सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झरी पनि नभनि गरियो सरसफाई अभियान

काठमाडौं । शनिवारको दिन देशै भरि चल्नेगरेका स्वतन्त्र सरसफाई आज काठमाडौंमा झरि परि रहँदा पनि रोकिएन ।
काठमाडौंका बिभिन्न ठाउँमा त्यस्ता अभियानहरु सन्चालन भएका थिए ।
यसैबिच स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले बालाजु भाटभटेनि सुपर मार्केट असपास सरसफाई गरेको थियो ।
कार्यक्रममा स्थानिय बासिन्दा , नेपाल प्रहरी, नेप्सेम्याक सेवा प्रा.लि. तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भारतबाट आएर त्यस स्थानमा अब्यबस्थितरुपमा बसिरहेका भारतिय नागरिकहरुलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा अभियानले गंभिर छलफल समेत गरेको थियो ।
नेपाल प्रहरीको अधिकार क्षेत्र भित्र नपर्ने भएकोले काठमाडौं महानगरपालिका संग समन्वय गरि यसको लागि पहल गर्ने अभियानका संयोजक मुकुन्द सिलवालले बताउनु भएको छ ।
नेपाल प्रहरी तथा नेप्सेम्याक सेवा प्रा.लि. को बिशेष सहयोगमा अभियान निरन्तर अगाडी बढ्न सफल भएको भन्दै संयोजक सिलवालले कार्यक्रममा उपस्थित भएका सबैमा आभार ब्यक्त गर्नुभएको छ ।
प्रतेक शनिवार हुने कार्यक्रममा स्थानियहरुको सहभागिता बढाउन त्यस क्षेत्रमा कृयाशिल संघ संस्था ,टोलसुधार समिति हरु संग सहकार्यको प्रयास भईरहेको स्थानिय दिनेश श्रेष्ठले जानकारी गराउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »