सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय स्तरको तामाङ अवार्डकाे आयोजना गर्ने अध्यक्ष कुमार मोक्तानको घोषणा

काठमाडौँ । तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानले दिएको राजीनामा अस्वीकृत भएपछि राष्ट्रिय स्तरको तामाङ अवार्ड गरेर तामाङ चलचित्र संघबाट बिदा लिने घोषणा गरेको छ ।

अध्यक्ष कुमार मोक्तानले आयोजना गरेको कार्यक्रम तामाङ चलचित्र प्रदर्शन दिवसको दिन कलाकार जयनन्द लामालाई अपमान गरेको भन्ने समाचार विभिन्न अनालाइन र सामाजिक संजालमा सार्वजनिक भएपछि नैतिकताको आधारमा तामाङ चलचित्र संघ नेपालको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष मोक्तानले राजीनामा पत्र बुझाएको थियो । उक्त राजीनामा अस्वीकृत भएपछि दुई महिनाको लागि वरिष्ठ उपाध्यक्ष भुईसाल लामालाई कार्यभार जिम्मा दिएर बिदामा बसेको छ ।

राजीनामा पत्र किन बुझाएको भन्ने सन्र्दभमा सारा खबरको प्रतिनिधिले अध्यक्ष मोक्तानसँग अन्तरवार्ता लिएको थियो । अन्तरवार्तामा अध्यक्ष मोक्तानले सस्थालाई अगाडी बढ्नलाई सक्षम टिमको आवश्यक्ता परेको तर सक्षम टिम नभएको कारणले राजीनामा दिने निर्णय गरेको बताउनु भयो । अब राजीनामा अस्वीकृत भयो के गर्नु हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नु भयो । “केन्द्रीय कमिटीबाट मेरो राजीनामा अस्वीकृत भएको छ । तपाईहरु जस्तै धेरै व्यक्तिले फोन गरेर राजीनामा नदिनुस भनेर दबाब दिइरहेको छ । त्यसैले म रिफ्रेसको लागि दुई महिना बिदामा बसेको छु । त्यसपछि म सक्रियरुपमा सस्थामा फक्रने छु ।”

बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »