बिस्लेषणात्मक टिप्पणी
- शम्भु उप्रेती
घाम,पानी धुवा धुलो खाई कस्टपूर्ण सडकमा आमनागरीकहरुको सेवामा ड्यूटी गर्ने तल्ला तहका ट्राफ़िक प्रहरीहरु धन्यवादको पात्र हुनु पर्नेमा आखिर अधीकांस किन आलोचित हुदैछन त ?
ट्राफ़िक प्रहरी सडकमा ट्राफ़िक ब्यबस्थापनको असिमीत जीम्बेवारी पनि उनै लाई, निरही बनेर सडकमा बार्ह घन्टा खटीने तल्ला दर्जाका जवानहरु पनि उनै हरु, सिमीत सेवा सुबिधा पनि उनीलाई, हाम्रो लागी कहीले सम्म अपजसको भारी बोकेर नोकरी पाएको नाममा काम गरीरहनु पनि पिडीत बनिरहनु पनि पर्ने कहीलेसम्म होला ? महसुश गरौ त दुख उनैलाई, पिडीत उनै हरु बाबजुत पनि हाकिम बाट पनि हामी ड्राइवरहरु बाट पनि हप्की उनै लाई । जागीरै यस्तो भनेर चित्त बुझाउन पर्ने उनिहरु लाई १ सधै पिडा पनि सहीरहनु पर्ने पनि उनै लाई नगरी पनि सुख छैन परीबारको पेट पाल्न पनि धौ धौ उनी हरु लाई ? हामि आम नागरिक र उनिहरुको हाकिम बाट समस्याको अनुभुति कसैले नगर्ने कहीले सम्म यसरी हाम्रो देशको सवारी ब्यबस्थापन चल्छ होला ? मनन गरौ त ।
आफ्नो पिडाबोध केही दृश्यहरु सहीतको बर्णन बाट याहा हरुमा प्रस्तुती गर्दै छु ।
पहीलो दृश्य –
तिजको अघील्लो दिन बालाजु बाईपासमा अबस्थित तरकारी हाट बजारमा हामि तरकारी किन्न गाडीबाट पुग्यौ । मोटर साईकल र तरकारी बोक्ने गाडी, ट्याक्सी, मेरै जस्ता सानो कारहरु पार्किंग गर्ने स्थान खोज्दै हुन्छन। मैले स्रिमती लाई किन्न पठाई रोक्ने स्थान नपाएर कारमै बस्छु । किनमेल सकेर फोन आउछ मैले एक्लै पोका पोकी बोक्न सकिन लिन आउनुस भनेपछी म बाध्यता जस्तै अलमलमा पर्छु र नजानुको बिकल्प देखिन पनि । नजीकमा ट्राफ़िक प्रहरी या नगर प्रहरी नदेखे पछी पहेलो रेखा बाहीरै मोटर साईकल हरुको भीडभाडमा स्टार्ट बन्द गरेर बजार छिरि थोरै समयमा फर्कि आउदा कारकों अगाडी चक्कामा ह्वील लक देखी अचम्म परी झस्किए । ट्राफ़िक प्रहरी हरु खोज्न थाले तल बाईपासमा चोंकमा २ जना ड्यूटीरत ट्राफ़िक जवानहरुलाई आफ्नो परीचय सहीतको समस्या बताउदै हुन्छु ।
उनीहरु पनि मेरो परीचय पाउने साथ दहरो सलाम ठोक्छन र यथार्तता बताए पछी म झन अप्ठ्यारोमा पर्छु । भन्दै छन गश्तीले ह्यूल लक गरेर यो स्टिकर टासि सकेपछी ५०० देखी १५०० रुपये नतिरी नहुने रहेछ । उनको हाकिम इन्सपेक्टर लाई मेरो परीचय दिईयो जबाफ उही जयनेपाल सहीतको असमर्थता सिबाय केही बिकल्प थिएन १ मलाई रु ५०० भन्दा पनि अर्कै पाटो घोतल्न स्रेयस्कर ठाने । बास्तबिकता बुझी सकेपछी मेरो हैसियत र स्वभाब को बचाउ गर्न पनि नरम सभ्य ब्यबहार गर्नुको बिकल्प देखिन । मेरो गुनासो उनीहरु ओठमुख सुकाएर घाम, धुलोमा पसीना बगाउने भाई हरु संग पटक्कै थिएन । म जस्तै अरु बस र कार चालक हरु पनि कोही चर्को स्वर त कोही आफ्नो समस्या बताउदै यत्रो हज़ार हज़ार जरीबाना नगर्न निन्याउरो अनुहार लगाई याचना गरेको दृश्यले दुबै पक्ष उनिहरुको नाजबाफ पनले मेरो मन पनि अमिलो भयो ।भन्दै थिए यही तरकारी बजारमा आउने यात्रीहरु कर गरेपछी रोक्न बाध्य भए न रोक्ने स्थान तोकेको छ न त सूचना बोर्ड नै । एक हज़ार कमाई छैन काहा बाट यत्रो जरिबाना काटेको होला चोर पुलिस हरु, यीनी हरुमा दया माया र अरुको पिडा बुझ्ने मन नहुने रहेछ रन्डीका बहान हरु ‘।
म आफु जीबनको तिन दशक प्रहरी सेवामा रहदा कहीले पनि यस्तो शब्द हरु सुन्दा भाबुक भईन बरु आक्रोसित बनेर यस्ता लाई जरिबाना मात्र हैन ड्यूटीमा बसेको प्रहरी प्रति असहयोग गरेकोमा थप सजाय हुन पर्छ भन्ने मान्यतामा सही थापेको सम्झे । बहालीमा हुदा म जस्तै अधीकासमा यस्तै धारणा हुने गरेको महसुश गरे । कहीले पनि बास्तबिकता बुझ्ने प्रयास नगरेकोमा कैयो प्रहरी युनिटहरुमा कमान्डर बनेर पनि सतहीमा जागीर खाएको सम्झी आत्माग्लानी भयो ।झट्ट हेर्दा र बास्तबमा गहरीएर समस्या बुझ्दा यसरी अन्यथा हुने रहेछ भन्ने महसुश गरे । ड्राइवर ठिक कुरा गर्दै छन । तर म उनीलाई समर्थन गर्ने अबस्थामा थिईन उनै को अगाडी लुरु लुरु सलाम फर्काई जो सकेथे सलाम खाने बानी लागेको न परीयो । कम्सेकम मैले भोगेका यी प्रतिनिधि पात्र घटना हरु लाई जस्ताको त्यस्तै सबै समक्ष राख्नु र राज्यको धुकटीमा भर्खरै टकरक्क खसेको पेन्सनको रु ५०० जम्मा गर्नु उचित सम्झी राज्य को निकायहरुको समधान हरु प्रति ध्यानाकर्षण होला कि भनेर लेख्दै छु ।
दृश्य नम्बर -२
मेरो निबास बालाजु नेपालटार शुभकामना चोक नेर बस्ने छिमेकी क़रीब ६ महीना देखी अस्वस्थ भई घरमा कस्टकर बसाई रहेको थाहा पाई बीर अस्पतालमा आफ्नो चिन जानको डक्टर बराल साब संग अप्रेसनको लागी छिटो समय मिलाए। वाहा प्रति आभारी बन्दै बीरामी सापकोटा जीको छोरा लाई लिएर आफ्नो कारमा बीर अस्पताल परीसरमा पुर्याए । समस्या उस्तै रहेछ गाडी पार्किंग नपाएको अबस्था बाबजुत पनि म अघील्लो दिनको घटनाले सचेत र सबक पाईसकेको हुन्छु । रोक्ने स्थानमा ट्राफ़िक प्रहरीले रिबनले घेरेर राखेको रहेछ । सायद भीड भाड नहोस एम्बुलेंस लाई रोक्न चडाउन सजीलो होस भनेर हो भनेर मलाई बुझ्न गाहारो परेन । ट्राफ़िक प्रहरी बाट मलाई संकेत गर्दै अगाडी बड्न सिठी बज्यो । म अनुशासित बनेर अगाडी पार्किंगको ब्यबस्था रहेछ कि भनेर सम्झी कार अगाडी बडाए कतै पनि रोक्ने स्थान थिएन न त याहा पार्क गर्नुस भन्ने सहयोगी सुरक्षा बल रु भीत्र अन्डर ग्राउंड तिर बड्दै गर्दा त्याहाका सुरक्षा कर्मिहरु मनाई गरी यो स्थान बीर अस्पतालको डक्टरहरुको लागी मात्र हो भनियो । दुबै घुडाको अप्रेसन गरी फेर्न पर्ने बीरामी उभीन नसक्ने अबस्थामा मैले गाडी बाट ओर्लन र सहयोग गर्न मिलेन जबकि पुरानो हीजोको भयले मलाई त्रसित गर्न छोडेको थिएन । बीरामीको सानो छोरा बाबु लाई बोक्न हम्मे हम्मे परेको थियो । म निरही बनेर हेर्नुको बिकल्प थिएन पनि । ह्वील चेयर खोज्न भीत्र एक चक्कर लगाउदा पनि ह्वील चेयर नपाएको अबस्था थियो । म बिबस थिए त्यस्तो असमर्थतामा आफु गुज्रन परेकोमा । आफुले जागीरमा रहदा कहीले पनि अरुलाई परेको यस्तो पिडा अनुभुति गर्न परेन । पुलिसको सरकारी गाड़ी बडीगार्ड ड्राइवर हरुको आफनै रोस र बर्दीको औक़ात आफु काधमा रहेका लहरै पहेला फूलीहरुको दम्भ जो म मा थियो ।
अनत्यमा, मेरो कान्छो छोराको यस्तै घटना बाट गुज्रन परेको कुरा सुन्दै खित्का छाडी हासेर महशुस गरे तिनै तल्ला तहका भाई हरुको पिडाबोध ।
उ भन्दै थियो( मेरो साथी र म थियौ रेस्टोरेन्ट पसियो ।फर्कि हेर्दारेस्टोरेन्ट बाहीर राखेको कारमा यस्तै ह्वील लक लगाएको रहेछ । अनी उनीहरु सोर्स फ़ोर्स या लफडाबाट जोगीने उपायको प्रयोग गरेछन । गाडीको खोजी भईहरहेछ उनी हरु वास्ता नगरी टाडा बाट हेरी मात्र रहेछन । जब समन्धीत डियूटी वाला प्रहरी को ड्यूटी समय सकिन्छ उ बिचरा निराश बनेर आफ्नो साचोले लक खोली ब्यारेक तिर लागेको देखी मरी मरी हासी ट्राफ़िकको जरिबाना बाट बचे छन रे । मलाई पनि अचम्मै लाग्यो जाहा समस्या त्याहा उपाए भनेको सायद ठिकै रहेछ ।
निष्कर्ष,
हाल ट्राफ़िक उपत्यकाको ट्राफ़िक प्रहरी कार्यलयको प्रमुख डीआईजी मिरा चौधरी साबको सकृयता र बिषम अबस्था बाट निकासा लिने खुबीको आफु नजीकबाट जानकार र समर्थक पनि रहेको हुदा याबत माथि उल्लेख समस्या हरुको समाधान पनि सोच्न बाध्य पार्न र सहजीकरणको लागी, आफ्नो मातहत का साना पदमा रहेका जबान हरुमा परेको दुबै तिरको पिडा लाई उजागर गर्ने प्रयास मात्र हो ।
हामि आम जनताहरुको सेवामा १२ औ घन्टा खटीने हरु लाई किन आरोपको भारी बोक्न बाध्य छौ । समस्याको समाधान जरिबाना, नमिठो रुखो बोली होईन नै बरु समाधानको बिकल्प हरु दिनु पनि हाम्रो जीम्बेबारीमा पर्छ भनेर महसुश मात्र गरुन । अधीकास पर पिडक हाकिम हरु केबल कति धेरै जरिबाना काटेको छ उस्लाई प्रसंसा गर्ने गलत नजीरको दल दलमा चुर्लुम्मै डुबेको अबस्था देखियो । म जस्तै हीजो पदमा रहदा कहीले नसोच्ने, आज पदबाट बाहीरीए संगै याबत समस्या हरुको महसुश हुदैछ ।
कम्सेकम जनताहरुको भीड भाड हुने स्थान हरु तरकारी हाट बजार, अस्पताल परीसर, मठ मन्दीर हरुमा र सार्वजनिक स्थान हरुमा गाडी रोक्ने स्थानको बैकल्पिक ब्यबस्थापन गरौ । कम्सेकम २ जना सुरक्षा मा खटीने हरुले चालक हरुलाई सहयोग गरुन न की कती बेला याहा रोक्ला र चिट काटेर जरीबाना बजाउला त्यती भए मेरो हाकीम ख़ुशी हुन्छन जनताहरु संग के मतलब भन्ने परम्परागत निरंकुश शासक को चरीत्र मा सुधार ल्याउन ढीलो भईसकेको अबस्था हो ।
अस्पताल र तरकारी बजार जस्तो स्थान हरुमा पार्किंगको लागी मार्किग गरौ २० र२५ वटा साधन हरु कम्सेकम अट्ने छन । बीरामी लिएर अस्पताल परीसरमा पुग्दा सहयोगीहरुको ब्यबस्था मिलाउन लगाऔ जस बाट पिडीत हरुमा राहत पुग्ने छ ।
न बिर्सौ असाहाय नागरिक हरु ठुला बडा पदमा रहेका हरु, नेता हरु र शक्तिको आडमा रहेका हरु लाई प्रहरी ले गर्ने ब्यबहार र सर्बसाधरण लाई गर्ने ब्यबहार मा भीन्नता रु सर्बसाधरण निमुखा देखिने लाई लापरवाही बोली होच्याउने, अनादर गर्ने ब्यबहारको कारण आज दिन भरी घाम पानी सहेर ओठ मुख सुकेका निरही जबान हरु अपमानित बन्नु परेको अबस्था को महसूस माथीको साथीहरु बाट होस भन्ने मनसाय राखे । कम्सेकम एक महीना जरीबाना बिनाको ट्राफ़िक ब्यबस्थापन तर्फ ध्यान दिएर बिकल्प हरु प्रति सोचौ त कसरी प्रहरी नागरिक सहकार्य बाट सहजीकरण हुनेछ । म त भन्छु ठुलो चाड बाड भीडभाड र सवारी घुईचो लाग्ने स्थान हरुमा स्वच्छीक सहयोगी ट्राफ़िक ब्यबस्थापन मा खटीने हरुको नामावली माग गरौ त समन्धीत चौक हरुमा युबा स्वयंसेवक हरु को नामांकन को लाईन लाग्ने छ म जस्तो सामाजिक अभीयन्ता भनिने हरु ले सहजीकरण र समन्बय समेत गरी कसरी ट्राफ़िक ब्यबस्थापन लाई उदाहरणीय र अपनत्व को नमूना बनाउने काम हुनेछ । धन्यवाद
ट्राफ़िक ब्यबस्थापन मा हामी सबैको चेतना र सहकार्यको जरुरी हुन्छ सभ्य समाज को लागी भन्ने मनसाय मात्र हो जुन असल नागरिक हरु जो कोही को कर्तब्य भीत्र पर्छ ।
नागरिक हरुको भलाईको लागी अहोरात्र ड्यूटीमा खटीने सबैमा जय नेपाल ।