सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका र मन्त्री मोहम्मद ईस्तियाक राईबीच सहकार्य, धमाधम योजना कार्यान्वयनमा

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट तत्काल गर्नुपर्ने विकास निर्माणका योजना लिएर साउन महिनामा तीन पटक राजधानी पुग्नुभयो । नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मोहम्मद ईस्तियाक राई मन्त्री भएपछि उप–महानगरपालिकाको समन्वयमा विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयनमा आउन थालेको नगर प्रमुख विष्टले बताउनुभयो । नगर उपप्रमुख कमरुद्धिन राई समेत विकास निर्माणको माग लिएर सिंह दरबार पुग्नुभयो ।


नगर प्रमुख विष्टका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालगञ्जको गणेशमान चोक, धम्बोझी चोक, कारकादौंमा आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ ।

कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालय अगाडी सहित ५ स्थानमा १५ महिनाभित्र काम सम्पन्न गर्ने गरि मन्त्रालयले टेण्डर आव्हान गरेको हो ।

यसैगरी नगरको जमुनाहदेखि राँझा चोकसम्मको १०।८ किलोमिटरको सडक स्तरउन्नती गरि असफाल्ट कालोपत्रे निर्माणका लागि मन्त्रालयले टेण्डर आव्हान गरेको छ । सोही सडक खण्डको आसपासमा ट्राफिक तथा स्ट्रिट लाईट जडानका लागि समेत मन्त्रालयले टेण्डर आव्हान गरेको छ ।

नगर प्रमुख विष्टले उपमहानगरपालिकाको अनुरोध, आग्रह र समन्वयमा विभिन्न वडाहरुमा १५ किलोमिटर सडक तथा नाल निर्माण र अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि टेण्डर आव्हान भएको बताउनुभयो ।

नगर प्रमुख विष्टले जिल्लाबासी मन्त्री पाएपछि नेपालगञ्जमा एकपछि अर्को गरि विकास निर्माणका योजना कार्यान्वयनमा आउन थालेको बताउँदै उपमहानगरपालिकासँगको समन्वय र सहकार्यमा मन्त्रालयले योजनाको कार्यान्वयन अघि बढाएको जानकारी दिनुभयो ।

विष्टले नेपालगञ्जको विकासका लागि प्रधानमन्त्री शेरवहादुर देउवा सहित अन्य मन्त्रीहरु समक्ष समेत माग प्रस्तुत गरेको बताउनुभयो ।

नगर उपप्रमुख कमरुद्धिन राईले थप केही दिनमै नगरभित्रका भित्री सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो । नयाँ सडक लगायतका अन्य योजनाहरुको आन्तरिक प्रक्रिया पुरा भईसकेका कारण केही दिनमै कार्यान्वयनमा जाने उपप्रमुख राईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »