सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का‌ पदाधिकारीहरुलाई कमिटीमा राखेको छ ।

त्यसैगरी सो कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिव, कन्द्रीय विभागका सचिवहरु, केन्द्रीय निर्वाचन परिचालन कमिटीको सदस्य रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकमा ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । पोखरेल एमालेको नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख हुन् ।

समितिमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »