सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र “हाल्छे सोजी चु माया” भदौ २५ गते चलचित्र विकास बोर्डमा प्रिमियर शो हुने

काठमाडौँ । जिम्बा फिल्मस प्रा.लि. को ११ औं प्रस्तुति रहेको तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” को यहीँ भदौं २५ गते शनिबारका दिन बिहान ११ बजे चलचित्र विकास बोर्डको हल चाबहिलमा प्रिमियर शो हुने भएको छ।

तिङला पुजु, तिङला नङसल लगायतका थुप्रै सफल चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक निमा लामा तामाङको निर्देशनमा बनेको यस चलचित्रमा नायक कृष्ण लामा,नायिका अबिना गोले,नव नायक अजेश लामा,नवनायिका निर्मला लामा,सुनलाल वाईबा,केबी मोक्तान,पेमा योन्जन लगायतका कलाकारहरुको अभिनयलाई हेर्न सक्नेछन्।

यस चलचित्रका निर्माता पेमा योन्जन हुन् भने सह निर्माता मीन कुमार वाईबा रहेको छ। चलचित्रमा कथा तथा पटकथा
निर्देशक निमा लामा तामाङको नै रहेका छन् । चलचित्रका गीतहरुमा विशाल काल्तन,सुमिना लो,सबिन मोक्तान,जितु लोप्चन,अन्जु थोकर लगायतका गायक गायिकाहरुले स्वर भरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »