सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मास्कमा कालाेबजारी गर्नेलाई २ लाख जरिवाना

काठमाडाैँ । काेराेना भाइरसकाे संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेकाे बेलामा मास्कमा कालाेबजारी गर्नेलाई कारबाही गरेका छन् । यत्तिबेला बजारमा मास्ककाे बजारमा अत्यादिक माघ भैरहेकाे छ ।

यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गराएको छ।

क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ । सचिन ट्रेडले बिल देखाउन नसक्दा जरिवाना गरिएको हो भने अन्यले बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएपछि जरिवाना गरिएको हो ।

विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै यदि त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »