सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे अन्य गाउँपालिका भन्दा ”चाैरी देउराली” विकासकाे गतिमा अगाडी

काठमाडाैँ । काभ्रे जिल्लाकाे चाैंरी देउराली गाउँपालिकाले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र कृषि क्षेत्रमा साेचे भन्दा बढी सफलता मिलेकाे अध्यक्ष दिनानाथ गाैतमले सारा खबर अनलाइन टिभीमा संवादकाे क्रममा जानकारी दिनुभएकाे छ ।

स्थानीय निर्वाचन भन्दा पहिला चाैंरी देउरालीलाई जिल्लाकाे विकट गाउँपालिकाकाे रूपमा चिनेता पनि पर्यटन, कृषि र वातावरणीय क्षेत्रमा भने धनी नै थियाे । स्राेत साधनकाे उपभाेगकाे अभावमा याे गाउँपालिकाले विकासमा फट्काे मार्न सकेकाे थिएन ।

दिनानाथ गाैतम निर्वाचित भएपछि आवश्यक भाैगाेलिक पुर्वधारहरूकाे पहिचान गरी तिव्ररूपमा विकास याेजनाहरूलाई कार्यन्वयन गर्दै लगेकाे हुनाले अन्य गाउँपालिकाकाे तुलनामा विकास कार्यमाअगाडी रहेकाे उनकाे दाबी रहेकाे छ तर बसाइ सराइकाे कारणले गाउँ नै रित्तिने हाेकि भन्ने पिरलाेले भने सताइरहेको गुनासाे पनि पाेख्नु भयाे ।

राष्ट्रपति रनिङ शिल्डमा जित्न सफल महिला भलिभल टिम

विदेशबाट फर्केर गाउँमा नै केही गर्छु भन्ने युवाहरूका लागि १०० प्रतिशत लगानीकाे ग्यारेन्टी गर्ने गाउँपालिकाकाे नीति रहेकाे अध्यक्ष गाैतमले जानकारी दिनुभयो ।

मध्य लाेकमार्ग त्यही गाउँपालिकाबाट संचालन भएता पनि अबकाे दुइ वर्ष भित्रमा प्रत्येक वडामा पुग्ने मुख्य सडक मार्गहरू कालाेपत्रे हुने बताएका छन् भने ३ वटा वडामा खानेपानीकाे समस्या समाधान भैसकेकाे र अन्य ६ वटा वडामा पनि चाँडै खानेपानीकाे समस्या समाधान हुने बताए । समय- समयमा गाडी दुर्घटना हुनुमा सडककाे कारणले नभइ चालककाे लापारबाहीले भएकाे अध्यक्ष गाैतमले दाबी गरेका छ्न् ।

उहाँका अनुसार हालसम्म ४ वटा विद्यालयमा प्रविधिक शिक्षा लागु गरिसकेका छन् भने अन्य विद्यालयमा पनि एक वर्ष भित्रमा प्राविधिक शिक्षा लागु गरिसक्ने बताएका छन् साथै अब अाउँदाे अार्थिक वर्षदेखि प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान सहुलियत दिने घाेषणा गरेका छन् ।

भलिभलमा फाइनला पुगेकाे पुरूष टिम

जनजागृति माविमा कृषिकाे डिप्लाेमा कक्षा संचालनमा ल्याइसकेका छन् भने अध्ययनका लागि रूकुम, राेल्पा, रामेछाप, सिन्धुली लगाएत विभिन्न जिल्लाबाट विद्यार्थीहरू आएका छन् । यसरी प्राविधिक शिक्षाकाे लागु गर्ने काभ्रेमा चाैंरी देउराली गाउँपालिका नै पहिलाे गाउँपालिका हाे । धुलिखेल र बनेपा नगरपालिकाले पनि प्राविधिक शिक्षा लागु गर्न सकेकाे छैन ।

अन्य जानकारीका लागि याे भिडियाे हेर्नु हाेला

विकासकाे बारेमा जानकारी दिदै चाैरी-देउराली गाउँपालिकाका प्रमुख दिननाथ गाैतम

भर्खरै

सम्बन्धित खबर

Language »