सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शुन्य लागतमा १००० कामदार मलेसिया पठाउन मलेसियाको माई टेक र एसेम्ब्ली कम्पनीसँग व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावरको सम्झौता

काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केहि समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे । रेष्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन ।

एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए । यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए ।

मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए । कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै एचआर निर्देशक लि र मेनपावरका सीईओ श्रेस्ठले आफुहरुको अभियान भनेको निशुल्क बैदेशिक रोजगारी भएकाले सरोकारवाला संघ सँस्थालाई अनुगमन गर्न र आवश्यक सहयोग गर्न अनुरोध गरे । बर्षौदेखी वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन २०२० देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले सबै कामदार तथा मेनपावरको चाहना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनिहरुले भने–‘ अव यो मेनपावर मात्र होइन सबै मेनपावरबाट नेपाली कामदार जिरो कष्टमा नै जानु पर्छ ।’ सरकारले निशुल्क भिसा र टिकटको नियम राखे पनि अहिले केही मेनपावरहरुले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो भएको छ ।

नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने दिन अवस्य आउनेछ । उक्त कार्यक्रममा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका एचआर लिले आफ्नो कंपनी मलेसियाको जोहर राज्यमा रहेको र आफ्नो उत्पादन कारखानामा नेपाली कामदारहरूलाई काममा लगाउने योजना घोषणाको लागी नेपाल आई पत्रकार सम्मेलन आयोजना गरेको बताए ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले नैतिक भर्तीको समर्थनमा शून्य माइग्रेसन-लागत भर्ती सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको उनले बताए । माईटेकका एचआर निर्देशक लिले नेपाली आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न सुरुदेखि नै जिम्मेवार भर्ना सुनिश्चित गर्न कम्पनीले काठमाडौंमा भर्ना प्रक्रियामा सक्रिय रूपमा संलग्न रहेको बताए ।

शून्य प्रवास लागत भर्तीको एक भागको रूपमा कामदारहरुलाई आफ्नो रोजगारको लागी शुल्क तिर्न आवश्यक छैन उनले भने । यसको मतलब माइटेकले सेवाको अन्त्यमा एजेन्ट शुल्क, चिकित्सा परीक्षण, राहदानी, उडान टिकट, स्थानीय यातायात, आवास र स्वदेश फिर्ता लगायत सबै भर्ती खर्च बेहोर्ने एचआर लिले दावी गरे ।

नेपाल छाड्नुअघि र रोजगारीका क्रममा कामदारले भर्नासँग सम्बन्धित तालिम खर्च वहन गर्नुपर्ने छैन उनले भने । हामी कुनै पनि सरकारी निकायहरू र गैर-सरकारी संस्थाहरूलाई हाम्रो शून्य-भर्ती अवलोकन र समर्थन गर्न स्वागत गर्दछौं कार्यक्रममा एचआर लिलेले आफ्नो एकमात्र भर्ती एजेन्सीको रूपमा नेपालको मेनपावर व्हाईट हर्ष प्रालिलाई नियुक्त गरेको बताए ।

आफ्नो कम्पनीको मलेसिया वा नेपालमा अन्य कुनै भर्ती एजेन्सी संलग्न नभएको र नहुने एचआर लिले बताए । व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालिको भूमिका भनेको नेपालमा कुनै पनि अन्य म्यानपावर एजेन्सी र एजेन्टको प्रयोग नगरी सीधै कामदारहरूको स्रोत बनाउनु रहेको एचआर लिले बताए ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले भर्ती टोली अन्तर्वार्ता र छनोट गर्न कामदारहरूले कुनै भर्ती शुल्क नतिर्ने कुरा सुनिश्चित गर्न काठमाडौंमा आएको जनाएको छ । यदि कुनै कामदारले व्हाइट हर्षलाई भर्ती शुल्क तिरेको छ भने हामी उसलाई सम्बन्धित अधिकारीहरू र माई टेक एसडिएन बिएसडि भर्ती टोलीलाई यो रिपोर्ट गर्न आग्रह गर्दछौ एचआर निर्देशक लिले पत्रकार सम्मेलनमा भने ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि वा व्हाईट हर्ष रिक्रुटमेन्टले कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याउने झूटा दाबी गर्ने जो कोही विरुद्ध पुलिस र सरोकारवाला निकायमा रिपोर्ट दर्ता गर्न पछि नपर्ने जनाएको छ । माईटेकले श्रमशक्तिसँग विगतका सकारात्मक अनुभवका कारण नेपाललाई आफ्नो श्रमको प्राथमिक स्रोतको रूपमा रोजेको बताएको छ ।

नेपाली कामदारहरू छिटो सिक्ने र इमान्दार भएकाले आफ्नो रोजाइमा परेको एचआर निर्देशक लिले बताए । माई टेक कम्पनीमा सामेल भएका कामदारहरूको अनैतिक भर्ती वा भर्तीसँग सम्बन्धित शुल्कको भुक्तानीको सम्बन्धमा कुनै चिन्ता छ भने कम्पनीको इमेल [email protected] या +6075981316 मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि सन २००४ मा स्थापित भै जोहोरवारु राज्य मलेशियामा मुख्यालय रहेको निर्माण समाधान कम्पनी भएको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय र स्थानीय आवश्यकताहरू सेवा गर्दै कारखानाको साथ ४ प्लान्टहरु बाट आफ्नो उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्राथमिक उत्पादन गतिविधिहरू हाल मलेसिया र फिलिपिन्समा आधारित रहेका छन ।

कम्पनीको अन्तर्राष्ट्रिय साझेदारहरूले उत्पादनहरू विश्वभर बजारीकरण गर्ने गरेको कम्पनीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »