सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापा ११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा

पोखरा । १८औं आहा रारा गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा झापा ११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा झापा ११ लाई १–० गोलअन्तर निकाल्दै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङलाई सेमिफाइनलसम्मको यात्रामा पु¥याउन अञ्जन विष्टले महत्वपूर्ण भूमिका खेले । उनले खेलको ७५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । दयानन्द सिंहले दिएको पासलाई डीबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुम्न पुगेको थियो ।

खेलअवधि भर झापा ११ माथि हाबी भएको मनाङ मर्स्याङ्दीले गोल गर्न भने अन्तिम समयसम्म कुर्नुपरेको थियो ।

खेलको अन्तिम समयमा गोल गर्ने अवसर पाएपनि झापाले त्यसको सदुपयोग गर्न नसक्दा अन्तिम ४ मा पुग्ने सपना तुहिएको हो ।

आइतबार भएको खेलसँगै सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपले आफ्नो २०० औं खेल पूरा गरेको छ । क्याराभान गोल्डकप नामबाट सुरु भएको मोफसल कै ठूलो मानिने यस प्रतियोगिताको पहिलो ऐतिहासिक खेल सहारा क्लब र नक्साल युथ मण्डलबीच भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »