सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“सेलो तीज ब्याटल”तामाङ समुदायले गाली गर्ला या माया

शब्द रचनाकार कुमार स्याङवालाई मन पराउने बाहुनी को हुन् ?


काठमाडौँ
। शब्द रचनाकार कुमार स्याङवाको कारण वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ गायिका निर्मला घिसिङ विवादमा मुछिने सम्भावना बढेको छ । हिन्दुहरुको तीजको सन्दर्भलाई जोडेर सेलो तीज ब्याटल सार्वजनिक हुन लागेको छ । हामीले प्रश्न गरेका थियौ । किन तीज ब्याटल खेल्नु भएको ? सेलो ब्याटल थिएन ?

शब्द रचनाकार कुमार स्याङवाले तीज गीत रचना गरेको हो । तर त्यो शब्दलाई म्युजिक भिडियोमा परिणत गरी रजनी तामाङ घिसिङको मुख्य भुमिकामा यही भदौ ६ गते तीजकै दिन सार्वजनिक हुँदैछ । सारा खबरको प्रतिनिधिले वरिष्ठ संगीतकार तथा सेलो सम्राट चन्द्र कुमार दोङलाई यो विवादीत गीतको बारेमा प्रश्न गरेको थियो उहाँ यसो भन्नुहुन्छ । “कति तामाङ गीत मात्रै गाउने । हुन त यो तामाङ बीटमा नै गाएको तामाङ तीज गीत हो । मैले यसो भनिरहरदा दर्शकले मलाई गाली गर्न सकिन्छ तर प्रेममा धर्म, जात हुँदैन । त्यसैले मैले तीजको व्याटल गीत ल्याएको छ । एक जना बाहुनीले तामाङको छोरालाई मन पर्न पाउछ कि पाउदैन ? तपाई आफैले मलाई जवाफ दिनुस त ? त्यस कारण यदि मेरो तामाङ समुदायले मलाई गाली गर्छ भने म गाली सहन तयार छु । म समुदायको गाली सुन्न आत्तुर छु ।”

कस्मो इभेन्ट्सको प्रबन्धक निर्देशक तथा मोडल रजनी घिसिङले धार्मिक खाडल पुर्णको लागि यो म्युजिक भिडियो सार्वजनिक गर्न लागेको दाबी गरेको छ । यसैगरी गायिका निर्मला घिसिङले गीतमा ब्रत बस्छु भनेता पनि अहिलेसम्म ब्रत नबसेको बताईन् । गायिका निर्मला घिसिङ भन्छिन् । “एक वर्ष अगाडी दरबन्दी खुल्ला गरेको छ । कसैले दरबन्दी हालेको छैन । त्यसकारण अहिलेसम्म ब्रत बस्ने मान्छे पाएको छैन । मिल्छ भने खोजि दिनु न रु ” उल्टै उनीले पत्रकारलाई प्रश्न गरे ।

हिन्दु धर्म र बौद्ध धर्म बीच नेपालमा खासै विवेद छैन । दाजुभाईको जस्तै सम्बन्ध छ । एकले अर्को विरोध गर्दैन तर तामाङ समुदायले अहिले तीज मनाउन छोडेको छ । सस्कार फरक भएको हुनाले तीज मनाउ छोडेको हो । शब्द रचनाकार कुमार स्याङवाले किन विवादमा फस्न खोजेको हो बुझ्न सकेको छैन । यो म्युजिक भिडियो सार्वजनिक भएपछि वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ र गायिका निर्मला घिसिङलाई समुदायले कस्तो गाली गर्लान त्यो भदौ ६ गते भिडियो सार्वजनिक भएपछि मात्रै थाहा पाउने छन् ।

गायिका निर्मला घिसिङले कपाल खौरिनको कारण पनि यही संवादमा खुलासा गरेको छ । खुशी नै हरेक व्यक्तिको साझा सम्पती भएको गायिका घिसिङको दाबी रहेको छ ।

तामाङ तीज गीत सार्वजनि भएको सन्र्दभा तयार पारिएको भिडियो सुनेर सामाजिक संजालमा गालीको वर्षा हुने अनुमान यो पंक्तिकारको पनि बुझाइ रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »