सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“मायाला छो” सन्जिव गोलेले रसमिला लामाको मुटुमा बाँध्न सकिन्छ ?

काठमाडौँ । गायक सन्तोष गोले र गायिका सृजना स्याङतानको आवाज रहेको “मायाला छो” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भदौ दश गते शनिबार साइरा मिडिया प्रोडक्सन युटुब च्यानलबाट सार्वजनिक गरेको यो “मायाला छो” म्यूजिक भिडियोमा सन्जिव गोले र रसमिला लामाले अभिनय गरेको छ ।

गायक सन्तोष गोलेले टिकटक हेरेर, रानी, मनजुरी, म्हेमेसे पाङवा तामाङ, आप्पाको डर, न मैच्याङ, मान्छे त छैन गोरो म लगाएत दर्जन भन्दा गीतहरुमा आवाज भरिसकेका छन् । तामाङ समुदायमा पछिल्लो समयमा केहि बेथितिहरु आएता पनि सन्तोष गोलेको “मायाला छो” ले नयाँ सन्देश दिन खोजेको देखिन्छ । काठमाडौ वरिपरि भिडियो छायाँङकन गरेको यो भिडियोलाई मोडल सन्जिव गोले र रसमिला लामाले न्याय दिन सफल भएको छ ।

मोडल रसमिला लामाले चम चम ३ मा भन्दा “मायाला छो” मा राम्रो अभिनय गरेको देखिन्छ । यसरी हरेक म्युजिक भिडियोमा प्रगती गर्दै जाने हो भने रसमिला लामाको भविष्य यो क्षेत्रमा उज्जल छ भन्दा फरक नपर्ला । मोडल सन्जिव गोलेको यो पहिलो म्यूजिक भिडियो भने हैन तर यो म्यूजिक भिडियोमा मोडल सनिजव गोलेले राम्रो अभिनय गर्न सफल भएको छ । गीतले मागेको कथा वस्तुलाई पात्रको रुपमा अभिनयमा ढुबेर अभिनय गरेको छ । यो म्यूजिक भिडियो “मायाला छो” बाट सन्तोष गोले र रसमिला लामाको जोडिले तामाङ गीत संगीतको क्षेत्रमा नयाँ आयाम थप्ने सक्ने छन् ।

सन्जिव गोले र रसमिला लामाको केमेस्ट्री यो भिडियोमा मात्रै नभई अन्य म्युजिक भिडियोमा पनि मिल्ने छन् भन्ने अन्दाज यो भिडियो हेरेपछि सजिलै अनुमान लगाउन सकिन्छ ।

मोडललाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निर्देशक र कोरियोग्राफरको नियतमा भर पर्दछन् । यो म्यूजिक भिडियोलाई पुरानो कोरियोग्राफर सुर्य लामा दोेङले गरेको छ ।

क्यामर तथा ड्रोन बज्र ञ्यासुरको रहेको छन भने कलर तथा सम्पादन पनि बज्र ञ्यासुर कै रहेको छ ।

“मायाला छो” शब्द गायक सन्तोष गोलेको नै रहेको छ । राम्रो शब्द चयन गर्न गायक सफल भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »