सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्राफिक ब्यवस्थापन र फुटपाथ खाली गराउन नगर प्रमुख प्रशान्त विष्ट सडकमा

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका भईसकेपछि पनि यहाँ ट्राफिक ब्यवस्थापनमा ठुलो समस्या देखिएको छ । यहाँ अव्यवस्थित अटो रिक्साको संचालन, ठेला ब्यवसायको अव्यवस्था, सडकको बीच भाँगमा पार्किङ लगायतका समस्या देखिदै आएका छन् ।

यि समस्याको समाधानका लागि नेपालगञ्ज उपमहानगरपालिका कडाईका साथ प्रस्तुत हुने भएको छ । नगर प्रमुख प्रशान्त विष्ट सहितको समुहले आईतबार बेलुका यहाँको सदरलाईन क्षेत्रको स्थलगत अवलोकन गरी समस्या समाधानका लागि पहलकदमी थालेको छ ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी सहित नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जीवी वली, वडा नम्बर ८ का अध्यक्ष रजनिश बाजपेयी समेत सहभागी टोलीले ट्राफिक ब्यवस्थापनमा सहयोग गर्न अटो रिक्सा चालक तथा ब्यवसायीहरुसँग आग्रह गरेको छ । सम्वद्ध ब्यवसायीहरुको साथ र सहयोग लिएर ट्राफिक ब्यवस्थापन तथा फुटपाथ खाली गराइने नगर प्रमुख विष्टले बताउनुभयो ।

पहिलो चरणमा आग्रह गरिएको र दोश्रो चरणमा ब्यवस्थापनका लागि कडारुपमा पेश हुने उप–महानगरपालिकाले जनाएको छ । नेपालगञ्जमा केही सडक एकतर्फी गर्ने योजना उप–महानगरपालिकाको छ । ट्राफिक ब्यवस्थापनका लागि एक महिनासम्म अभियान चलाइने र पछि पनि निरन्तरता दिइने विष्टले बताउनुभयो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष चुन्नाले नेपालगञ्ज उपमहानगरपालिकाको अभियानमा संघको पुर्ण साथ र समर्थन रहेको बताउनुभयो । फुटपाथ खाली गराउने हो भने ब्यापार ब्यवसाय समेत राम्रो हुने भन्दै उहाँले उपमहानगरपालिकालाई संघसँग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । नगरका सबै ब्यस्त बजार र सडकमा यो अभियान संचालन गरिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »