सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक तुल्साङ मोक्तानको “हिरो हिरोनी” म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नायक तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

तामाङ चलचित्र संघ नेपालको कार्यबाहक अध्यक्ष भुइसाल लामाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरि “हिरो हिरोनी” म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

पत्रकार सम्मेलनमा महा नायाक अमिर दोङ, तामाङ कलकार संघको उपाध्यक्ष विशाल काल्तन, नेपाल तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान बल आदि विशेष अतिथिको रुपमा उपस्थिति रहेका थिए ।

तामाङ कलाकार संघको केन्द्रीय उपाध्यक्ष, गायक तथा संगीतकार विशाल काल्तनको शब्द तथा संगीत रहेको छ । गायक विशाल काल्तन र गायिका जितु लोप्चनको आवाजलाई सुन्न सकिन्छ । अजय स्याङनको निर्देशनमा नायक तथा मोडल टुल्साङ मोक्तान, नायिका शुष्मा मोक्तानको अभिनयलाई म्यूजिक भिडियोमा नियाल्न सकिने छन् ।

तामाङ म्यूजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । तामाङ समुदायमा दैनिक तामाङ म्यूजिक भिडियो सार्वजनिक हुने गर्दछन् । म्यूजिक भिडियोलाई हल्कारुपमा हेरिनेहरुको भीडपनि त्यत्ति नै छ । जसको कारणले तामाङ म्यूजिक भिडियोले दिनुपर्ने सन्देश दिन सकिरहेको छैन ।

प्रमुख अतिथिबाट अतिथि, पत्रकार र कलाकारहरुलाई मायाको चिनो वितरण गरिएको छ ।

नेपाल तामाङ पत्रकार संघको महासचिव तिर्थमान बालले गीत, संगीतमा तामाङ समुदायको पहिचान आएको छ कि छैन ? तामाङ पनमा छ कि छैन । तामाङ समुदायको मुद्दालाई उठान गरिएको छ कि छैन ? गहन अध्ययन गर्नुपर्ने देखिएको बताएको छ । उहाले गीत संगीत तामाङ छन्दमा छ कि छैन ? श्रव्य दृश्यमा समावेश गरिएको दृश्यले तामाङ समुदायको सभ्यता र पहिचान बोकेको छ कि छैन ? बुझ्न जरुरी रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा संचारकर्मी स्मारिका थिङको जन्मोत्सव मनाएको छ ।

तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष आसमान वाइवाले “हिरो हिरोनी” म्यूजि भिडियो युटुव ट्रेडिङमा पर्न सफलताको शुभकामना व्यक्त गरेको छ ।

म्यूजिक भिडियो “हिरो हिरोनी” कस्तो छ समीक्षा सहितको समाचार केही समयपछि

भर्खरै

सम्बन्धित खबर

Language »