सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याइदैं

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने विरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । त्रिवेणी मोड नजिकै ३५ धुर क्षेत्रफलको सरकारी जग्गा ब्यक्तिको नाममा लैजान खोजिएको प्रयास असफल बनाउँदै पुनः जग्गा फिर्ता ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

उप–महानगरपालिकामा नयाँ जन प्रतिनिधी आउनु भन्दा पहिले केही महिनाअघि कार्यपालिकाको बैठकको निर्णयको आधारमा जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडा समेत ब्यक्तिगत रुपमा उठाउन पाउने निर्णय भएकोमा त्यसलाई फिर्ता गरी सरकारी सम्पत्तिको संरक्षण गरिएको नगर प्रमुख विष्टको भनाई छ ।

सो स्थानमा ३४ जना ब्यवसायीले दुई हजार पाँचसय रुपियाँ भाडा बुझाउँदै आएका छन् । यसअघि ब्यवसायीले उपमहानगरपालिकालाई मासिक भाडा बुझाउँदै आएकोमा कार्यपालिकाको निर्णयपछि गत पुसदेखि भाडा नबुझाएका ब्यवसायीहरु सम्पर्कमा आएका छन् ।

“समयमै उपमहानगरपालिका चनाखो नबन्ने हो भने धेरै सार्वजनिक सम्पत्तिको कव्जामा जानेछ,” नगर प्रमूख विष्टले भन्नुभयो,–नगरका धेरै सरकारी कित्ता कव्जामा छन, त्यसको अध्ययन अघि बढाइएको छ । यसैबीच नगर प्रमुख विष्टले नगर क्षेत्रमा अतिक्रमण भएको संरचना हटाउन तत्काल सार्वजनिक आव्हान गरिने र कार्यान्वयनमा जाने बताउनुभएको छ ।

नेपालगञ्जको फुटपाथ खाली गराउने, ठेला ब्यवसाय ब्यवस्थित गर्ने र बढि चाप हुने सडकमा वनवे बनाउने विषयमा छलफल र समन्वय भईरहेको नगर उपप्रमुख कमरुद्धिन राईले बताउनुभयो । उहाँले सुन्दर र सफा तथा ब्यवस्थित शहर बनाउन सबै नगरबासीको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »