सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबद्वारा बाँकेका विपन्न परिवारलाई बाख्रा वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ ।
क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।


एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सयुक्त रुपमा बाख्रा वितरण गर्नुभयो ।
बाख्रा वितरण गर्दै उहाँहरुले आर्थिक रुपमा विपन्न परिवारका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गर्नुभयो ।
कोहलपुर नगरपालिकाका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ८ अति विपन्न परिवारलाई सो बाख्रा वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । हरेक परिवारलाई ५ वटा बाख्रा र एक बोका वितरण गरिएको उहाँले जनाउनुभयो ।


सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो ।
विपन्न परिवारको आर्थिक अवस्था बलियो बनाउँदै उनिहरुको बालबालिकाको शिक्षामा पहुँच पुरयाउन यो सहयोग गरिएको बाँके युनेस्को क्लबले जनाउको छ ।
यसअघि बाँके युनेस्को क्लबले जिल्लामा आय आर्जनका लागि किराना पसल, नास्ता पसलमा सहयोग गर्नुका साथै विपन्न महिलाका लागि सिलाई कटाई तालिम सञ्चालन गर्दै आएको छ भने साना किसान र खानेपानीका लागि पनि विभिन्न सहयोग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »