सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी वृत बालाजुका ईन्चार्ज गौतम मिश्रको बिदाई तथा समाजसेवी हरुलाई कदरपत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । पछिल्लो समय प्रहरीलाई कार्यसम्पादन गर्न आम नागरिक संगको सहकार्यले सजिलो बनाउँदै लगिरहेको देख्न सकिन्छ ।
आम नागरिकले गरेको सामाजिक भुमिकाको कदर गदै आज प्रहरी वृत बालाजुले बिभिन्न क्षेत्रमा रहेर प्रहरीलाई सहयोग गर्ने समाजसेवी हरुलाई सम्मान गर्दै कदर पत्र प्रदान गरेको
प्रहरी बृत बालाजुका ईन्चार्ज गौतम मिश्र डि एस पि बाट एस पि मा बढुवा भई जानलागेको अवस्थामा बृतले मिश्रको बिदाई तथा समाजसेवी हरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सानुकान्छा तामाङ (च्याङ्बा), देबेन्द्र श्रेष्ठ , सरोज महर्जन , उषा सिंखडा लगायत दर्जनौ समाजसेवी हरुलाई कदरपपत्र दिएर सम्मान गरिएको थियो ।
कामपा १६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजाल तथा तार्केश्वर नगरपालिकाका जनप्रतिनिधिहरु , बालाजु प्रहरीको कार्य क्षेत्र भित्र पर्ने महिला समुह , बिभिन्न संघ संस्था तथा राजनैतिक र सामाजिक ब्यक्तित्वको उपस्थिति रहेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरी बृत बालाजुका ईन्चार्ज गौतम मिश्र को खुलेर प्रशंसा गरेका थिए ।
सबै बक्ताहरुले सुसंस्कृत र शुरक्षित समाज निमार्ण गर्न नागरिक र प्रहरी विचको सहकार्य र एकता अनिवार्य भएको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »