सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जागृति माविकाे पाेल्टामा दाेस्राे राष्ट्रपति रनिङ शिल्ड

काठमाडाैँ । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले उद्घाटन गर्नु भएकाे थियाे भने समापनमा संघीय सांसद गंगा बहादुर दाेङ (बमध्वज)ले विजेता खेलाडीहरूलाइ शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए ।

छात्र र छात्रा तर्फको भलिवल प्रतियोगितामा जागृति माविले प्रथम हुन सफल भएकोसँगै रनिङ शिल्ड हातपार्न सपफल भएको हो । त्यसैगरि छात्र तर्फको भलिबल प्रतियोगितामा सृर्जनशील मावि द्वितीय र बुद्ध हिमालय मावि तृतीय भएको छ । छात्रा तर्फबाट जागृति मावि प्रथम, बुद्ध हिमालय मावि द्वितीय र प्रभा मावि तृतीय हुन सफल भएको छ ।

प्रतियोगिताका बिजेताहरुलाई प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले प्रतियोगितामा भागलिएका विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद र बधाई दिएका थिए । उनले खेलमैदान निर्माण गर्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउँदै खेललाई मर्यादित बनाउन आवश्यक रहेको बताए ।

‘खेल राष्ट्रको लागि, स्वस्थ्यको लागि हो भने खेललाई मर्यादित बनाउन आवश्यक छ ।’ सांसद बमध्वजले भने, ‘एक गाउँपालिका एक खेल मैदान, एक गाउँपालिका एक अस्पताल, एक गाउँपालिका एक क्याम्पस, एक गाउँपालिका एक कालपत्रे सडकको योजना छ । यो योजना अघि बढिरहेको छ । यो गाउँपालिकामा खेल मैदान बनाउन म सक्दो सहयोग गर्नेछु ।’ उनले राष्ट्रप्रति युवाहरु जागृत होस भनेर यो प्रतियोगिता गरिएको बताए ।

त्यसैगरि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले खेल मानव जीव्नको महत्वपूर्ण अंग भएको बताउँदै सिंगो राष्ट्रको परिचय बनाउँन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । ‘खेल मानव जीवनको महत्वपूर्ण अंग हो । जसले आफ्नो परिचय बनाउँछ, गाउँको परिचय बनाउँछ, गाउँपालिकाको परिचय बनाउँछ र सिंगो राष्ट्रको परिचय बनाउँछ ।’

अध्यक्ष गौतमले सबै समस्याहरुलाई सामना गर्दै प्रतियोगितामा भाग लिएकोमा सबै विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिएका थिए । विभिन्न कारणले सबै खेलहरुलाई हामीले समेट्न नसकेकोमा गौतमले दुःख व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष ताराकुमारी गौतम, नेकपाका युवा नेता इन्द्र लामा, खेलकुद संयोजक तथा वडा नं। १ का वडा अध्यक्ष राजु आले लामा, वडा नं। ५ का वडा अध्यक्ष राजकुमार गौतम लगायतका सहभागीता रहेका थिए ।

प्रतियोगितामा बिजेताहरुको विवरण यस्तो छः

१०० मि। दौडमा छात्रा तर्फ जागृति माविकी कोपिला चौलागाईं प्रथम, सिर्जनशील जनता माविकी पार्वती पाठक द्धितीय। बुद्ध हिमालय माविकी अनुष्का श्रेष्ठ तृतीय भएकी छिन् । त्यसैगरि छात्र तर्फ सिर्जनशी जनता माविका गोविन्द तामाङ प्रथम, ग्राम विकास माविका ओमराज तामाङ द्धितीय र जागृति माविका सविन चौंलागाई भएको छन् ।

२०० मिटर दौड तर्फ सूर्यदय मावि की रीता विका प्रथम, जागृति माविकी अनिता चौंलागाई द्वितीय, प्रभा माविकी विजया गिरी तृतीय भएकी छिन् भने छात्र तर्फ सिर्जनशील जनता माविका कृष्ण पाठक प्रथम, सरस्वती माविका रविन विक द्वितीय र जागृति माविका मिलन ढकाल तृतीय भएका छन् ।

४०० मिटर दौड तर्फ बुद्ध हिमालय माविकी सरिता तामाङ प्रथम, जागृति माविजकी नमिता गौतम द्वितीय र प्रभा माविकी विजया गिरी तृतीय भएकी छिन् । छात्र तर्फ जागृति माविका नकुल चौलागाई प्रथम, सिर्जनशील जनता माविका कृष्ण पाठक द्वितीय र सरस्वती माविका शक्ति तामाङ तृतीय भएका छन् ।

८ सय मिटर दौडमा छात्रा तर्फ बुद्ध हिमालय माविकी रञ्जिता गौतम प्रथम, अरनिको माविकी रविना दाहाल द्वितीय, जागृति माविकी सदिक्षा गौतम तृतीय भएकी छिन् भने छात्र तर्फ सिर्जनशील जनता माविका मनिष चौलागाईं प्रथम, बुद्ध हिमालय माविका रिन्देन तमाङ द्वितीय र जागृति माविका प्रकाश गौतम तृतीय भएकाछन् ।

लङ जम्प छात्रा तर्फबाट जागृति माविकी कोेपिला चौंलागाई प्रथम, बुद्ध हिमालय माविकी सुष्मा श्रेष्ठ द्वितीय र सिर्जनशील जनता माविकी अनिषा चौंलागाईं तृतीय भएकी छिन् । त्यसैगरि छात्र तर्फबाट सरस्वती माविका प्रकाश अधिकारी प्रथम, सिर्जनशील जनता माविका मनिष चौंलागाईं द्वितीय र जागृत माविका नकुल चौंलागाई तृतीय भएकाछन् ।

ट्रिपल जम्प छात्रा तर्फबाट जागृति माजिकी अञ्जु रसाईली प्रथम, प्रभा माविकी विजया गिरी द्वितीय, बुद्ध हिमालय माविकी सुष्मा श्रेष्ठ तृतीय भएका छन् । त्यसैगरि छात्रतर्फबाट सिर्जनशील जनता माविका मनिष चौंलागाईं प्रथम, जागृत माविका प्रकास रसाईली द्वितीय र प्रभा माविका सुनिल गिरी तृतीय भएकाछन् ।

हाईजम्प छात्रा तर्फबाट जागृत माविकी कोपिला चौंलागाईं प्रथम, बुद्ध हिमालय माविकी रञ्जिता गौतम द्वितीय, ग्रामविकास माविकी दिविका गौतम तृतीय भएकी छिन् भने छात्र तर्फबाट बुद्ध हिमालय माविका शौरवकिरण श्रेष्ठ प्रथम, जागृत माविका नविन तिवारी द्वितीय र देउराली माविका श्याम माझी तृतीय भएकाछन् ।

शटपुट छात्रा तर्फबाट सिर्जनशील माविकी सुनिता विक प्रथम, प्रभा माविकी शोभ ागिरी द्वितीय र बुद्ध हिमालय माविकी रञ्जिता गौतम तृतीय भएकी छिन् भने छात्र तर्फ सिर्जनशिल जनता माविका कृष्ण पाठक प्रथम, बुद्ध हिमालय माविका सौरव श्रेष्ठ र सरस्वती माविका शमशेर लामा तृतीय भएकाछन् ।

ज्याभेलिन थ्रो छात्रा तर्फबाट प्रभा माविकी सुरक्षा चौंलागाईं प्रथम, जागृति माविकी उपसना चौंलागईं द्वितीय र सिर्जनशील जनता माविकी सुनिता विक तृतीय भएकी छिन । छात्र तर्फ जागृति माजिका सविन विष्ट प्रथम, सरस्वती माविका प्रकाश अधिकारी द्वितीय र सिर्जनशील जनता माविका पूर्ण तामाङ तृतीय भएका छन् ।

४x१०० मिटर दौडमा छात्रा तर्फ जागृति माविका अनिता चौलागाईं, अञ्ज्ु रसाइली, ममता चौलागाईं, सन्जिता चौलागाईं प्रथम भएका छन् । बुद्ध हिमालय माविका रन्जिता गौतम, सुष्मा श्रेष्ठ, अस्मिता तमाङ, पूर्णिमा लामा द्वितीय र अरनिको माविका सरिता गौतम, अस्मिता गौतम, रविना दाहाल, सुमित्रा गौतम भएकाछन् ।

छात्र तर्फ प्रभा माविका विशाल गौतम, राकेश वि।क।, रित्तिक गौतम, रोशन गिरी प्रथम, सिर्जनशील जनता माविका मनिष गौतम, गोविन्द गौतम, सजन लामा, संजिव लामा द्वितीय भएका छन् । जागृति माविका सविन चौलागाईं, गणेश गौतम, नविन तिवारी, पासाङ शेर्पा तृतीय भएकाछन् ।

४x४०० मिटर दौड छात्रा तर्फबाट जागृति माविका अञ्जु रसाइली, ममता चौलागाईं, सन्जिता चौलागाईं, अनिता चौलागाईं प्रथम, सिर्जनशील जनता माविका प्रविना पाठक, अमृता गौतम, प्रेमिका लामा र रविना पाठक द्वितीय भएका छन् ।

छात्र तर्फबाट जागृति माविका पासाङ शेर्पा, मिलन ढकाल, नकुल चौलागाईं, प्रकाश गौतम प्रथम, खाँडादेवी माविका सिरोट तामाङ, दिपक प्रधान, लाल सिंह लामा, प्रमेश श्रेष्ठ द्वितीय भएका छन् । बुद्ध हिमालय माविका रिम्जे तामा, साजन श्रेष्ठ, रिम्देन लामा, प्रल्हाद चौलागाईं तृतीय भएका छन् ।

भलिवल प्रतियोगितामा छात्रा तर्फबाट जागृति मावि प्रथम, बुद्ध हिमालय मावि द्वितीय र प्रभा मावि तृतीय हुन सफल भएको छ । भने छात्र तर्फबाट जागृति मावि प्रथम, सृर्जनशील मावि द्वितीय र बुद्ध हिमालय मावि तृतीय भएकाछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »