश्वास गर्छन् । विषयबस्तु र शैलीका कारण अन्य चलचित्रभन्दा भिन्न रहेकोले नेपाली मन जित्ने उनको दावी छ ।

२०७२ को कहालीलाग्दो विपत्ति भुकम्प र मानविय संवेदनालाई मुख्य विषय बनाएको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् । सचिन यसमा एशोसिएट निर्देशक पनि हुन् । चलचित्रमा रेखाको विशेष भुमिकाका साथै दयाहाङ राई,शान्ति वाईबा,बुद्धि तामाङ(हैट),पुस्कर गुरुङ,मानसराज,रोशन फ्युवा,निशा पाख्रिन,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय छ ।

कथाबस्तुमाथि सबैको अपनत्व वोध रहेकोले ‘सहकार्यको मोडल’ मा चलचित्र नीरफूल बनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

र्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् भने वितरक गोविन्द शाही र मनोज राठी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »