सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको डुडुवाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

नेपालगञ्ज, बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल हाजिर हुनुभएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले मंगलबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । लामो समय गृह मन्त्रालय र गद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा काम गर्नुभएका पौडेल निजामती कर्मचारीभित्र एक कुसल र ईमान्दार कर्मचारीको रुपमा बेग्लै पहिचान बनाउनुभएको छ ।

मंगलबार एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले स्वागत गर्नुभयो । यस अघिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पौडेल आउनु भएको हो । कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकारभित्र रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो । पौडेल यस भन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकिय अधिकृत र बाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »