सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषितः विश्व स्वास्थ्य संगठन

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभर फैलिइरहेको कोरोना (कोभिड १९) भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको छ।

चीनबाट सुरु भएको सो भाइरस १०० भन्दा बढि मुलुकमा पुगिसकेको, हजारौं मानिसको ज्यान लिएको र विश्वभरका मानिसहरु प्रभावित भएपछि बुधबार राति डब्लुएचओले कोरोनालाई महामारीको रुपमा परिभाषित गरेको हो।

डब्लुएचओका प्रमुख डा। टेड्रोस अदनम गेब्रेयेससले गत दुई हप्तामैं चीनबाहिर संक्रमितको संख्या १३ गुणाले बढेपछि यो समस्याले निकै डरलाग्दो रुप लिएको बताए।

कुनै रोग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ।

उनले सम्बन्धित देशका सरकारहरुलाई यो महामारी रोक्नका लागि जरुरी र आक्रामक कदम चाल्न आग्रह गरेका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरु

१। चीनः ८० हजार ७८४ संक्रमित, ३ हजार १

५८ को मृत्यु

२। इटलीः १० हजार १४९ संक्रमित, ६३१ को मृत्यु

३। इरानः ८ हजार ४२ संक्रमित, २९१ को मृत्यु

४। दक्षिण कोरियाः ७ हजार ७५५ संक्रमित, ६१ को मृत्यु

५। फ्रान्स १७ सय ८४ संक्रमित, ३३ को मृत्यु

६। स्पेनः १ हजार ६९५ संक्रमित, ३६ को मृत्यु

७। अमेरिका १ हजार १० संक्रमित, ३१ को मृत्यु

भर्खरै

सम्बन्धित खबर

Language »